प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • ijwbq लेख १५७
  • प्राकृतिक प्रकोपबारे बाइबल के भन्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • प्राकृतिक प्रकोपबारे बाइबल के भन्छ?
  • बाइबल प्रश्‍नहरूको जवाफ
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • बाइबलको जवाफ
  • प्राकृतिक प्रकोप परमेश्‍वरले दिनुहुने सजाय होइन भनेर हामी किन पक्का हुन सक्छौँ?
  • के प्राकृतिक प्रकोप हामी अन्तको दिनमा बाँचिरहेका छौँ भन्‍ने कुराको चिन्ह हो?
  • प्राकृतिक प्रकोपको मारमा परेकाहरूलाई परमेश्‍वर कसरी मदत गर्नुहुन्छ?
  • के बाइबल सिद्धान्तहरूले प्राकृतिक प्रकोपको लागि तयार रहन मदत गर्छ?
  • किन यतिबिघ्न प्राकृतिक प्रकोप?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
  • के भगवान्‌ले हामीलाई सजाय दिनुभएको हो?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
  • असाध्यै गाह्रो प्रश्‍न
    ब्यूँझनुहोस्‌!—२००७
  • जब प्राकृतिक प्रकोप आइपर्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
थप हेर्नुहोस्
बाइबल प्रश्‍नहरूको जवाफ
ijwbq लेख १५७
एउटा परिवार प्राकृतिक प्रकोपले गर्दा सबै ध्वस्त भएको हेर्दै

प्राकृतिक प्रकोपबारे बाइबल के भन्छ?

बाइबलको जवाफ

प्राकृतिक प्रकोपहरू परमेश्‍वरले ल्याउनुहुन्‍न, बरु प्राकृतिक प्रकोपको मारमा परेका मानिसहरूलाई देख्दा उहाँलाई दुःख लाग्छ। भविष्यमा परमेश्‍वरको राज्यले प्राकृतिक प्रकोपलगायत हामीले दुःख भोग्नुपर्ने सबै कारणलाई निर्मूल पार्नेछ। त्यतिन्जेल परमेश्‍वरले प्राकृतिक प्रकोपको मारमा परेकाहरूलाई सान्त्वना दिनुहुन्छ।—२ कोरिन्थी १:३.

  • प्राकृतिक प्रकोप परमेश्‍वरले दिनुहुने सजाय होइन भनेर हामी किन पक्का हुन सक्छौँ?

  • के प्राकृतिक प्रकोप हामी अन्तको दिनमा बाँचिरहेका छौँ भन्‍ने कुराको चिन्ह हो?

  • प्राकृतिक प्रकोपको मारमा परेकाहरूलाई परमेश्‍वर कसरी मदत गर्नुहुन्छ?

  • के बाइबल सिद्धान्तहरूले हामीलाई प्राकृतिक प्रकोपको लागि तयार रहन मदत गर्छ?

  • प्राकृतिक प्रकोपको मारमा परेकाहरूलाई सान्त्वना दिने बाइबल पदहरू

प्राकृतिक प्रकोप परमेश्‍वरले दिनुहुने सजाय होइन भनेर हामी किन पक्का हुन सक्छौँ?

परमेश्‍वरले दुष्टहरूलाई सजाय दिन प्राकृतिक शक्‍तिहरूको प्रयोग गर्नुभएको विवरण बाइबलमा पाइन्छ। तर ती घटनाहरू र प्राकृतिक प्रकोपबीच धेरै भिन्‍नता छ।

  • जो कोही पनि प्राकृतिक प्रकोपको सिकार हुन सक्छ। विगतमा परमेश्‍वरले प्राकृतिक शक्‍तिहरू चलाएर सजाय दिनुहुँदा दुष्टहरूलाई मात्र नाश गर्नुभयो। उदाहरणको लागि, पुरातन समयमा सदोम र गमोराको विनाश गर्नुहुँदा परमेश्‍वरले असल मानिस लुत र तिनका दुई छोरीलाई बचाउनुभयो। (उत्पत्ति १९:२९, ३०) परमेश्‍वरले त्यतिखेरका मानिसहरूको हृदय पढ्‌नुभयो र उहाँको नजरमा दुष्ट काम गर्ने मानिसहरूलाई मात्र नाश गर्नुभयो।—उत्पत्ति १८:२३-३२; १ समुएल १६:७.

  • प्राकृतिक प्रकोप प्रायजसो पूर्वसूचना नदिई आउँछ। परमेश्‍वरले भने प्राकृतिक शक्‍ति चलाएर दुष्टहरूलाई नाश गर्नुअघि चेतावनी दिनुभएको थियो। परमेश्‍वरले दिनुभएको चेतावनी सुनेर त्यसअनुसार चलेकाहरूले आफ्नो ज्यान जोगाउन सके।—उत्पत्ति ७:१-५; मत्ति २४:३८, ३९.

  • प्राकृतिक प्रकोपको लागि केही हदसम्म मानिसहरू नै जिम्मेवार छन्‌। कसरी? मानिसहरूले वातावरणको विनाश हुने कामहरू गरेका छन्‌ अनि भूकम्प, बाढी-पहिरोको उच्च जोखिम भएका र मौसम असाध्यै बिग्रने क्षेत्रहरूमा भवनहरू निर्माण गरेका छन्‌। (प्रकाश ११:१८) मानिसहरूको यस्ता गल्तीले गर्दा आएको नराम्रो नतिजाको लागि परमेश्‍वरलाई दोष दिन मिल्दैन।—हितोपदेश १९:३.

के प्राकृतिक प्रकोप हामी अन्तको दिनमा बाँचिरहेका छौँ भन्‍ने कुराको चिन्ह हो?

हो। “यस युगको आखिरी समय”-मा वा “अन्तको दिनमा” प्रकोपहरू आउनेछ भनेर बाइबलमा भविष्यवाणी गरिएको थियो। (मत्ति २४:३; २ तिमोथि ३:१) उदाहरणको लागि, हाम्रो समयबारे भविष्यवाणी गर्दा येसुले यसो भन्‍नुभएको थियो: “ठाउँठाउँमा अनिकाल र भूकम्प हुनेछ।” (मत्ति २४:७) चाँडै परमेश्‍वरले यस पृथ्वीबाट प्राकृतिक प्रकोपलगायत हामीले दुःख भोग्नुपर्ने सबै कारणलाई निर्मूल पार्नुहुनेछ।—प्रकाश २१:३, ४.

प्राकृतिक प्रकोपको मारमा परेकाहरूलाई परमेश्‍वर कसरी मदत गर्नुहुन्छ?

  • परमेश्‍वरले आफ्नो वचन बाइबलमार्फत सान्त्वना दिनुहुन्छ। परमेश्‍वर हाम्रो ख्याल राख्नुहुन्छ र हामीले दुःख भोग्दा उहाँ पनि दुःखी हुनुहुन्छ भनेर बाइबलले हामीलाई आश्‍वासन दिन्छ। (यसैया ६३:९; १ पत्रुस ५:६, ७) कहिल्यै प्राकृतिक प्रकोप नहुने समयबारे परमेश्‍वरले गर्नुभएको प्रतिज्ञाबारे पनि बाइबलमा बताइएको छ।—“प्राकृतिक प्रकोपको मारमा परेकाहरूलाई सान्त्वना दिने बाइबल पदहरू” हेर्नुहोस्‌।

  • परमेश्‍वरले आफ्ना उपासकहरूलाई चलाएर प्राकृतिक प्रकोपको मारमा परेकाहरूलाई मदत गर्नुहुन्छ। प्राकृतिक प्रकोपको मारमा परेकाहरूलाई मदत गर्न परमेश्‍वर येसुको अनुकरण गर्ने आफ्ना उपासकहरूलाई चलाउनुहुन्छ। येसुले “मन भाँचिएकाहरूलाई” र “शोकाकुल मानिसहरूलाई” सान्त्वना दिनुहुनेछ भनेर बाइबलमा भविष्यवाणी गरिएको थियो। (यसैया ६१:१, २) परमेश्‍वरका उपासकहरू पनि त्यसै गर्ने प्रयास गर्छन्‌।—युहन्‍ना १३:१५.

    प्राकृतिक प्रकोपको मारमा परेकाहरूलाई भौतिक तथा अन्य व्यावहारिक मदत दिन पनि परमेश्‍वर आफ्ना उपासकहरूलाई चलाउनुहुन्छ।—प्रेषित ११:२८-३०; गलाती ६:१०.

पोर्टो रिकोमा यहोवाका साक्षीहरू घर मर्मत गर्दै

पोर्टो रिकोमा यहोवाका साक्षीहरू आँधीको मारमा परेकाहरूलाई मदत दिँदै

के बाइबल सिद्धान्तहरूले प्राकृतिक प्रकोपको लागि तयार रहन मदत गर्छ?

गर्छ। हुनत बाइबल प्रकोपको लागि तयार रहन सिकाउने निर्देशिका होइन तर यसमा पाइने विभिन्‍न सिद्धान्तहरूले प्राकृतिक प्रकोपको लागि तयार रहन मदत गर्छ। उदाहरणको लागि:

  • प्राकृतिक प्रकोप आउँदा के गर्ने भनेर योजना बनाउनुहोस्‌। बाइबल भन्छ, “चतुर मानिस खतरा आएको देखेर लुक्छ तर अनुभवहीन मानिस भने सरासर अघि बढ्‌छ र दुःख पाउँछ।” (हितोपदेश २२:३) आकस्मिक अवस्थामा के गर्ने भनेर पहिल्यै तयारी गर्नु बुद्धिमानी कदम हो। यसमा झटपट झोला तयार पार्नु र प्रकोप आउँदा परिवारका सबै सदस्य कहाँ भेट्‌ने भनेर अभ्यास गर्नु समावेश छ।

  • धनसम्पत्तिभन्दा जीवन बहुमूल्य छ भन्‍ने कुरा मनमा राख्नुहोस्‌। बाइबल यसो भन्छ, “हामीले यस संसारमा न केही ल्यायौँ न त केही बोकेर लैजान नै सक्छौँ।” (१ तिमोथि ६:७, ८) प्रकोपको बेला आफ्नो ज्यान जोगाउन घर र धनसम्पत्ति छोड्‌नुपर्ने अवस्था आएमा हामी त्यसो गर्न इच्छुक हुनुपर्छ। हाम्रो जीवन धनसम्पत्तिभन्दा बहुमूल्य छ भनेर हामीले सम्झनुपर्छ।—मत्ति ६:२५.

प्राकृतिक प्रकोपको मारमा परेकाहरूलाई सान्त्वना दिने बाइबल पदहरू

उत्पत्ति १८:२५: “तपाईँले पक्कै पनि धर्मी र दुष्ट दुवैसित एउटै व्यवहार गर्नुहुन्‍न अनि धर्मी मानिसलाई दुष्टसँगसँगै नाश गर्नुहुन्‍न। ... सारा पृथ्वीका न्यायकर्ताले के न्याय गर्नुहुन्‍न होला र?”

अर्थ: परमेश्‍वर सधैँ सही कुरा गर्नुहुन्छ। त्यसैले प्राकृतिक प्रकोपको कारण असल व्यक्‍तिहरूको मृत्यु हुँदा उहाँलाई दोष दिन मिल्दैन।

भजन ४६:१, २: “परमेश्‍वर हाम्रो शरणस्थान र बल हुनुहुन्छ, दुःखको समयमा सजिलै पाइने मदतगार। त्यसैले चाहे पृथ्वी नै हल्लियोस्‌, ... हामी डराउनेछैनौँ।”

अर्थ: जस्तोसुकै अवस्था आइपरे तापनि परमेश्‍वरमा भर पर्दा हामी बलियो हुन सक्छौँ।

यसैया ६३:९: “हरेक चोटि तिनीहरू दुःखमा पर्दा उहाँ पनि दुःखी हुनुभयो।”

अर्थ: परमेश्‍वरले समानुभूति देखाउनुहुन्छ; हामीले दुःख भोग्दा उहाँ पनि दुःखी हुनुहुन्छ।

युहन्‍ना ५:२८, २९: “बेला आउँदै छ, जब चिहानमा हुनेहरू सबैले [येसुको] स्वर सुन्‍नेछन्‌ र बाहिर निस्किआउनेछन्‌।”

अर्थ: हामी मरिसकेका प्रियजनहरूलाई फेरि भेट्‌ने आशा गर्न सक्छौँ किनभने तिनीहरूलाई फेरि जीवित पार्ने शक्‍ति परमेश्‍वरले येसुलाई दिनुहुनेछ।

१ पत्रुस ५:६, ७: “परमेश्‍वरको बलवान्‌ बाहुलीमुनि आफूलाई नम्र बनाओ . . . तिमीहरूले आफ्नो सारा फिक्री उहाँमाथि बिसाओ किनकि उहाँले तिमीहरूको ख्याल राख्नुहुन्छ।”

अर्थ: परमेश्‍वर हाम्रो निकै चासो राख्नुहुन्छ अनि हामीले आफ्नो चिन्ता-फिक्री प्रार्थनामार्फत उहाँलाई बताएको चाहनुहुन्छ।

प्रकाश २१:४: “[परमेश्‍वरले] तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ र मृत्यु हुनेछैन अनि शोक, रुवाइ वा पीडा पनि फेरि कहिल्यै हुनेछैन। पहिलेका कुराहरू बितिसकेका छन्‌।”

अर्थ: परमेश्‍वरले प्राकृतिक प्रकोपलगायत हामीले दुःख भोग्नुपर्ने सबै कारणलाई निर्मूल पार्नुहुनेछ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने