प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
स्वागत छ।
यो साइट यहोवाका साक्षीहरूद्वारा प्रकाशित विभिन्न भाषाका प्रकाशनहरूमा अनुसन्धान गर्न तयार पारिएको हो।
प्रकाशनहरू डाउनलोड गर्न कृपया jw.org-मा जानुहोस्।
  • आज

बिहीबार, अगस्त २८

यहोवा तिनीहरू सबैको नजिक हुनुहुन्छ, जसले उहाँलाई पुकार्छन्‌, जसले साँचो हृदयले उहाँको पुकारा गर्छन्‌।​—भज. १४५:१८.

‘प्रेमका परमेश्‍वर’ यहोवा हामीसित हुनुहुन्छ। (२ कोरि. १३:११) उहाँ हामी प्रत्येकमा चासो राख्नुहुन्छ। हामी “उहाँको अटल प्रेमले घेरिएका” छौँ। (भज. ३२:१०) उहाँको प्रेममा जत्ति धेरै मनन गर्छौँ, त्यत्ति नै उहाँ हामीलाई वास्तविक लाग्नेछ र उहाँसित अझ घनिष्ठ भएको महसुस हुनेछ। हामी उहाँलाई नहिचकिचाईकन प्रार्थना गर्न सक्छौँ र हामीलाई उहाँको प्रेम कत्ति आवश्‍यक छ भनेर बताउन सक्छौँ। उहाँ हाम्रो कुरा बुझ्नुहुन्छ र हामीलाई मदत गर्न तयार हुनुहुन्छ भन्‍ने कुरामा विश्‍वस्त हुँदै आफ्नो सबै चिन्ता-फिक्री उहाँमा बिसाउन सक्छौँ। (भज. १४५:१८, १९) मौसम चिसो भएको बेला हामी न्यानो आगोतर्फ खिचिन्छौँ। त्यसैगरि यहोवाको न्यानो मायाले हामीलाई उहाँतर्फ खिच्छ। हुनत यहोवाको प्रेम शक्‍तिशाली छ तर त्यो कोमल पनि छ। त्यसैले यहोवाले तपाईँलाई आफ्नो न्यानो अङ्‌गालोमा बाँध्न खोज्नुहुँदा तपाईँ पनि उहाँको अङ्‌गालोमा बाँधिनुहोस्‌। अनि उहाँलाई यसो भन्‍नुहोस्‌: ‘म तपाईँलाई प्रेम गर्छु’!—भज. ११६:१. w२४.०१ पृ. ३१ अनु. १९-२०

दिनहुँ धर्मशास्त्र जाँच्ने—२०२५

शुक्रबार, अगस्त २९

मैले तिनीहरूलाई तपाईँको नाम प्रकट गरेको छु।​—युह. १७:२६.

येसुको समयका यहुदीहरूलाई परमेश्‍वरको नाम यहोवा हो भनेर थाह थियो। त्यसैले उहाँले तिनीहरूलाई परमेश्‍वरको नाम मात्र बताउनुभएन बरु परमेश्‍वरको विषयमा ‘वयान गर्नुभयो।’ (युह. १:१७, १८, संशोधित संस्करण) जस्तै: हिब्रू धर्मशास्त्रमा यहोवा कृपालु र दयालु हुनुहुन्छ भनिएको छ। (प्रस्थ. ३४:५-७) यस कुरालाई अझ स्पष्ट पार्न येसुले हराएको छोराको उदाहरण चलाउनुभयो। यस उदाहरणमा बुबाले आफ्नो पश्‍चात्तापी छोरालाई ‘टाढैबाट आउँदै गरेको देखेपछि’ दौडँदै गए र उसलाई अङ्‌गालो हाले अनि मनैदेखि क्षमा दिए। यसबाट यहोवा कत्ति दयालु र कृपालु हुनुहुन्छ भनेर छर्लङ्‌गै भयो। (लुका १५:११-३२) येसुले यहोवा कस्तो व्यक्‍ति हुनुहुन्छ भनेर बुझ्न मानिसहरूलाई मदत गर्नुभयो। w२४.०२ पृ. १० अनु. ८-९

दिनहुँ धर्मशास्त्र जाँच्ने—२०२५

शनिबार, अगस्त ३०

जुन सान्त्वना हामीले परमेश्‍वरबाट पाएका छौँ, त्यही सान्त्वनाद्वारा . . . परीक्षामा परेकाहरूलाई सान्त्वना दिन सकौँ।​—२ कोरि. १:४.

यहोवा दुःखमा परेकाहरूलाई स्फूर्ति र सान्त्वना दिनुहुन्छ। करुणा महसुस गर्ने र अरूलाई सान्त्वना दिने सन्दर्भमा हामी कसरी यहोवाको अनुकरण गर्न सक्छौँ? एउटा तरिका भनेको सान्त्वना दिन मदत गर्ने गुणहरू विकास गर्नु हो। तीमध्ये केही गुण के-के हुन्‌? हामी कसरी हरेक दिन एकअर्कालाई प्रेम गरिरहन र ‘सान्त्वना दिइरहन’ सक्छौँ? (१ थिस्स. ४:१८) भ्रातृस्नेह, दया अनि एकअर्काको पीडा महसुस गर्नेजस्ता गुणहरू विकास गरेर। (कल. ३:१२; १ पत्रु. ३:८) यी गुणहरूले हामीलाई के गर्न मदत गर्छ? करुणा र त्यससित सम्बन्धित गुणहरूलाई आफ्नो व्यक्‍तित्वको अभिन्‍न भाग बनायौँ भने दुःखमा परेकाहरूलाई सान्त्वना नदिई हामी बस्नै सक्दैनौँ। हो, येसुले भन्‍नुभएझैँ “हृदयमा जे प्रशस्त छ, मुखले त्यही बोल्छ। असल मानिसले आफ्नो असल थोकको भण्डारबाट असलै थोक निकाल्छ।” (मत्ति १२:३४, ३५) साँच्चै, दुःखमा परेका भाइबहिनीलाई प्रेम देखाउने एउटा महत्त्वपूर्ण तरिका सान्त्वना दिनु हो। w२३.११ पृ. १० अनु. १०-११

दिनहुँ धर्मशास्त्र जाँच्ने—२०२५
स्वागत छ।
यो साइट यहोवाका साक्षीहरूद्वारा प्रकाशित विभिन्न भाषाका प्रकाशनहरूमा अनुसन्धान गर्न तयार पारिएको हो।
प्रकाशनहरू डाउनलोड गर्न कृपया jw.org-मा जानुहोस्।
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने