प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • भ्रातृ-प्रेम बनिरहोस्‌!
    प्रहरीधरहरा—१९९७ | अगस्त १
    • ५. यहोवाले सँगी भाव देखाउनुभयो भनेर हामी कसरी थाह पाउँछौं?

      ५ के यहोवाले त्यस्तो सँगी भाव देखाउनुभयो? अवश्‍य, देखाउनुभयो। उदाहरणका लागि, उहाँका जन अर्थात्‌ इस्राएलले भोगेको दुःखबारे हामी यस्तो पढ्‌छौं: “तिनीहरूका सारा दुःखमा उहाँ दुःखित हुनुभयो।” (यशैया ६३:९) यहोवाले तिनीहरूको दुःख देख्नु मात्र भएन तर महसुस पनि गर्नुभयो। आफ्ना जनहरूका लागि उहाँले कत्तिको गहिरो भावना राख्नुहुन्छ भन्‍ने कुरा यहोवाकै शब्दहरूबाट बुझ्नसक्छौं जुन जकरिया २:८ मा यसरी लिपिबद्ध गरिएको छ: “जसले तिमीहरूलाई छुन्छ त्यसले [मेरो] आँखाको नानीलाई छुन्छ।”a यस शास्त्रपदबारे एक टिप्पणीकार यस्तो टिप्पणी गर्छन्‌: “मानव शरीरमा आँखा सबैभन्दा जटिल र कोमल भाग हो। अनि आँखाको नानी जसको कारणले हामी देख्नसक्छौं, त्यो अत्यन्तै संवेदनशील हुनुका साथै सबैभन्दा महत्त्वपूर्ण छ। आँखाको नानीले जस्तो अरू कुनै पनि कुराले यहोवाले देखाउनुहुने कोमल मायाको वर्णन गर्न सकिंदैन।”

  • भ्रातृ-प्रेम बनिरहोस्‌!
    प्रहरीधरहरा—१९९७ | अगस्त १
    • a कुनै कुनै अनुवादहरूले परमेश्‍वरका जनहरूलाई छुनु भनेको परमेश्‍वरलाई होइन तर इस्राएलको आँखा वा उसको आफ्नै आँखाको नानीलाई छोएको हो भनेका छन्‌। मध्ययुगका केही प्रतिलिपिकहरूले गर्दा यो गल्ती हुन गएको थियो। तिनीहरूले प्रसंगअनुसार नमिल्ने जस्तो लागेर यस भागलाई सच्याउने गलत प्रयास गरे। अतः, त्यसरी तिनीहरूले यहोवाको समानुभूतिलाई धमिल्याइ दिए।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने