प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
स्वागत छ।
यो साइट यहोवाका साक्षीहरूद्वारा प्रकाशित विभिन्न भाषाका प्रकाशनहरूमा अनुसन्धान गर्न तयार पारिएको हो।
प्रकाशनहरू डाउनलोड गर्न कृपया jw.org-मा जानुहोस्।
घोषणा
नयाँ उपलब्ध भाषा: Dendi
  • आज

बिहीबार, अगस्त १४

तिनले साँचो परमेश्‍वर यहोवाको खोजी गरुन्जेल उहाँले तिनको फलिफाप गराउनुभयो।​—२ इति. २६:५.

जवान छँदा राजा उज्जियाह नम्र थिए। तिनले “साँचो परमेश्‍वरको भय मान्‍न” सिकेका थिए। तिनी ६८ वर्षसम्म बाँचे र तिनले यहोवाको खोजी गरुन्जेल उहाँले तिनको फलिफाप गराउनुभयो। (२ इति. २६:१-४) उज्जियाहले थुप्रै शत्रु राष्ट्रलाई हराए र यरुसलेमको सुरक्षा प्रणालीलाई बलियो बनाए। (२ इति. २६:६-१५) उज्जियाहले गरेका विभिन्‍न काममा परमेश्‍वरले मदत दिनुभएकोले तिनी पक्कै खुसी थिए। (उप. ३:१२, १३) राजा उज्जियाह अरूलाई विभिन्‍न सल्लाह-सुझाव दिने गर्थे। त्यसैले तिनलाई आफूले यहोवाका आज्ञाहरू पालन गर्नुपर्दैन भन्‍ने लागेको हुन सक्छ। एकदिन उज्जियाह यहोवाको मन्दिरभित्र गए र अहङ्‌कारी हुँदै धूप बाल्ने वेदीमा धूप बाल्न खोजे, जुन काम गर्न राजाहरूलाई निषेध गरिएको थियो। (२ इति. २६:१६-१८) प्रधानपुजारी अजर्याहले तिनलाई रोक्न खोजे तर तिनी रिसले चूर भए। दुःखको कुरा, उज्जियाह यहोवाप्रति अवफादार भए र उहाँले तिनलाई कुष्ठरोगले प्रहार गर्नुभयो। (२ इति. २६:१९-२१) तिनी नम्र भइरहेका भए तिनको जीवन कत्ति राम्रो हुने थियो! w२३.०९ पृ. १० अनु. ९-१०

दिनहुँ धर्मशास्त्र जाँच्ने—२०२५

शुक्रबार, अगस्त १५

‘तिनी खतना भएका मानिसहरूसित डराएर अन्यजातिका मानिसहरूदेखि पन्छिए।’​—गला. २:१२.

प्रेषित पत्रुस अभिषिक्‍त ख्रिष्टियन भइसके तापनि तिनले आफ्ना कमीकमजोरीहरूसित अझै सङ्‌घर्ष गर्नुपऱ्‍यो। इस्वी संवत्‌ ३६ मा परमेश्‍वरले पत्रुसलाई अन्यजातिका कर्निलियसकहाँ पठाउनुभयो र त्यहाँ परमेश्‍वरले कर्निलियसलाई पवित्र शक्‍तिद्वारा अभिषेक गर्नुभयो। यसबाट “परमेश्‍वर पक्षपाती हुनुहुन्‍न” र अन्यजातिका मानिसहरू पनि ख्रिष्टियन मण्डलीको भाग बन्‍न सक्छन्‌ भन्‍ने कुरा प्रस्ट भयो। (प्रेषि. १०:३४, ४४, ४५) त्यसपछि पत्रुसले अन्यजातिका मानिसहरूसँगै बसेर खान थाले, जुन तिनले पहिला कहिल्यै गरेका थिएनन्‌। तर केही यहुदी ख्रिष्टियनलाई अन्यजातिका मानिसहरूसँगै बसेर खानु अनुचित लाग्थ्यो। त्यसैले यस्तो विचारधारा राख्ने केही यहुदी ख्रिष्टियन एन्टिओक आउँदा पत्रुसले अन्यजातिका भाइहरूसँगै बसेर खान छोडिदिए। सायद तिनलाई यहुदी ख्रिष्टियनहरूले के भन्लान्‌ भनेर डर लागेको थियो। प्रेषित पावलले पत्रुसको यस्तो देखावटी व्यवहार याद गरे र तिनलाई सबैको सामुन्‍ने सच्याए। (गला. २:१३, १४) तर यस्तो गल्तीको बाबजुद पत्रुसले परमेश्‍वरको सेवा गर्न छोडेनन्‌। w२३.०९ पृ. २२ अनु. ८

दिनहुँ धर्मशास्त्र जाँच्ने—२०२५

शनिबार, अगस्त १६

उहाँले तिमीलाई स्थिर बनाउनुहुनेछ।​—१ पत्रु. ५:१०.

एल्डरहरू हो, के तपाईँ स्वेच्छाले र तत्परतासाथ परमेश्‍वरको बगालको हेरचाह गर्न अझ कटिबद्ध हुनुभयो? इमानदार भई यी प्रश्‍नहरू विचार गर्दा आफूले उन्‍नति गर्नुपर्ने कुनै क्षेत्र याद गर्नुहुन्छ होला। तर निराश नहुनुहोस्‌। किनकि “प्रभु [येसु] दयालु हुनुहुन्छ।” (१ पत्रु. २:३) उहाँले तपाईँलाई उन्‍नति गर्न मदत गर्नुहुनेछ। प्रेषित पत्रुसले हामीलाई यस्तो आश्‍वासन दिए: “परमेश्‍वर . . . आफैले तिमीहरूको तालिम पूरा गर्नुहुनेछ। उहाँले तिमीहरूलाई स्थिर बनाउनुहुनेछ।” पत्रुसले एकपटक आफू परमेश्‍वरको छोराको छेउमा उभिन समेत लायकको छैन भन्‍ने महसुस गरे। (लुका ५:८) तर यहोवा र येसुको मायालु साथ पाएकोले तिनी वफादार भई येसुको पछि लागिरहे। त्यसो गरेकोले तिनले “हाम्रा प्रभु अनि उद्धारक येसु ख्रिष्टको चिरस्थायी राज्यभित्र महिमायुक्‍त प्रवेश” पाए। (२ पत्रु. १:११) कत्ति ठूलो इनाम! पत्रुसजस्तै तपाईँ पनि यहोवाको सेवामा लागिरहनुभयो र उहाँलाई आफ्नो तालिम पूरा गर्न दिनुभयो भने तपाईँले पनि अनन्त जीवन पाउन सक्नुहुन्छ। ‘तपाईँको विश्‍वासले गर्दा तपाईँले इनामस्वरूप उद्धार पाउनुहुनेछ।’—१ पत्रु. १:९. w२३.०९ पृ. ३१ अनु. १६-१७

दिनहुँ धर्मशास्त्र जाँच्ने—२०२५
स्वागत छ।
यो साइट यहोवाका साक्षीहरूद्वारा प्रकाशित विभिन्न भाषाका प्रकाशनहरूमा अनुसन्धान गर्न तयार पारिएको हो।
प्रकाशनहरू डाउनलोड गर्न कृपया jw.org-मा जानुहोस्।
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने