प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • सांसारिक कल्पनाहरूलाई तिरस्कार गर्नुहोस्‌, राज्यका यथार्थताहरू पछि लाग्नुहोस्‌
    प्रहरीधरहरा—१९९२ | अक्टोबर १
    • १५. मसीही सेवकाईबारे हाम्रो कर्त्तव्य के हो?

      १५ राज्यका यथार्थताहरूका पछि लाग्नुको अर्थ हामीले आफ्नो सेवकाईको गुणस्तरमा उन्‍नति ल्याउनु पनि हो। यो हामी कसरी गर्न सक्छौं? (मत्ती ९:३७, ३८) आफ्नो उमेर जति नै पाको भए तापनि हामी सिक्न चाहिं सक्‍तछौं। साक्षी दिने काममा हामीले धेरै समयदेखिन्‌ भाग लिइरहेका छौं भने पनि, उन्‍नति गर्ने खाँचो रही नै रहन्छ। परमेश्‍वरको वचन प्रयोग गर्नमा हामी जति सिपालु हुन्छौं, उति नै बढी हामी अरूहरूलाई राजा येशू ख्रीष्टको आह्वान सुन्‍न मद्दत दिन सक्छौं। (यूहन्‍ना १०:१६ सित तुलना गर्नुहोस्‌) मानिसहरूको अनन्तकालीन भविष्यहरू यसमा विथोलित छन्‌। यसकारण, हामीले आफ्नो प्रचार-इलाकामा बस्ने कोही पनि नछुट्‌ने गरी प्रचार गर्नु पर्दछ। त्यहाँका मानिसहरू “भेडा” अथवा “बाख्राको” पक्षमा छन्‌ भनेर स्वयं प्रदर्शित गर्ने मौका हामीले तिनीहरूलाई बारम्बार दिनु पर्दछ। (मत्ती २५:३१-४६) यसो गर्नका लागि हामीले मानिस फेला नपरेका घरहरू र विशेषगरी राज्यको समाचारमा चासो देखाउनेहरूको नाम र ठेगाना लेखेर राख्नु पर्दछ।

      राज्यको पिछा गरी नै रहनुहोस्‌

      १६. राज्यका यथार्थताहरूका पछि लाग्नमा कसले एउटा राम्रो उदाहरण कायम गरेका छन्‌ र तिनीहरूले राज्यलाई कुन अर्थमा “हासिल” गरिरहेका छन्‌?

      १६ राज्यका यथार्थताहरूको पिछा गरी नै रहनका लागि साँचो हृदयका साथ कोशिश गर्नु आवश्‍यक छ। बाँकी रहेका अभिषिक्‍त मसीहीहरूको जोशिलो उदाहारणबाट के हामी प्रोत्साहन पाउँदैनौं र? तिनीहरूले राज्यका यथार्थताहरूको पिछा गरेका धेरै दशक भइसक्यो। यस प्रकार पछि लाग्ने कार्यको वर्णन येशूका यी शब्दहरूमा गरिएको थियो: “औ बप्तिस्मा दिने यूहन्‍नाका दिनदेखि यसो अहिलेसम्म स्वर्गको राज्य नै मानिसहरूको लक्ष्य भएको छ र त्यही लक्ष्य हासिल गर्न मानिसहरू जोरतोडका साथ अघि लम्किरहेका छन्‌।” (न्यु०व०, मत्ती ११:१२) यसको अर्थ राज्यलाई शत्रुहरूले हासिल गर्न खोजको होइन। बरु, राज्यमा प्रवेश पाउने आशा भएकाहरूको गतिविधिको चर्चा यहाँ भइ रहेको छ। बाइबलका एकजना विद्वानले भने: “आउने वाला मसीही राज्यका निम्ति गरिएको त्यो उत्सुकतापूर्ण कोशिश र सङ्‌घर्षको वर्णन यी शब्दहरूले गर्दछन्‌।” अभिषिक्‍त जनहरूले राज्यलाई अपन्याउनका लागि हर प्रयास गरेका छन्‌। त्यस्तै प्रकारको प्रयास “अरू भेडाहरूले” पनि गर्नु आवश्‍यक छ। अनि मात्र तिनीहरू परमेश्‍वरको स्वर्गीय राज्यका पार्थिव प्रजाहरू हुने योग्यका हुनेछन्‌।—यूहन्‍ना १०:१६.

      १७. सांसारिक कल्पनाहरूको पछि लाग्नेहरूको अवस्था के हुनेछ?

      १७ साँच्चै नै, हामी मौका पाउने एउटा विशेष समयमा बाँची रहेका छौं। सांसारिक कल्पनाहरूको पछि लाग्नेहरूले कुनै दिन झसङ्‌ग भएर कठोर वास्तविकताहरूको सामना गर्नु पर्ने छ। तिनीहरूको अवस्थाको वर्णन यी शब्दहरूमा खूबै राम्रोसित गरिएको छ: “जसरी भोकाएको मानिसले सपनामा खाएको देख्छ, तर व्यूझँदा पेट रित्तै हुन्छ, अथवा जसरी तिर्खाएको मानिसले सपनामा पिएको देख्छ, तर ब्यूझँदा घाँटी सुकिरहेको र तिर्खाले मर्नैलागेको हुन्छ।” (यशैया २९:८) निःसन्देह, संसारका कल्पनाहरूले कसैलाई पनि तृप्त र आनन्दित तुल्याउन सक्‍तैन।

      १८. राज्यको यथार्थतालाई ध्यानमा राख्तै, हामीले आफ्नो सामुन्‍ने के आशा राखेर, कुन मार्ग अपन्याउनु पर्दछ?

      १८ यहोवाको राज्य एउटा वास्तविकता हो। त्यो राज्यले सक्रिय ढङ्‌गमा शासन गरिरहेको छ। तर यो दुष्ट रीतिरिवाज चाँडै नै सधैंका लागि नष्ट हुनेछ। अतः, पावलले दिएका यस सल्लाहको हामी हृदयङ्‌गम गरौं: “अरूहरू झैं हामी नसुतौं, तर जागा रहौं र होशियार होऔं।” (१ थिस्सलोनिकी ५:६) हामी आफ्ना मन र हृदय, राज्यका यथार्थताहरूमा केन्द्रित राखौं र अनन्तकालीन आशिषहरू उपभोग गरौं। र हामीलाई त्यस राज्यका राजाले यसो भन्‍नु भएको हामी सुन्‍न पाउन सकौं: “आओ, ए मेरा पिताका धन्यका हो, जो राज्य जगतको उत्पत्तिदेखि तिमीहरूका निम्ति तयार गरिएको छ, त्यो अधिकार गर।”—मत्ती २५:३४. (w92 7/15)

  • पूर्वीय युरोपबाट सुसमाचार
    प्रहरीधरहरा—१९९२ | अक्टोबर १
    • राज्य प्रचारकहरूका रिर्पोट

      पूर्वीय युरोपबाट सुसमाचार

      पूर्वीय युरोपका ईश्‍वरतन्त्रीय क्षेत्रमा धेरै रोमाञ्कारी कुराहरू भइरहेका छन्‌। तीमध्ये एउटा विशेष घटना जाग्रेबमा भएको अन्तर्राष्ट्रिय सम्मेलन थियो। त्यो सम्मेलन १९९१ को, अगस्त १६-१८ सम्म कायम रह्‌यो। त्यहाँ ७,३०० जना साक्षीहरूले १५ राष्ट्रहरूबाट आएका भाइहरूलाई हार्दिक स्वागत गरे। जम्मा जम्मी, १४, ६८४ जना त्यहाँ उपस्थित थिए। अशान्तिले उथलपुथल पारेको त्यो देशमा यो सम्मेलन प्रेम र एकताको एउटा महान प्रदर्शन थियो!

      पूर्वीय युरोपका साक्षीहरू अरूहरूलाई यहोवाको राज्यको सुसमाचार सुनाउन व्यस्त छन्‌। यो राज्य नै साँचो शान्तिको एक मात्र आशा हो भनेर तिनीहरू विश्‍वास गर्दछन्‌। देशका कुनै कुनै भागमा आफ्नो तटस्थता कायम राख्न तिनीहरूका लागि एउटा चुनौती हो। तथापि, मानिसहरू अक्सर सुन्‍ने गर्छन्‌ र त्यहाँका साक्षीहरूले थुप्रै असल अनुभवहरूको रिर्पोट पठाउँछन्‌।

      एउटा सानो शहरमा त्यहाँको एक मात्र साक्षीबाट एउटी १६ वर्षीय केटीले सुसमाचार सुनिन्‌। नियमित रूपमा बाइबल अध्ययन सुरु गरियो। ती केटीले सच्चाइको मूल्याङ्‌कन गर्न लागिन्‌। तिनले सिकेका असल असल कुराहरू अरूहरूलाई पनि भन्‍ने ठूलो इच्छा तिनलाई भयो। तिनले आफ्ना सहपाठीहरू सित कुरा गर्ने कोशिश गरिन्‌ तर तिनीहरूले तिनको विरोध र खिसी गरे। एक जना सहपाठीले त तिनको धेरै नै विरोध गरे। तापनि यी केटीको धैर्य देखेर त्यो सहपाठी छक्क परिन्‌। किनभने, त्यतिका अपमानको सामना गर्नु पर्दा पनि बाइबलको यी जवान विद्यार्थी क्रोधित्‌ भइनन्‌। केही समयपछि, ती सहपाठीलाई अझ विस्तृत रूपमा साक्षी दिइयो। आफ्नो गलत प्रवृत्ति तिनले स्वीकार गरिन्‌। तिनीसित पनि बाइबल अध्ययन सुरु गरियो। यस पछि, बाइबलका पहिलो विद्यार्थी र तिनकी नयाँ साथी मिलेर अरूहरूलाई आफ्नो खुसी बाँड्‌न थाले। तिनीहरूका आमा-बाबु, शिक्षकहरू र सहपाठीहरूले विरोध गरे तापनि केही सीप लागेन।

      ती दुई जना मिलेर साक्षी दिएको परिणामस्वरूप, तिनीहरूकी एउटी अर्की सहपाठीले पनि सच्चाइ स्वीकार गरिन्‌। अब त्यहाँ कक्षाभित्र तिनीहरू तीन जना भए। तीनै जना अरूहरूलाई मद्दत गर्ने कुरामा र आपसमा प्रेम देखाउने सम्बन्धमा असल उदाहरण थिए। समयमा, एउटी अर्की केटी पनि तिनीहरू सित लागिन्‌।

      अब तिनीहरू चार जना स्कूलको आँगनको बेञ्चमा बसेर बाइबलका विषयहरू छलफल गर्द थिए। तर तिनीहरूको सङ्‌खया बढेको देखेर धेरै जना छक्क परे। तिनीहरूको असल आचरण देखेर एउटा अर्को कक्षाकी केटी पनि तिनीहरूको बाइबल अध्ययनमा सामेल भइन्‌। यी पाँच जना मिलेर अरू विद्यार्थीहरू र शिक्षकहरूलाई निरन्तर निम्त्याउने गरे। तर अर्कोतिर, ती केटीहरूले तिनीहरूका आमा-बाबुहरूबाट ठूलो विरोधको सामना गर्नु परे। तिनीहरूका आमा-बाबुहरूले ती केटीहरूलाई बाइबल अध्ययन बन्द गर्न लाउन धेरै नै कोशिश गरे। तिनीहरूले ती केटीहरूको बाइबल सम्बन्धी जम्मै साहित्य नष्ट गरी दिए र तिनीहरूसित दुर्व्यवहार गरे।

      चासो देखाउने एक जना मात्र व्यक्‍तिसित सुरु भएको यो साक्षी दिने कामको परिणाम के भयो? एक जना केटीले १९९० को जिल्ला सम्मेलनमा बप्तिस्मा लिइन्‌। अरू चार जनाले चाहिं १९९१ को बसन्त ऋतुमा भएको सर्कट सम्मेलनमा बप्तिस्मा लिए। यो एउटा ठूलो हर्षको कारण थियो! आज, पाँचै जना केटीहरू नियमित अग्रगामी भएका छन्‌। जुन शहरमा यो घटना घट्यो, त्यहाँ हाल ११ जना प्रकाशकहरू छन्‌। तीमध्ये ८ जना अग्रगामी सेवकाईमा छन्‌।

      यहोवाले उहाँका पूर्वीय युरोपका साक्षीहरूलाई आशिषका साथ साथै बल पनि दिनु हुँदैछ। संसारको यस क्षेत्रका इमान्दार व्यक्‍तिहरू बीच वृद्धिको ठूलो सम्भावना छ। (w92 7/1)

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने