प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km02 जुलाई पृ. १
  • बर्खामासमा ‘वचन प्रचार गर्नुहोस्‌’

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • बर्खामासमा ‘वचन प्रचार गर्नुहोस्‌’
  • हाम्रो राज्य सेवकाई—२००२
हाम्रो राज्य सेवकाई—२००२
km02 जुलाई पृ. १

बर्खामासमा ‘वचन प्रचार गर्नुहोस्‌’

१ प्रेरित पावलले यस्तो आग्रह गरे, “वचन प्रचार गर, समय र बेसमयमा तयार रह।” (२ तिमो. ४:२) बर्खामास हामीमध्ये धेरैजसोको लागि “बेसमय” हुन सक्छ किनभने बर्खा महिनामा मौसम ओसिलो हुन्छ, सडकहरू जलमग्न हुन्छन्‌ र त्यस मौसममा बिसन्चो भइरहने हुँदा सामान्य दिनचर्या नै गोलमाल हुन्छ। यस्तो परिस्थितिमा नियमित रूपमा “वचन प्रचार गर्नु” हाम्रोलागि चुनौती हुन सक्छ। तैपनि, राम्रो योजना र लगनशील प्रयासद्वारा हामी हाम्रो जोसलाई बर्खाको समयमा समेत कायमै राख्न सक्छौं।

२ सही निर्णय तथा पूर्व सोचले समस्या कम गर्छ। परिवारका प्रत्येक सदस्यको लागि राम्रो छाता, उपयुक्‍त बर्साती, हाम्रो बाइबल, साहित्य तथा पत्रिकाहरू सुरक्षित राख्न चिटिक्कको झोला किन्‍नु बुद्धिमानी लगानी हो। दुई चक्के सवारीसाधन चलाउनुहुन्छ भने, भिजेको वा हिलाम्मे सडकहरूमा होसियारीसाथ सवारी हाँक्नुहोस्‌। रुघा लाग्न तथा जल संक्रमण हुनदेखि जोगिन थप सावधानी अपनाउनुहोस्‌।

३ सम्भव भए त्यस्तो इलाका छान्‍नुहोस्‌ जुन इलाकाका मानिसहरूले तपाईंलाई घरभित्र बोलाउनेछन्‌। राम्रो रेकर्ड राख्नुहोस्‌ ताकि मौसम खराब भएको बेला पनि त्यस्ता ग्रहणशील व्यक्‍तिहरूलाई पुनःभेट गर्न सकियोस्‌। जलमग्न भएर बाहिर जानै गाह्रो भएको दिन नि? के तपाईंले यस्तो बेला टेलिफोन साक्षी दिइहेर्ने विचार गर्नुभएको छ? फेब्रुअरी २००१, हाम्रो राज्य सेवकाई-को परिशिष्टमा तपाईंले केही व्यावहारिक सुझाउहरू पाउनुहुनेछ। तपाईंसित टेलिफोन छैन भने, के तपाईं चिठीमार्फत साक्षी दिन सकिने मानिसहरूको सूची बनाउन सक्नुहुन्छ?

४ मुसलधारे पानी परिरहेको बेला हामीलाई आफ्नो नियमित बाइबल अध्ययन तथा इच्छुक व्यक्‍तिहरूकहाँ जान त्यति जाँगर नचल्न सक्छ। तर हाम्रो थप मेहनतले पार्न सक्ने सकारात्मक असरलाई विचार गर्नुहोस्‌। एउटी महिलाले यस्तो टिप्पणी गरिन्‌: “यी साक्षीहरूको जोस र इमानदारिता देखेर म र मेरो श्रीमान्‌ साह्रै प्रभावित भयौं। उनीहरूले आफ्नो कामको लागि हल्का सवारीसाधन प्रयोग गर्थे र मुसलधारे पानीले समेत उनीहरूलाई रोक्दैनथ्यो।” यी महिला पछि बप्तिस्मा प्राप्त बहिनी भइन्‌। पानीमा भिज्न इच्छुक हुँदाको कस्तो राम्रो इनाम!

५ प्राचीनहरू र विशेष गरी सेवा निरीक्षकले पानी पर्दासमेत क्षेत्र सेवकाईको कार्यलाई निरन्तरता दिन व्यावहारिक तालिका बनाउन सक्छन्‌। के मण्डलीको इलाकामा अग्ला भवन वा थुप्रै आवास गृहहरू छन्‌, जहाँ प्रचारकहरू ओत लाग्न सक्छन्‌? पानी परेको बेला यस्ता इलाकाहरूमा प्रचार गर्न खटाउनुभए कसो होला? हुरी-बतास चल्ने समयमा प्रचार गर्न क्याम्पस वा विश्‍वविद्यालयका होस्टेलहरू उपयुक्‍त हुन्छन्‌। पानी पऱ्‍यो भन्दैमा सडक साक्षी बन्द हुनुहुँदैन। राम्रो योजना बनाएको खण्डमा यो कार्य पसलहरू भएको इलाकामा, बस बिसौनी, रेल स्टेसन वा पानीले नभिज्ने सार्वजनिक स्थलहरूमा बुद्धिमानीसाथ गर्न सकिन्छ।

६ हाम्रो गाउँघरको सुक्खा भूमिलाई पानीले स्फूर्ति प्रदान गरेझैं आउनुहोस्‌, अरूलाई जीवनदायी सत्यको पानी लिन मदत गर्दा प्राप्त हुने आनन्द अनुभव गरौं।—प्रका. २२:१७.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने