-
शैतान र त्यसका कार्यहरूमाथि विजयप्रहरीधरहरा—१९९५ | जनवरी १
-
-
दिएझैं शैतानको लक्ष्य जसरी भएपनि हाम्रो मनलाई भ्रष्ट पार्नु हो भनेर हामीलाई थाहा छ। “जसरी सर्पले आफ्नो छलले हव्वालाई छकायो, त्यसरी ख्रीष्टतर्फका तिमीहरूका सीधापना र पवित्रताबाट तिमीहरूका विचारहरू भ्रष्ट होलान् भन्ने मलाई डर लागेको छ।” वर्तमान समयमा परमेश्वरबाट तर्किएका सारा प्राणीहरू अथवा मानव समाजको विनाशले नूहको समयमा भ्रष्ट तथा हिंस्रक ठिमाहा “नपीलहरू[ले]” ल्याएको नराम्रो परिस्थितिको स्मरण गराउँछ। (उत्पत्ति ६:४, १२, १३, पादटिप्पणी; लूका १७:२६) तसर्थ, विशेषगरि परमेश्वरको जनमाथि रीस पोख्न शैतानले धूर्त चालहरू र छली तरिकाहरू प्रयोग गर्नु कुनै आश्चर्यको कुरा होइन।—१ पत्रुस ५:८; प्रकाश १२:१७.
२२. हाम्रो बाटोबाट शैतान हटाइएपछि हामी कस्ता आशिष्हरूको प्रतीक्षा गर्न सक्छौं?
२२ बाइबलको पुस्तक, अय्यूबको अन्तिम अध्यायहरूमा शैतानको नाउँ समेत लिइएको छैन। परमेश्वरप्रति मानिसहरूले निष्ठा कायम गर्न सक्दैनन् भन्ने शैतानको दुष्ट चुनौतीलाई अय्यूबले झूटो साबित गरिसकेका थिए। त्यस्तैगरि, निकट भविष्यमा निष्ठा कायम गर्नेहरूको “ठूलो भीड़[ले]” “महासङ्कष्ट” पार गर्दा शैतान अगाध खाँदमा फालिनेछ। अय्यूबले पाएको आशिष्भन्दा अझ महान आशिष्हरू पार्थिव प्रमोदवनमा उपभोग गर्न विश्वासी अय्यूब लगायत विश्वासी पुरुष तथा स्त्रीहरूले त्यस “ठूलो भीड़”लाई साथ दिनेछन्!—प्रकाश ७:९-१७; २०:१-३, ११-१३; अय्यूब १४:१३.
-
-
निष्ठा कायम गर्ने राष्ट्रप्रहरीधरहरा—१९९५ | जनवरी १
-
-
निष्ठा कायम गर्ने राष्ट्र
“सत्य पालन गर्ने धार्मिक [राष्ट्र] पस्न मूल-ढोकाहरू खोल।”—यशैया २६:२.
१. “धार्मिक [राष्ट्र]” सम्बन्धी यशैयाको भनाइ किन आश्चर्यलाग्दो हुन सक्छ?
आज अनेकौं प्रकारका राष्ट्रहरू छन्। कतै प्रजातान्त्रिक शासन छ त कतै तानाशाही। कुनै राष्ट्रहरू धनी छन् त कुनै गरीब। तर सबैमा एउटै समान कुरा पाइन्छ: ती सबै राष्ट्रहरू त्यस संसारको भाग हो, जसको देव शैतान हो। (२ कोरिन्थी ४:४) यस दृष्टिकोणलाई ध्यानमा राख्दा यशैयाका यी शब्दहरू कसै कसैलाई आश्चर्यपूर्ण लाग्न सक्छ: “सत्य पालन गर्ने धार्मिक [राष्ट्र] पस्न मूल-ढोकाहरू खोल।” (यशैया २६:२) एउटा धार्मिक राष्ट्र? हो, एउटा धार्मिक राष्ट्र छ किनभने उक्त भविष्यवाणीले हाम्रो समयमा त्यसको अस्तित्वलाई अङ्कित गर्छ। यस अनौठो राष्ट्रलाई कसरी चिन्न सकिन्छ?
