प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km02 जुलाई पृ. २
  • सेवा सभाको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सेवा सभाको तालिका
  • हाम्रो राज्य सेवकाई—२००२
  • उपशीर्षकहरू
  • जुलाई ८ मा सुरु हुने हप्ता
  • जुलाई १५ मा सुरु हुने हप्ता
  • जुलाई २२ मा सुरु हुने हप्ता
  • जुलाई २९ मा सुरु हुने हप्ता
  • अगस्त ५ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवकाई—२००२
km02 जुलाई पृ. २

सेवा सभाको तालिका

जुलाई ८ मा सुरु हुने हप्ता

गीत २०१

१५ मि: स्थानीय घोषणाहरू। हाम्रो राज्य सेवकाई-बाट छानिएका घोषणाहरू। पृष्ठ ४ का सुझाउहरू चलाएर जुलाई ८ को ब्यूँझनुहोस्‌! (पत्रिका प्रस्तुति स्तम्भको पहिलोचाहिं।) र जुलाई १५ प्रहरीधरहरा कसरी प्रस्तुत गर्न सकिन्छ भनी छुट्टाछुट्टै प्रदर्शन देखाउनुहोस्‌। प्रत्येक प्रदर्शनमा “हामी पनि मसीहीहरू हौं” भन्‍ने वार्तालाप बाधकलाई जवाफ दिने फरक-फरक तरिका देखाउनुहोस्‌।—कसरी बाइबलबारे छलफल शुरु गर्ने तथा कायम राख्ने पुस्तिकाको पृष्ठ ११ हेर्नुहोस्‌।

१५ मि: “बर्खामासमा ‘वचन प्रचार गर्नुहोस्‌।’”a यसलाई सेवा निरीक्षकले सञ्चालन गर्नुपर्छ। बर्खामा साक्षी दिनको लागि कस्ता इलाकाहरूको प्रबन्ध मिलाइएका छन्‌, बताउनुहोस्‌। बर्खामासको दौडान सेवकाईमा सक्दो भाग लिन सबैलाई व्यावहारिक तालिका बनाउन प्रोत्साहन दिनुहोस्‌।

१५ मि: अनौपचारिक तवरमा साक्षी दिन संगठित हुने। आवर मिनिस्ट्री पुस्तकको पृष्ठ ९३-४ श्रोताहरूसित छलफल। जनवरी २००२ हाम्रो राज्य सेवकाई परिशिष्टको पहिलो पृष्ठमा दिइएका सुझाउहरू चलाएर आगन्तुक, छिमेकी, नातेदार वा अरू कोही चिनेजानेका मानिसलाई अनौपचारिक तवरमा साक्षी दिने दुई वा तीनवटा तरिका छोटकरीमा प्रदर्शन गरेर देखाउनुहोस्‌।

गीत १३९ र समापन प्रार्थना।

जुलाई १५ मा सुरु हुने हप्ता

गीत १४४

१० मि: स्थानीय घोषणाहरू। लेखा रिपोर्ट।

१५ मि: स्थानीय आवश्‍यकताहरू।

२० मि: हाम्रो सेवकाईमा बाइबल चलाउनुपर्ने ठोस कारणहरू। भाषण तथा श्रोताहरूसित छलफल। येशूलाई धर्मशास्त्र राम्ररी थाह थियो र शिक्षा दिने क्रममा उहाँले यसलाई सधैं प्रयोग गर्नुभयो। (लूका २४:२७, ४४-४७) उहाँले आफ्नै मनको कुरा सिकाइरहनुभएको थिएन। (यूह. ७:१६-१८) हामीले पनि परमेश्‍वरको वचन चलाउनु आवश्‍यक छ। मुखले मात्र भन्‍नुभन्दा बाइबल नै खोलेर देखाउँदा बढी प्रभावकारी हुन्छ। (यूह. १२:४९, ५०; हिब्रू ४:१२) धर्मशास्त्रले प्रदान गर्ने सान्त्वना र आशातर्फ निष्कपट मानिसहरू आकर्षित हुन्छन्‌। आफ्नो प्रस्तुतिमा एउटा मात्र भए पनि बाइबल पद पढ्‌ने लक्ष्य राख्नुहोस्‌। यस महिनाको सुझावित पत्रिका प्रस्तुतिमा शास्त्रपदहरू समाविष्ट गरिएका छन्‌ भनी बताउनुहोस्‌। सेवकाईमा कसरी बाइबल चलाइरहेका छन्‌ र यसरी चलाउँदा यसले आफूलाई र आफूले प्रचार गरेका मानिसहरूलाई कस्तो असर पाऱ्‍यो, त्यसबारे टिप्पणी गर्न श्रोतागणलाई आमन्त्रित गर्नुहोस्‌।

गीत २१५ र समापन प्रार्थना।

जुलाई २२ मा सुरु हुने हप्ता

गीत ४७

१० मि: स्थानीय घोषणाहरू। जुलाई ८ (पत्रिका प्रस्तुति स्तम्भको तेस्रोचाहिं।) र अगस्त १ का पत्रिकाहरू प्रस्तुत गर्न पृष्ठ ४ को सुझाउ कसरी चलाउने भनी सेवकाईमा सँगै काम गरिरहेका आमा-छोराले प्रदर्शन गरेर देखाउँछन्‌। आमाले ब्यूँझनुहोस्‌! र छोराले प्रहरीधरहरा प्रस्तुत गर्छन्‌। सेवकाईमा आफ्ना छोराछोरीलाई क्रमिक रूपमा प्रशिक्षण दिन आमाबाबुलाई प्रोत्साहन दिनुहोस्‌।

१७ मि: इस्लाम धर्मबारे प्रश्‍न गर्नेलाई तपाईं कस्तो जवाफ दिनुहुनेछ? भाषण तथा प्रदर्शन। म्यानकाइन्डस्‌ सर्च फर गड भन्‍ने पुस्तकको पाठ १२, (पृष्ठ २८५ को पेटी हेर्नुहोस्‌।) वा द गाइडेन्स अफ गड—आवर वे टु पाराडाइज पृष्ठ ३०, अनुच्छेद ७ चलाएर कुरानले पवित्र धर्मशास्त्रबारे के भन्छ, त्यसबारे छोटकरीमा बताउनुहोस्‌। त्यसबाहेक, प्रमोदवनको बाटो कसरी पत्ता लगाउने भन्‍ने पर्चा चलाएर बाइबलले प्रमोदवनबारे के भन्छ भनी जान्‍न खोज्ने नयाँ इच्छुक व्यक्‍तिलाई के भन्‍ने, प्रदर्शनद्वारा देखाउनुहोस्‌।

१८ मि: म कसरी इन्टरनेटका खतराहरूबाट जोगिन सक्छु? जनवरी २२, २००० को ब्यूँझनुहोस्‌!, पृष्ठ १९-२१ मा आधारित भाषण तथा श्रोताहरूसित छलफल। इन्टरनेटको दुरुपयोगबाट उत्पन्‍न हुने खतराहरूबारे टिप्पणी गर्दै यस्तो खतरबाट जोगिन के गर्न सकिन्छ भनी बताउनुहोस्‌। यो सल्लाह लागू गर्दा कसरी लाभ उठाएका छन्‌ भनी श्रोताहरूलाई टिप्पणी गर्न लगाउनुहोस्‌।

गीत ६१ र समापन प्रार्थना।

जुलाई २९ मा सुरु हुने हप्ता

गीत ५४

१० मि: स्थानीय घोषणाहरू। प्रकाशकहरूलाई जुलाई महिनाको क्षेत्र सेवा रिपोर्ट दिन सम्झाउनुहोस्‌।

१० मि: प्रश्‍न पेटी। प्राचीनद्वारा भाषण र विषयवस्तुको स्थानीय उपयोगिताबारे बताउनुहोस्‌।

२५ मि: “एकतामा बाँधिनुहोस्‌।”b अनुच्छेद ३ छलफल गर्दा अप्रिल २२, २००० को ब्यूँझनुहोस्‌!, पृष्ठ ९-१० मा दिइएका टिप्पणीहरू समावेश गर्नुहोस्‌। अनुच्छेद ४ छलफल गर्दा अप्रिल १, १९९५ को प्रहरीधरहरा, पृष्ठ १६-१७, अनुच्छेद ४-६ मा दिइएका टिप्पणीहरू समावेश गर्नुहोस्‌।

गीत ८१ र समापन प्रार्थना।

अगस्त ५ मा सुरु हुने हप्ता

गीत ३८

१० मि: स्थानीय घोषणाहरू।

२० मि: “विभिन्‍न भाषाका बोल्नेहरूलाई एकत्रित गर्ने।”c अप्रिल १, २००२ को प्रहरीधरहरा, पृष्ठ २४ मा दिइएका टिप्पणीहरू समावेश गर्नुहोस्‌। उपयुक्‍त भएमा स्थानीय इलाकामा बसोबास गर्ने अन्य भाषा बोल्ने मानिसहरूलाई मदत गर्न के गरिएको छ भनी छोटकरीमा बताउनुहोस्‌ र अर्कै भाषामा सरल प्रस्तुति प्रस्तुत गर्नुहोस्‌।

१५ मि: स्थानीय अनुभवहरू। सम्मेलनहरूमा उपस्थित हुँदा, सहायक अग्रगामी गर्दा वा गर्मी महिनाको दौडान अन्य आध्यात्मिक गतिविधिहरूमा भाग लिंदाका उत्थानदायी अनुभवहरू बताउन श्रोताहरूलाई आमन्त्रित गर्नुहोस्‌।

गीत १८४ र समापन प्रार्थना।

[फुटनोटहरू]

a एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्‍न उत्तरद्वारा छलफल गर्नुहोस्‌।

b एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्‍न उत्तरद्वारा छलफल गर्नुहोस्‌।

c एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्‍नोत्तरद्वारा छलफल गर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने