घोषणाहरू
◼ यी महिनामा प्रस्तुत गरिने साहित्यहरू:- जुलाई र अगस्त: कुनै पनि ३२ पृष्ठे पुस्तिका प्रस्तुत गर्न सकिन्छ: के परमेश्वर साँच्चै नै हाम्रो चिन्ता गर्नुहुन्छ?, जीवनको उद्देश्य के हो? तपाईं त्यसलाई कसरी प्राप्त गर्न सक्नुहुन्छ?, तपाईंको प्रियजनको मृत्यु हुँदा, त्यो राज्य जसले प्रमोदवन ल्याउने छ, द डिभाइन नेम द्याट विल इन्ड्योर फरेभर, पृथ्वीमा सधैं जीवनको आनन्द उठाउनुहोस्!, शुड यु विलिभ इन द ट्रिनिटी? “हेर! म सब थोक नयाँ तुल्याउँदैछु,” र ह्वाट हेपन्स टु अस ह्वेन वी डाई? उपयुक्त देखिएको खण्डमा निम्न पुस्तिकाहरू प्रस्तुत गर्न सकिन्छ: विल देयर बि अ वर्ल्ड विथआउट वार? सबैका लागि उपयोगी किताब, स्प्रिटस् अफ द डेथ—क्यान दे हेल्प यु अर हार्म यु? डु दे रियली एकजिस्ट? र हाम्रा समस्याहरू—तिनीहरूको समाधान गर्न हामीलाई कसले मदत दिनेछ? सेप्टेम्बर: लाइफ—हाउ डिड इट गेट हियर? बाई इभोलुशन अर बाई क्रिएशन? यसबाहेक तपाईं आजसम्म बाँचेकाहरू मध्ये सबैभन्दा महान पुरुष वा युवा जनहरूका प्रश्न तथा त्यसका उपयोगी जवाफ भन्ने पुस्तक चलाउन सक्नुहुन्छ। अक्टोबर: प्रहरीधरहरा र ब्यूँझनुहोस्! पत्रिकाहरू। चासो देखाएको खण्डमा बाइबल अध्ययन सुरु गर्ने विशेष प्रयत्न गर्दै चाहनुहुन्छ पुस्तिका प्रस्तुत गर्नुहोस्।
◼ सेप्टेम्बर १६, २००२ हप्ताको सुरुदेखि हामी आइजायाज् प्रोफेसी—लाइट फर अल म्यानकाइन्ड खण्ड २ मण्डली पुस्तक अध्ययनमा प्रयोग गर्नेछौं। यो प्रकाशन आसामी, बंगाली, गुजराती, मराठी र नेपाली भाषामा उपलब्ध नभएको कारण यी भाषा बोल्ने प्रकाशकहरूले यसै पुस्तकको अंग्रेजी र हिन्दी संस्करण प्रयोग गर्न सक्छन्।
◼ सेप्टेम्बर महिनादेखि क्षेत्रीय निरीक्षकहरूले “आफ्नो मसीही चिनारी जोगाउनुहोस्!” भन्ने विषयमा जन भाषण दिनेछन्।
◼ कुनै-कुनै मण्डलीहरूले आवश्यकताभन्दा बढी वार्षिक सामग्रीहरू र मिनिस्ट्री स्कूल पुस्तक मगाएका छन्। स्मरणार्थ निमन्त्रणा-बाहेक स्पेशल रिक्वेस्ट फर्म-मा दिइएका अन्य सामग्रीहरू जस्तै, धर्मशास्त्र जाँच्ने, क्यालेण्डर, जिल्ला अधिवेशन बिल्ला कार्ड र मिनिस्ट्री स्कूल पुस्तकहरू मण्डलीमा संगत गरिरहेकाहरूका लागि मात्र हुन्, क्षेत्रमा प्रस्तुत गर्न सर्वसाधारणका लागि होइनन्। तसर्थ, मण्डलीबाट प्राप्त अर्डरलाई हामीले प्रकाशकहरूको संख्याको अनुपातअनुसार मिलाएका छौं। प्याकिङ लिस्टमा पेन्डिङमा रहेका वार्षिक सामग्रीहरू जाँच्न सचिवहरूलाई अनुरोध गरिन्छ। थप सामग्रीहरू अझै चाहिएको खण्डमा कारण उल्लेख गर्दै कृपया तुरुन्तै फेरि अर्डर गरिहाल्नुहोस्।