२. “धार्मिक राष्ट्र” के हो? हामी त्यो कसरी भन्न सक्छौं?
२ न्यु वर्ल्ड ट्रान्सलेशन्ले यशैया २६:२ मा यसलाई “विश्वासी आचरण कायम गर्ने” राष्ट्र भनी अनुवाद गरेको छ। किङ्ग जेम्स् भर्सन (छेउटिप्पणी) ले यो पदलाई यसरी अनुवाद गरेको छ: “सत्य पालन गर्ने धार्मिक [राष्ट्र]।” यी दुवै विवरणहरू उपयुक्त छन्। वास्तवमा, यो धार्मिक राष्ट्र चिन्न सजिलो छ किनभने राजा, ख्रीष्टको अधीनमा पृथ्वीमा भएको यो एक मात्र राज्य हो। यसर्थ, यो शैतानी संसारको भाग होइन। (यूहन्ना १७:१६) त्यसकारण यसका सदस्यहरू ‘अन्यजातिहरूका बीचमा असल चालचलन’ कायम गर्नेहरू भनी चिनिन्छन्। तिनीहरू परमेश्वरको महिमा हुने जीवन-शैली पछ्याउँछन्। (१ पत्रुस २:१२) यसबाहेक, संसारमा जहाँसुकै भए तापनि तिनीहरू “जीवित परमेश्वरको मण्डली, सत्यको खामा र जग[का]” भाग हुन्। (१ तिमोथी ३:१५) सत्यको समर्थन गर्दै तिनीहरू मसीहीजगतले सिकाउने गैरमसीही दर्शनशास्त्रहरू तिरस्कार गर्छन् र परमेश्वरको वचन, बाइबलमा पाइने “छलरहितको आत्मिक दूधको” उद्घोषण गर्छन्। (१ पत्रुस २:२) यसबाहेक, “स्वर्गमनि भएका सारा सृष्टिमा” राज्यको सुसमाचार जोशका साथ प्रचार गर्छन्। (कलस्सी १:२३) यो राष्ट्र अभिषिक्त मसीहीहरूको मण्डली “परमेश्वरका इस्राएल[का]” शेष जनहरूबाट बनिएको छ भन्नुमा के कुनै शङ्का हुन सक्छ र? पटक्कै सक्दैन!—गलाती ६:१६.
राष्ट्रको जन्म हुन्छ
३. परमेश्वरको “धार्मिक राष्ट्र[को]” जन्म कसरी भयो, व्याख्या गर्नुहोस्।
३ “धार्मिक राष्ट्र[को]” जन्म कहिले भयो? यसको सुरुआतबारे यशैयाको पुस्तकमा भविष्यवाणी गरिएको थियो। यशैया ६६:७, ८ मा हामी पढ्छौं: “सुत्केरी हुनभन्दा पहिलेनै त्यसले जन्माई। सुत्केरी व्यथा लाग्नभन्दा पहिलेनै त्यसले एउटा छोरो जन्माई। . . . सियोनले ता सुत्केरी व्यथा लाग्ने बित्तिकै बालकहरू जन्माई।” सबैभन्दा अनौठो कुरा त, परमेश्वरको स्वर्गीय सङ्गठन सियोनले सुत्केरी व्यथा लाग्नुअघि नै “छोरो” जन्माउनु पर्थ्यो। सन् १९१४ मा स्वर्गमा मसीही राज्य खडा भयो। (प्रकाश १२:५) त्यस छोरोको जन्मपश्चात् झन् बढी राष्ट्रहरू प्रथम विश्व-युद्धमा अन्तर्ग्रस्त हुँदै जाँदा अभिषिक्त मसीहीहरूले कठोर दुःख र सतावटहरू भोगे। अन्ततः, सन् १९१९ मा पृथ्वीमा आत्मिक राष्ट्र अर्थात् “छोरो” खडा भयो। यसप्रकार सियोनले “बालकहरू” अर्थात् नयाँ “धार्मिक राष्ट्र[को]” अभिषिक्त सदस्यहरू जन्माई र तिनीहरूलाई निरन्तर विस्तारित साक्षी कार्यको लागि सङ्गठित पारियो।—मत्ती २४:३, ७, ८, १४; १ पत्रुस २:९.
४. निष्ठा कायम गर्न परमेश्वरको धार्मिक राष्ट्रले किन सङ्घर्ष गर्नु परेको छ?
४ गर्भधारण भएदेखिनै यस राष्ट्रले निष्ठाको कठोर जाँचहरू सामना गरेको छ। किन? स्वर्गीय राज्यको जन्म हुँदा शैतान र त्यसका दूतहरूलाई स्वर्गबाट पृथ्वीमा फ्याँकिएको थियो। एउटा ठूलो स्वरले यसप्रकार घोषणा गऱ्यो: “अब हाम्रो परमेश्वरको मुक्ति, शक्ति, राज्य र उहाँको ख्रीष्टको अख्तियार आएको छ, किनकि हाम्रा भक्तहरूलाई दोष लगाउने, जसले हाम्रा परमेश्वरका सामने दिनरात तिनीहरूलाई दोष लगाउँछ, त्यो फ्याँकिदिएको छ। औ थुमाको रगत, र तिनका वचनको साक्षीको कारण, र तिनीहरूले मृत्युसम्मै आफ्नो जीवनको पनि प्रेम नराखेको हुनाले तिनीहरूले त्यसलाई जितेका छन्।” यस्तो परिवर्तित अवस्थाप्रति शैतानले ठूलो क्रोध व्यक्त गऱ्यो अनि “परमेश्वरको आज्ञा पालन गर्ने, र येशूको साक्षी दिने, त्यसका बाँकि सन्तानहरूसँग युद्ध गर्न गयो।” शैतानका आक्रमणहरू भोगेका अभिषिक्त मसीहीहरू दृढ बसे। आजसम्म पनि परमेश्वरको धार्मिक राष्ट्रका जोशिला सदस्यहरू येशूको छुटकाराको रगतमा विश्वास राख्छन् र “मृत्युसम्मै” निष्ठा कायम गरेर महाआलोचक, शैतानलाई मुखभरिको जवाफ दिन्छन्।—प्रकाश १२:१, ५, ९-१२, १७; हितोपदेश २७:११.
५. आधुनिक दिनका साक्षीहरूको कस्तो असल मनोवृत्तिले तिनीहरूलाई निष्ठा कायम गर्न मदत गरेको छ?
५ सन् १९१९ मा परमेश्वरको राज्यको आधुनिककालीन साक्षी कार्य सुरु हुँदा त्यतिबेला बाइबल विद्यार्थीहरू कहलिने, यहोवाका साक्षीहरू थोरै तर विश्वासमा बलिया थिए। तिनीहरू ‘पर्खाल र आडको निम्ति बलियो शहरको’ जगका सदस्यहरू भए। तिनीहरूको भरोसा “परमप्रभु परमेश्वर सनातनको चटान[मा]” थियो। (यशैया २६:१, ३, ४) पुरातन समयका मोशाले जस्तै तिनीहरूले घोषणा गरे: “म परमप्रभुको नाउँको घोषणा गर्नेछु। परमेश्वरको महानताको कदर गर। उहाँनै चटान हुनुहुन्छ। उहाँको काम सिद्ध छ, किनकि उहाँका सबै काम न्यायसँगत छन्। परमेश्वर विश्वासयोग्य र अधर्मविहीन, न्यायी र सत्य हुनुहुन्छ।”—व्यवस्था ३२:३, ४.
६. यी अन्तिम दिनहरूमा यहोवाले आफ्ना जनहरूलाई कसरी आशिष् दिनुभएको छ?
६ त्यतिबेलादेखि परमेश्वरको राज्य प्रबन्धका अवसरहरू उपभोग गर्ने मौका सारा मानवजातिको लागि खुला भयो। सर्वप्रथम १,४४,००० अभिषिक्त मसीही-
-