प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • घोषणाहरू
    राज्य सेवकाई—१९९८ | मे
    • घोषणाहरू

      ▪ प्रस्तुत गरिने साहित्यहरू मे: प्रहरीधरहरा वा ब्यूँझनुहोस्‌!-को ग्राहक बनाउने। अर्धमासिक प्रकाशनको एक वर्षको ग्राहक शुल्क दर रु. ९०.०० मात्र। मासिक प्रकाशन एक वर्षको र अर्धमासिक प्रकाशन छ महिनाको ग्राहक शुल्क दर रु. ४५.०० मात्र। मासिक प्रकाशनको छ महिने ग्राहक बन्‍ने सुविधा छैन। ग्राहक बन्‍न नमानेमा एक प्रति रु. ४.०० मा प्रस्तुत गर्नुपर्छ। कृपया ग्राहक बनाउँदा यो कुरा नबिर्सनुहोस्‌, पंजाबी र उर्दूबाहेक (यी दुई भाषामा मासिक मात्र छ), नेपाली र अन्य सबै भारतीय भाषाहरूमा अर्धमासिक प्रहरीधरहरा उपलब्ध छ। ब्यूँझनुहोस्‌! तामिल र मल्यालममा अर्धमासिक तर कन्‍नडा, गुजराती, तेलगु, नेपाली, मराठी र हिन्दीमा मासिक प्रकाशित हुन्छ। उर्दू, पंजाबी र बंगालीमा मण्डलीले वितरण गर्नको लागि त्रैमासिकमा ब्यूँझनुहोस्‌! उपलब्ध छ तर यी तीन भाषाहरूमा ग्राहक बन्‍ने सुविधा उपलब्ध छैन। जून: आजसम्म बाँचेकाहरू मध्ये सबैभन्दा महान पुरुष पुस्तक चन्दास्वरूप रु. २०.०० मा। (अग्रगामीहरूलाई रु. १५.००) यो पुस्तक छैन भने अर्धमोल वा विशेष दरमा सूचीबद्ध गरिएका कुनै पनि पुराना १९२ पृष्ठे पुस्तकहरू प्रस्तुत गर्न सकिन्छ। जुलाई र अगस्त: चन्दास्वरूप रु. ६.०० मा कुनै पनि ३२ पृष्ठे निम्न पुस्तिका प्रस्तुत गर्न सकिन्छ: के तपाईंले त्रिएकमा विश्‍वास गर्नुपर्ने हो? (अंग्रेजी), के परमेश्‍वर साँच्चै हाम्रो चिन्ता गर्नुहुन्छ?, जीवनको उद्देश्‍य के हो—तपाईं त्यसलाई कसरी प्राप्त गर्न सक्नुहुन्छ?, तपाईंको प्रिय जनको मृत्यु हुँदा, त्यो राज्य जसले प्रमोदवन ल्याउनेछ, परमेश्‍वर हामीबाट के चाहनुहुन्छ?, पृथ्वीमा सधैं जीवनको आनन्द उठाउनुहोस्‌!, सधैंभरि रहिरहने ईश्‍वरीय नाउँ (अंग्रेजी), सबैका लागि उपयोगी किताब, हाम्रा समस्याहरू—तिनीहरूको समाधान गर्न हामीलाई कसले मदत दिनेछ?, “हेर! म सबै थोक नयाँ तुल्याउँदैछु,”। मौका हेरेर के युद्धरहित संसार सम्भव छ? (अंग्रेजी) र मृतकहरूको आत्मा—तिनीहरूले तपाईंलाई मदत गर्नसक्छ वा हानि गर्नसक्छ? के तिनीहरू साँच्चै छन्‌? (अंग्रेजी) पुस्तिकाहरू प्रस्तुत गर्न सकिन्छ।

      सूचना: अहिलेसम्म पनि माथि उल्लिखित साहित्य अभियानमा प्रयोग गरिने साहित्य मण्डलीहरूले मगाएका छैनन्‌ भने अर्को साहित्य फाराम (S-AB-14) भर्दा अनुरोध गरी पठाउनुपर्छ।

      ▪ उपलब्ध नयाँ प्रकाशनहरू:

      बाइबल छलफल कसरी थाल्ने र गरिरहने (तर्क [अंग्रेजी] पुस्तकको पृष्ठ ९-२४ बाट)—उर्दू

      बाइबलका आधारभूत शिक्षाहरू (बप्तिस्मा लिन चाहनेहरूका लागि हाम्रो सेवकाई [अंग्रेजी] पुस्तकबाट निकालेका प्रश्‍नहरू)—उर्दू

      हाम्रा समस्याहरू—तिनीहरूको समाधान गर्न हामीलाई कसले मदत दिनेछ?—ओरिया, कोंकणी (कन्‍नडा लिपिमा)

      ▪ स्टकमा नभएका प्रकाशनहरू:

      महान्‌ शिक्षकको कुरा सुन्‍ने—मराठी, मल्यालम, तामिल

      ▪ मण्डली पुस्तक अध्ययन: सबै मण्डलीहरूमा मे ४, १९९८ देखि हाम्रो राज्य सेवकाई-मा दिइएको तालिकाअनुसार ज्ञान किताब अध्ययन गरिनेछ। अप्रिलको हाम्रो राज्य सेवकाई-मा बताइएका पुस्तिकाहरू अध्ययन गरिनेछैन।

  • ग्रीष्मकालमा के गर्ने योजना छ?
    राज्य सेवकाई—१९९८ | मे
    • ग्रीष्मकालमा के गर्ने योजना छ?

      १ समय तालिका राम्ररी मिलाएमा हाम्रो लक्ष्य सार्थक हुन्छ, होइन र? ग्रीष्मकालमा हामी ईश्‍वरतान्त्रिक गतिविधिलाई अगाडि बढाउन थुप्रै अवसरहरू पाउँछौं। (हितो. २१:५) तीमध्ये एक दुइटा के हुन्‌?

      २ ग्रीष्मकालभरि क्षेत्र सेवामा अझ धेरै भाग लिन किन योजना नबनाउने र? लामो दिन र न्यानो मौसमले गर्दा हामी प्रचारकार्यमा धेरै समय बिताउनसक्छौं। स्कूलको बिदा हुने हुँदा स्कूल जाने जवानहरूले ग्रीष्मकालमा एक वा त्योभन्दा धेरै महिना सहायक अग्रगामी गर्ने मौका पाउँछन्‌। अगस्त महिनामा पाँचवटा सप्ताहन्त पर्ने भएकोले अरूले पनि यस महिना सहायक अग्रगामी गर्न पूर्वयोजना बनाउनसक्छन्‌। यो अगस्त महिनामा हाम्रो सेवा वर्ष सिद्धिन्छ। तसर्थ, प्रत्येकले सेवकाईमा यथासम्भव दिलोज्यानले भाग लिन तालमेल मिलाएर प्रयत्न गर्नेछ।

      ३ आफ्नो क्षेत्र ढाक्न मदत चाहिरहेको आसपासको मण्डलीलाई के तपाईं सहयोग गर्ने योजना बनाउनुहुन्छ? तपाईंको क्षेत्रको खाँचोबारे क्षेत्रीय निरीक्षकले प्राचीनहरूलाई जानकारी दिनसक्छन्‌। अथवा तपाईं योग्य हुनुहुन्छ र आक्कलझुक्कल प्रचार गरिएको वा नखटाइएको क्षेत्र ढाक्न सोसाइटीमा निवेदन पेश गर्न चाहनुहुन्छ भने प्राचीनहरूसित कुरा गर्नुहोस्‌। यदि बिदा मनाउन बाहिर कतै जानुहुँदैछ भने त्यहाँको मण्डलीमा सभाहरू धाउने र क्षेत्र सेवामा भाग लिने योजना बनाउनुहोस्‌। गैरसाक्षी आफन्तहरूसित भेटघाट गर्न जानुहुँदैछ भने चाहिं तिनीहरूलाई सत्यबारे बताउन पहिल्यै तम्तयार हुनुहोस्‌।

      ४ “जीवन बिताउने ईश्‍वरीय तरिका” अधिवेशन यस्तो अवसर हो जसलाई हामी प्रत्येकले आफ्नो योजनामा समावेश नगरी धरै पाउँदैनौं। जागिर वा स्कूलबाट छुट्टी लिन पहिल्यै चाँजो मिलाउनुहोस्‌ ताकि अधिवेशनको तीनै दिन उपस्थित हुन सकियोस्‌। आवास र यात्राको लागि जतिसक्दो छिट्टै बुक गर्नु उचित हुन्छ।

      ५ ग्रीष्मकालमा के गर्ने योजना छ? पक्कै पनि, शारीरिक स्फूर्ति लिन चाहनुहुन्छ होला। तर, त्योभन्दा अझ महत्त्वपूर्ण अवसरहरूलाई पनि नभुल्नुहोस्‌ जुन अवसरहरूमा तपाईं परमेश्‍वरको राज्यलाई आफ्नो जीवनमा प्रथम स्थान दिइरहनुभएर आध्यात्मिक बल पाउनुहुन्छ।—मत्ती ६:३३; एफि. ५:१५, १६.

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने