प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १९१४ को पुस्ता किन महत्त्वपूर्ण?
    प्रहरीधरहरा—१९९२ | अगस्त १
    • पृथ्वीको नयाँ राजाको हैसितयतमा येशूको अदृश्‍य उपस्थितिलाई सङ्‌केत गर्ने एउटा दृश्‍य चिन्ह हुनेछ भनी उहाँले सा०यु० प्रथम शताब्दीमा भन्‍नु भएको थियो। “तपाईंको आगमन र जगतको अन्तको चिन्ह के हुन्छ?” भनी उहाँलाई सोधिएको थियो। उहाँको उत्तर? “जातिको विरुद्धमा जाति, र राज्यको विरुद्धमा राज्य उठ्‌नेछ, ठाउँ ठाउँमा अनिकाल र भैंचालो हुनेछ। तर यी सब ता कष्टका शुरु हुन्‌।”—मत्ती २४:३, ७, ८.

      तदनुसार, १९१४ मा सुरु भएको युद्धका साथसाथै भयङ्‌कर अनिकाल पनि भयो किनकि चार वर्षभन्दा बढी समयदेखिन्‌ अन्‍नको उत्पादनमा बाधा पर्न गएको थियो। “ठाउँ ठाउँमा भैंचालोबारे” के नि? १९१४ पछिको दशकभित्रै, कम से कम दस वटा विनाशकारी भैंचालाहरूको कारण, ३,५०,००० भन्दा बढी मानिसहरूको मृत्यु भयो। (बाकस हेर्नुहोस्‌।) वास्तवमा, १९१४ को पुस्ताले “कष्टका शुरु” अनुभव गरे। र त्यस बखतदेखि यसो प्राकृतिक विपत्तिहरू, अनिकालहरू, र अनेक युद्धहरूका रूपमा कष्टहरू निरन्तर आइ नै रहेका छन्‌।

      तापनि, १९१४ मा परमेश्‍वरको राज्यको स्थापना सम्बन्धी समाचार एउटा सुसमाचार हो किनभने त्यस राज्यले पृथ्वीलाई नष्ट हुनबाट बचाउने छ। त्यो कसरी? यसले सारा झूटा र कपटपूर्ण धर्महरू, भ्रष्ट सरकारहरू, र शैतानको दुष्ट प्रभावलाई हटाउने छ। (दानियल २:४४; रोमी १६:२०; प्रकाश ११:१८; १८:४-८, २४) यसका साथसाथै, यसले एउटा नयाँ संसारको सुरुआत गर्नेछ जसमा “धार्मिकता बास गर्नेछ।”—२ पत्रुस ३:१३.

      प्रथम विश्‍व-युद्धको केही समयपछि नै, येशूको राजकीय उपस्थितिबारे दिइएको चिन्हको एउटा अर्को पक्षसित सम्बन्धित आफ्नो विशेषाधिकारबारे यहोवाका साक्षीहरू अथवा त्यस बेला बाइबलका निष्कपट विद्यार्थी कहलाइनेहरूले विवेचना गर्न थाले। येशू ख्रीष्टले अग्रिमवाणी गर्नु भएको थियो: “राज्यको यो सुसमाचार सारा संसारमा सब जातिहरूलाई साक्षीको निम्ति प्रचार गरिनेछ, त्यस पछि अन्त हुनेछ।”—मत्ती २४:१४.

      १९१९ मा, स्यानो ढङ्‌गमा सुरु गर्दै यहोवाका साक्षीहरू “यो सुसमाचार” फैलाउने काममा निरन्तर लागिरहेका छन्‌। फलःस्वरूप, परमेश्‍वरको राज्यका प्रजाहरू हुन लाखौं मानिसहरू २०० भन्दा बढी मुलुकहरूबाट आज भेला हुँदैछन्‌। र यी प्रजाहरूले कस्ता-कस्ता आशिषहरू पाउने छन्‌! त्यो राज्यले युद्ध, अनिकाल, अपराध, र सतावटलाई हटाउने छ। रोग र मृत्यु समेतमाथि त्यो विजयी हुनेछ!—भजनसंग्रह ४६:९; ७२:७, १२-१४, १६; हितोपदेश २:२१, २२; प्रकाश २१:३, ४.

      १९१४ को पुस्ता बिती नजाँदै, राज्य-प्रचारको कामले त्यसको उद्देश्‍य पूरा गरी सकेको हुनेछ। त्यसपछि, येशूले अग्रिमवाणी गर्नु भएअनुसार, “यस्तो महा सङ्‌कष्ट हुनेछ, जो जगतको शुरुदेखि अहिलेसम्म भएको छैन, नता फेरि कहिल्यै हुनेछ। औ ती दिन नघटाइएका भए कोही देहधारी बाँच्नसक्ने थिएन तर चुनिएकाहरूका निम्ति ती दिन घटाइनेछन्‌।”—मत्ती २४:२१, २२।

  • १९१४ को पुस्ता किन महत्त्वपूर्ण?
    प्रहरीधरहरा—१९९२ | अगस्त १
    • [पृष्ठ ७-मा भएको तालिका]

      भैंचालाहरू १९१४ पछिका दशकहरूमा

      मिति: ठाउँ:

      मृतकहरू:

      जनवरी १३, १९१५ एभेजानो, इटली

      ३२,६००

      जनवरी २१, १९१७ बाली, इन्डोनिसिया

      १५,०००

      फरवरी १३, १९१८ क्वाङ्‌गटुङ्‌ग प्रान्त, चीन

      १०,०००

      अक्‍तुबर ११, १९१८ पोर्टो रिको (पश्‍चिमी)

      ११६

      जनवरी ३, १९२० वेराक्रुज, मेक्सिको

      ६४८

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने