-
प्रेमशून्य विवाहको दलदलमा फसेकोब्यूँझनुहोस्!—२००१ | फेब्रुअरी ८
-
-
प्रेमशून्य विवाहको दलदलमा फसेको
“अत्यधिक सम्बन्धविच्छेद हुने समाजमा थुप्रै असन्तुष्ट विवाहित दम्पतीको सम्बन्धविच्छेद हुनुका साथै अझ थुप्रै वैवाहिक जीवनमा बेमेल बढ्दै जानसक्छ।”—अमेरिकाको परिवारसम्बन्धी परिषद्।
भनिन्छ, जीवनको सबैभन्दा आनन्द र दुःखको एउटै स्रोत विवाह हो। निस्सन्देह, जीवनमा त्यति धेरै आनन्द वा पीडा ल्याउन सक्ने अरू कुराहरू कमै होलान्। सँगैको पेटीले देखाएअनुसार थुप्रै दम्पतीले अत्यन्तै तनाउ महसुस गरिरहेका छन्।
तर सम्बन्धविच्छेदसम्बन्धी तथ्यांकले समस्याको सानो अंश मात्र देखाउँछ। एकातिर थुप्रै वैवाहिक जीवन डुबिरहेका छन् भने अर्कोतिर जसोतसो तैरिरहेका अनगिन्ती विवाहित दम्पतीहरू छन्। विवाह गरेको ३० वर्षभन्दा बढी भइसकेको एउटी महिलाले यस्तो भाव व्यक्त गरिन्, “पहिले हाम्रो सुखी परिवार थियो तर पछिल्ला १२ वर्ष भने असाध्यै पीडादायी भए। मेरो श्रीमान् मेरा भावनाहरूको पटक्कै वास्ता गर्नुहुन्न। मेरो सबैभन्दा ठूलो भावनात्मक शत्रु भनेको उहाँ नै हुनुहुन्छ।” त्यसै गरी, विवाह गरेको झन्डै २५ वर्ष भइसकेको पतिले यस्तो दुखेसो पोखे: “मेरी श्रीमतीलाई मेरो माया लाग्नछोड्यो रे। उनको भनाइअनुसार हामी एउटै डेरामा दुई अपरिचित व्यक्तिजस्तो भएर बस्ने र आफ्नो फुर्सतको समय आफूले चाहेजस्तो ढंगमा छुट्टाछुट्टै बिताउने हो भनेचाहिं सायद जसोतसो बस्न सकिन्छ कि।”
हो, यस्तो नाजुक अवस्थामा पुगेका कसै कसैले आफ्नो वैवाहिक सम्बन्धविच्छेद गर्छन्। तथापि, थुप्रैले भने सम्बन्धविच्छेदलाई विकल्पको रूपमा अँगाल्न सक्दैनन्। किन? डा. करेन केसरले बताएअनुसार छोराछोरी, सामाजिक दबाउ, आर्थिक अवस्था, साथीभाइ, नातेदार वा धार्मिक विश्वासले गर्दा कतिपय दम्पतीहरू प्रेमरहित वैवाहिक जीवनरूपी डुंगालाई पनि जसोतसो खियाइरहेका हुन्छन्। तिनी अझै यसो भन्छिन्, “कानुनी तवरमा सम्बन्धविच्छेद गर्न प्राय प्राय असम्भव भएको हुँदा यस्ता दम्पतीहरू आफ्नो पति वा पत्नीसित भावनात्मक तवरमा सम्बन्धविच्छेद गरेर सँगै बसिरहेका हुन्छन्।”
वैवाहिक सम्बन्ध कमजोर हुँदै गइरहेको दम्पतीले के यस्तो असन्तुष्ट जीवनशैलीसँग हार मान्नै पर्ने हो त? के प्रेमरहित वैवाहिक जीवनको एक मात्र विकल्प सम्बन्धविच्छेद हो त? अनुभवहरूले देखाएअनुसार थुप्रै समस्याग्रस्त विवाहलाई सम्बन्धविच्छेदजस्तो पीडाबाट मात्र होइन तर प्रेमरहित अवस्थाबाट समेत बचाउन सकिन्छ। (g01 1/08)
-
-
प्रेम किन सेलाउँछ?ब्यूँझनुहोस्!—२००१ | फेब्रुअरी ८
-
-
प्रेम किन सेलाउँछ?
“माया गाँस्नु जत्ति माया मर्न नदिनु सजिलो छैन।”—डा. करेन केसर।
प्रेमरहित वैवाहिक जीवन छ्यासछ्यासती देखा पर्नु कुनै अचम्मको कुरा होइन। विवाह भनेको एकदमै जटिल मानव सम्बन्ध हो तर थुप्रै मानिस आफू तयारै नभई त्यसमा बाँधिन्छन्। डा. डिन एस एडल यस्तो टिप्पणी गर्छन्, “सवारी चालक अनुमति पत्र लिन हामीले केही खास दक्षता देखाउनुपर्छ तर विवाह अनुमति पत्र लिन एउटा हस्ताक्षर गरे पुग्छ।”
यसर्थ, थुप्रै विवाह सुखद तथा आनन्दमय छन् भने अरू कतिपय चाहिं असाध्यै तनाउग्रस्त छन्। हुनसक्छ, पति वा पत्नी दुवैले वैवाहिक जीवनबाट ठूलठूला आशा राखेका होलान् तर तिनीहरूसित दीर्घकालीन सम्बन्धको लागि चाहिने योग्यताहरू नहुनसक्छन्। डा. ह्यारी राइज यसो भन्छन्, “सुरु सुरुमा एकअर्कासित नजिकिन थाल्दा दुवैले एकअर्काबाट निकै आडभरोसा पाएको महसुस गर्छन्।” तिनीहरूलाई “आफू दुई जनाबाहेक आफ्नो कुरा बुझ्ने यो संसारमा अरू कोही छैन जस्तो लाग्ला। तर कहिलेकाहीं यस्तो भावना सेलाउँछ र यसरी सेलाउँदा वैवाहिक सम्बन्धमा अत्यन्तै नकारात्मक प्रभाव पार्नसक्छ।”
खुसीको कुरा, थुप्रै विवाह यो अवस्थासम्म आइपुग्दैनन्। तर प्रेम सेलाउन सक्ने केही कारणहरूबारे छोटो छलफल गरौं।
निराशा—“यस्तो होला भनेर मनमा चिताएकै थिइनँ”
रोज भन्छिन्, “मैले जिमसित विवाह गर्दा हाम्रो वैवाहिक जीवन मुना मदन र मधु मालतीको कथाको जस्तो मायाप्रीति, कोमलता अनि एकअर्काको हेरचाहले भरिएको सुमधुर सम्बन्ध होला भन्ठानेकी थिएँ।” समय बित्दै गएपछि भने रोजको सपनाको “राजकुमार” आफूले सोचेजस्तो आकर्षक देखिन छोड्यो। उनी अझै यसो भन्छिन्, “मैले उहाँबाट आशा गरेको कुनै पनि कुरा नपाउँदा म साह्रै खिन्न भएँ।”
थुप्रै चलचित्र, पुस्तक र लोकप्रिय गीतहरूले प्रेमबारे अव्यावहारिक वर्णन गर्छन्। विवाह गर्ने विचारले सम्बन्ध बढाउँदै लैजाँदा तिनीहरूलाई आफ्नो सपना साकार भएजस्तो लाग्नसक्छ; तर विवाह गरेको दुई चार वर्ष नबित्दै तिनीहरू आफूले देखेको सुखद विवाहको सपना सपनै मात्र पो रहेछ भन्ने निष्कर्षमा पुग्छन्! आफ्नो वैवाहिक जीवन प्रेमकथाको जस्तो नभए तापनि छाँटकाँट गरेर सफल बनाउन सकिने वैवाहिक सम्बन्धसमेत पूरै असफलजस्तो तिनीहरूलाई लाग्नसक्छ।
हुन त, विवाहबाट केही पाउने आशा राख्नु पूर्णतया उचित कुरा हो। उदाहरणका लागि, आफ्नो पति वा पत्नीबाट माया, चासो अनि सहयोगको आशा राख्नु उचित हो। यद्यपि, कहिलेकाहीं यस्ता आशाहरूसमेत साकार हुँदैनन्। भारतकी नववधू मीना यसो भन्छिन्, “मलाई आफ्नो विवाह भएको जस्तै लाग्दैन। म असाध्यै एक्लो र मूल्यहीन महसुस गर्छु।”
अमेल —“हाम्रो एउटै कुरा मिल्दैन”
एउटी महिला यसो भन्छिन्: “मेरो श्रीमान् र म प्रायः सबै कुरामा ठीक उल्टा छौं। मैले उहाँसित बेकारमा विवाह गरेछु भनेर पछुतो नलागेको दिनै हुँदैन। हामी दुई जनाको जोडी नै मिल्दैन।”
-
-
आशा गर्ने ठाउँ नै छैन त?ब्यूँझनुहोस्!—२००१ | फेब्रुअरी ८
-
-
आशा गर्ने ठाउँ नै छैन त?
“तनाउग्रस्त वैवाहिक जीवनको एउटा समस्या हो, अब अवस्था सुध्रने सम्भावना नै छैन भन्ने सोचाइ। त्यस्तो सोचाइले बाधा पुऱ्याउँछ किनभने त्यसले सकारात्मक कदम चाल्ने उत्प्रेरणालाई नै दबाइ दिन्छ।”—डा. एरोन टि. बेक।
कल्पना गर्नुहोस्, तपाईंलाई कतै दुखिरहेको छ र तपाईं जँचाउन डाक्टरकहाँ जानुहुन्छ। तपाईं आफ्नो स्वास्थ्यबारे चिन्तित हुनुहुन्छ र हुनुपर्ने कारण पनि छ। हुन पनि, तपाईंको स्वास्थ्य र तपाईंको जीवनै खतरामा हुनसक्छ। तर मानिलिनुहोस्, जाँचिसकेपछि डाक्टरले तपाईंको समस्या सामान्य त होइन तरैपनि उपचार गर्न सकिन्छ भन्ने खुसीको खबर सुनाउँछन्। भोजन र व्यायामसम्बन्धी हितकर तालिका अपनाएको खण्डमा पूरै निको हुन सक्नुहुन्छ भनी डाक्टर भन्छन्। यो कुरा सुनेपछि तपाईं पक्कै पनि ढुक्क महसुस गर्नुहुन्छ र डाक्टरकै सल्लाहअनुसार गर्नु पनि हुन्छ!
यो अवस्थालाई हामीले अहिले छलफल गरिरहेको विषयवस्तुसित तुलना गर्नुहोस्। के तपाईंको वैवाहिक जीवनलाई चोट पुगेको छ? हुन त हो, हरेकको वैवाहिक जीवनमा आ-आफ्नै प्रकारका समस्या र मतभिन्नताहरू हुन्छन्। त्यसकारण, तपाईंको वैवाहिक जीवनमा केही अप्ठ्यारा परिस्थितिहरू देखिए भन्दैमा तपाईंको वैवाहिक जीवनै प्रेमरहित छ भन्ने निष्कर्षमा पुग्न मिल्दैन। तर हप्तौं, महिनौं वा वर्षौंसम्म यस्तो तनाउ रहिरहेको छ भने नि? त्यसो हो भने, तपाईं चिन्तित हुनुको जायज कारण छ किनभने यो कुनै चानचुने मामिला होइन। निस्सन्देह, तपाईंको वैवाहिक जीवनको गुणस्तरले तपाईंको जीवनको सबै पक्ष अनि तपाईंका छोराछोरीहरूलाई समेत असर गर्नसक्छ। भनिन्छ, निराश हुनु, राम्रोसँग काम गर्न नसक्नु र केटाकेटी स्कूलमा असफल हुनुको प्रमुख कारण वैवाहिक तनाउ हो। त्यति मात्र होइन। आफ्नो पति वा पत्नीसितको सम्बन्धले परमेश्वरसितको सम्बन्धलाई नै असर गर्नसक्छ भनेर मसीहीहरूले बुझेका छन्।—१ पत्रुस ३:७.
तपाईं र तपाईंको पति वा पत्नीबीच समस्याहरू छन् भन्दैमा तपाईंको अवस्था खत्तम छ भन्न मिल्दैन। वैवाहिक जीवनमा चुनौतीहरू आइपर्नेछन् भन्ने व्यावहारिक सोचाइ राखेको खण्डमा दम्पतीहरू आफ्ना समस्यादेखि विचलित नभई त्यसको समाधान गर्नतिर लाग्न सक्छन्। आइजक नाउँ गरेका पति यसो भन्छन्: “विवाहित दम्पतीहरू सधैं एकनासले सुखी भइरहँदैनन् भनेर मलाई थाहै थिएन। म त अलिक दुःखी हुनासाथै हाम्रो सम्बन्धमा केही गडबडी छ जस्तो लाग्थ्यो!”
तपाईंको वैवाहिक जीवन प्रेमरहित अवस्थामा पुगिसकेको छ भने पनि त्यसलाई बचाउन सकिन्छ। हुन त हो, तनाउग्रस्त सम्बन्ध भएको विशेष गरी वर्षौं भइसकेको छ भने भावनात्मक चोटहरू असाध्यै गहिरो हुनसक्छ। तैपनि, आशा गर्न सकिने ठोस कारण छ। सबैभन्दा निर्णायक तत्त्व, उत्प्रेरणा हो। गम्भीर
-
-
तपाईंको वैवाहिक जीवन बचाउन सकिन्छ!ब्यूँझनुहोस्!—२००१ | फेब्रुअरी ८
-
-
तपाईंको वैवाहिक जीवन बचाउन सकिन्छ!
बाइबलमा पतिपत्नी दुवैलाई फाइदा हुने व्यावहारिक सल्लाह प्रशस्त छन्। यो खासै अचम्मलाग्दो कुरा होइन किनभने बाइबल लेख्न उत्प्रेरणा दिनुहुने व्यक्ति नै विवाहको आरम्भक हुनुहुन्छ।
बाइबलले वैवाहिक जीवनको वास्तविक चित्र प्रस्तुत गर्छ। पति र पत्नीले “कष्ट” महसुस गर्नेछन् भनेर बाइबल मानि लिन्छ वा न्यु इंग्लिश बाइबल-ले भनेझैं तिनीहरूलाई “पीडा र दुःख” हुनेछ। (१ कोरिन्थी ७:२८) यद्यपि, वैवाहिक जीवन आनन्दको मात्र होइन, अत्यन्तै हर्ष र उन्मादको स्रोत हुनसक्छ र हुनुपर्ने पनि त्यस्तै हो भनी बाइबल बताउँछ।
-