प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • तिनले अन्तसम्मै सहे
    तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌
    • आहाज्याह जसरी भए पनि बदला लिन चाहन्थे। त्यसैले उनले एलियालाई पक्रन एक जना कप्तान र तिनका ५० जना सैनिकको दल पठाए। जब तिनीहरूले एलियालाई “डाँडाको टुप्पोमा बसिरहेका”a देखे, तब ती कप्तानले रुखो स्वरमा एलियालाई ‘तल आउन’ राजाको नाममा हुकुम दिए। तिनीहरू एलियालाई मृत्युदण्डको लागि लैजान चाहन्थे जस्तो देखिन्छ। कल्पना गर्नुहोस्‌ त! ती सिपाहीहरूलाई एलिया “साँचो परमेश्‍वरका सेवक” भनेर थाह भए तापनि तिनीहरूले एलियालाई डर-धम्की देखाउन उचित ठाने। तिनीहरूको सोचाइ कत्ति गलत थियो! एलियाले ती कप्तानलाई यसो भने: “यदि म परमेश्‍वरको सेवक हुँ भने आकाशबाट आगोको मुस्लो आओस्‌ र तिमी अनि तिमीसँग भएका ५० जनालाई भस्म पारोस्‌।” तब परमेश्‍वरले साँच्चै कदम चाल्नुभयो। “आकाशबाट आगोको मुस्लो आयो र ती कप्तान अनि तिनका ५० जना मानिसलाई भस्म पाऱ्‍यो।” (२ राजा १:९, १०) यहोवाका जनलाई घृणा वा अनादरपूर्ण व्यवहार गरिँदा उहाँ त्यसलाई हल्कासित लिनुहुन्‍न भनेर ती सिपाहीहरूले भोग्नुपरेको दुःखदायी परिणामले हामीलाई सम्झाउँछ।—१ इतिहास १६:२१, २२.

  • तिनले अन्तसम्मै सहे
    तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌
    • आफू वरपरका मानिसहरूको जिद्दी र विद्रोही स्वभावको बाबजुद एलियाले कसरी सहन सके? यो प्रश्‍न आज हाम्रो लागि पनि सान्दर्भिक छ, होइन र? आफूले माया गर्ने व्यक्‍तिलाई तपाईँले राम्रो मनसायले सल्लाह दिनुभएको थियो होला। तर ती व्यक्‍तिले त्यस सल्लाहलाई नकारे र आफैलाई हानि पुऱ्‍याउने बाटोमा हिँडिरहने जिद्दी गरे। त्यो देख्दा तपाईँले पक्कै दिक्क महसुस गर्नुभएको थियो होला। हामी कसरी यस्ता निराशाहरू सहन सक्छौँ? सैनिकहरूले एलियालाई कहाँ भेटाएका थिए, त्यसबाट केही छनक पाउन सक्छौँ। तिनी “डाँडाको टुप्पोमा बसिरहेका” थिए। एलिया त्यहाँ के गरिरहेका थिए भनेर हामी यकिनका साथ भन्‍न सक्दैनौँ तर तिनी परमेश्‍वरलाई निरन्तर प्रार्थना गर्ने मानिस थिए। त्यसैले तिनले त्यस एकान्त ठाउँमा गएर आफ्नो मायालु परमेश्‍वरसित नजिक हुने राम्रो मौका खोजेका हुन सक्छन्‌। (याकुब ५:१६-१८) हामी पनि एकान्तमा परमेश्‍वरसित कुरा गर्न नियमित तवरमा समय निकाल्न सक्छौँ अनि उहाँको नाम पुकार्दै उहाँलाई आफ्ना चिन्ता-फिक्री र मनको बह पोख्न सक्छौँ। यसो गऱ्‍यौँ भने वरपरका मानिसहरूले रुखो र आफैलाई हानि पुऱ्‍याउने तरिकामा व्यवहार गर्दा समेत हामी सहन सक्छौँ।

  • तिनले अन्तसम्मै सहे
    तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌
    • a केही शास्त्रविद्‌को विचारमा यहाँ उल्लेख गरिएको डाँडा कर्मेल डाँडा थियो र यही डाँडामा केही वर्षअघि परमेश्‍वरले एलियामार्फत बाआलका भविष्यवक्‍ताहरूलाई परास्त गर्नुभएको थियो। तर बाइबलमा भने त्यो डाँडा कुन थियो भनेर तोकेर बताइएको छैन।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने