प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
स्वागत छ।
यो साइट यहोवाका साक्षीहरूद्वारा प्रकाशित विभिन्न भाषाका प्रकाशनहरूमा अनुसन्धान गर्न तयार पारिएको हो।
प्रकाशनहरू डाउनलोड गर्न कृपया jw.org-मा जानुहोस्।
  • आज

मङ्‌गलबार, अगस्त २६

हतार गर्ने मानिसहरू कङ्‌गाल हुन्छन्‌।​—हितो. २१:५.

धीरजले हामीलाई अरूसित राम्रो सम्बन्ध बनाइराख्न मदत गर्छ। यसले अरूले बोलिरहेको बेला ध्यान दिएर सुन्‍न मदत गर्छ। (याकु. १:१९) साथै शान्ति कायम गर्न पनि मदत गर्छ। यसले तनावमा भएको बेला प्याच्च केही कुरा भन्‍नदेखि पनि रोक्छ। अनि धीरजी छौँ भने कसैले हाम्रो चित्त दुखाउँदा हामी रिसाइहाल्दैनौँ। बदला लिनुको साटो हामी ‘एकअर्कालाई सहिरहन्छौँ अनि खुला मनले क्षमा गरिरहन्छौँ।’ (कल. ३:१२, १३) धीरजले बुद्धिमानी निर्णयहरू गर्न पनि मदत गर्न सक्छ। धीरजले हामीलाई हतारमा निर्णय गर्नुको सट्टा आफूसित के-कस्ता विकल्पहरू छन्‌ भनेर राम्ररी सोचविचार गर्न मदत गर्छ। जस्तै: हामी कुनै काम खोज्दै छौँ भने सुरुमा जुन काम भेट्टियो, त्यही स्विकारिहाल्ने झुकाव हामीमा हुन सक्छ। तर हामी धीरजी छौँ भने त्यस कामले पारिवारिक र आध्यात्मिक जीवनमा कस्तो प्रभाव पार्न सक्छ भनेर राम्ररी सोचविचार गर्छौँ। यसरी धीरजी हुँदा गलत निर्णय गर्नदेखि जोगिन सक्छौँ। w२३.०८ पृ. २२ अनु. ८-९

दिनहुँ धर्मशास्त्र जाँच्ने—२०२५

बुधबार, अगस्त २७

म आफ्नो शरीरमा बेग्लै खालको व्यवस्था पाउँछु, जसले मेरो दिमागको व्यवस्थासँग लडाइँ गर्छ। अनि मेरो शरीरमा बास गर्ने पापको व्यवस्थाले मलाई बन्दी बनाउने गर्छ।​—रोमी ७:२३.

पापी झुकावहरूले तपाईँलाई निराश बनाएको छ भने आफूले गरेको समर्पणको वाचा सम्झनुहोस्‌। यसो गर्नुभयो भने प्रलोभनहरूविरुद्ध लड्‌ने तपाईँको सङ्‌कल्प अझै बलियो हुनेछ। कसरी? यहोवालाई जीवन समर्पण गर्दा तपाईँले आफूलाई इन्कार गरिरहनुभएको हुन्छ। यसको अर्थ यहोवालाई दुःखी तुल्याउने इच्छा र लक्ष्यहरूलाई तिरस्कार गर्नु हो। (मत्ति १६:२४) त्यसैले कुनै परीक्षा आइपर्दा तपाईँ ‘के गर्ने कसो गर्ने’ भनेर अलमलिनुहुनेछैन। किनकि तपाईँले यहोवाप्रति वफादार रहने सङ्‌कल्प गरिसक्नुभएको छ। यहोवालाई खुसी तुल्याउने कुरामा तपाईँ अडिग रहनुहुनेछ। तपाईँ अय्युबजस्तै हुनुहुनेछ। तिनले एकदमै गाह्रा परीक्षाहरूको सामना गर्नुपर्दा समेत दृढ भई यसो भने: “म नमरुन्जेल आफ्नो सत्यनिष्ठा छोड्‌नेछैनँ।”—अय्यु. २७:५. w२४.०३ पृ. ९ अनु. ६-७

दिनहुँ धर्मशास्त्र जाँच्ने—२०२५

बिहीबार, अगस्त २८

यहोवा तिनीहरू सबैको नजिक हुनुहुन्छ, जसले उहाँलाई पुकार्छन्‌, जसले साँचो हृदयले उहाँको पुकारा गर्छन्‌।​—भज. १४५:१८.

‘प्रेमका परमेश्‍वर’ यहोवा हामीसित हुनुहुन्छ। (२ कोरि. १३:११) उहाँ हामी प्रत्येकमा चासो राख्नुहुन्छ। हामी “उहाँको अटल प्रेमले घेरिएका” छौँ। (भज. ३२:१०) उहाँको प्रेममा जत्ति धेरै मनन गर्छौँ, त्यत्ति नै उहाँ हामीलाई वास्तविक लाग्नेछ र उहाँसित अझ घनिष्ठ भएको महसुस हुनेछ। हामी उहाँलाई नहिचकिचाईकन प्रार्थना गर्न सक्छौँ र हामीलाई उहाँको प्रेम कत्ति आवश्‍यक छ भनेर बताउन सक्छौँ। उहाँ हाम्रो कुरा बुझ्नुहुन्छ र हामीलाई मदत गर्न तयार हुनुहुन्छ भन्‍ने कुरामा विश्‍वस्त हुँदै आफ्नो सबै चिन्ता-फिक्री उहाँमा बिसाउन सक्छौँ। (भज. १४५:१८, १९) मौसम चिसो भएको बेला हामी न्यानो आगोतर्फ खिचिन्छौँ। त्यसैगरि यहोवाको न्यानो मायाले हामीलाई उहाँतर्फ खिच्छ। हुनत यहोवाको प्रेम शक्‍तिशाली छ तर त्यो कोमल पनि छ। त्यसैले यहोवाले तपाईँलाई आफ्नो न्यानो अङ्‌गालोमा बाँध्न खोज्नुहुँदा तपाईँ पनि उहाँको अङ्‌गालोमा बाँधिनुहोस्‌। अनि उहाँलाई यसो भन्‍नुहोस्‌: ‘म तपाईँलाई प्रेम गर्छु’!—भज. ११६:१. w२४.०१ पृ. ३१ अनु. १९-२०

दिनहुँ धर्मशास्त्र जाँच्ने—२०२५
स्वागत छ।
यो साइट यहोवाका साक्षीहरूद्वारा प्रकाशित विभिन्न भाषाका प्रकाशनहरूमा अनुसन्धान गर्न तयार पारिएको हो।
प्रकाशनहरू डाउनलोड गर्न कृपया jw.org-मा जानुहोस्।
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने