प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • भाइलाई आफ्नो गराऊ
    प्रहरीधरहरा—१९९९ | अक्टोबर १५
    • ५, ६. प्रसंगअनुसार मत्ती १८:१५ ले कस्ता पापहरूलाई औंल्याइरहेको थियो र त्यसले के संकेत गर्छ?

      ५ तोकेरै भन्‍ने हो भने, वास्तवमा येशूले दिनुभएको सल्लाह गम्भीर कुराहरूसित सम्बन्धित छ। येशूले “तिम्रो भाइले . . . पाप गऱ्‍यो भने” भन्‍नुभयो। वस्तुतः, कुनै गल्ती वा भूल “पाप” हुनसक्छ। (अय्यूब २:१०; हितोपदेश २१:४; याकूब ४:१७) तथापि, प्रसंग केलाएर हेर्दा येशूले उल्लेख गर्नुभएको पाप गम्भीर पाप हो भनेर प्रस्टै बुझिन्छ। यति गम्भीर पाप कि, त्यसले गल्ती गर्ने व्यक्‍तिलाई “अन्यजाति र महसूल उठाउने सरह” बनाउनसक्थ्यो। यो वाक्यांशको मतलब के हो?

      ६ येशूको उक्‍त शब्दहरू सुन्‍ने चेलाहरूलाई आफ्ना देशवासीहरू अन्यजातिकाहरूसित बसउठ गर्दैनन्‌ भनेर थाह थियो। (यूहन्‍ना ४:९; १८:२८; प्रेरित १०:२८) निस्सन्देह, तिनीहरू महसुल उठाउनेहरूदेखि टाढै बस्थे। किनकि यहूदी भएर पनि तिनीहरू जनतालाई सताउँथे। त्यसकारण किटेरै भन्‍ने हो भने, मत्ती १८:१५-१७ मा उल्लेख गरिएको पापले सजिलै क्षमा दिन वा बिर्सन सकिने व्यक्‍तिगत गल्तीहरू वा चित्त दुखाइलाई होइन तर गम्भीर पापलाई जनाउँथ्यो।—मत्ती १८:२१, २२.a

  • भाइलाई आफ्नो गराऊ
    प्रहरीधरहरा—१९९९ | अक्टोबर १५
    • a म्याक्लिन्टक र स्ट्रङको साइक्लोपीडिया यसो भन्छ: “नयाँ नि[यमका] [महसुल उठाउनेहरूलाई] विधर्मीहरूसित बसउठ गर्ने अनि शोषकहरूको औंलामा नाचेर हिंड्‌ने विश्‍वासघाती अनि धर्मत्यागी मानिन्थ्यो। तिनीहरू पापीहरूको वर्गमा पर्थे . . . मर्यादित मानिसहरू तिनीहरूबाट टाढै रहने भएकोले तिनीहरूको साथी भन्‍नु नै तिनीहरूजस्तै समाजबाट वर्जित अन्य महसुल उठाउनेहरू मात्र थिए।”

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने