प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • bm पृ. ३१
  • बाइबलको सन्देश

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • बाइबलको सन्देश
  • बाइबल—यसले दिने सन्देश के हो?
बाइबल—यसले दिने सन्देश के हो?
bm पृ. ३१
पृथ्वीमा स्थापित सुन्दर बगैंचामा मानिसहरू खुसीयाली मनाउँदै छन्‌

बाइबलको सन्देश

  1. १ यहोवा आदम र हव्वालाई प्रमोदवनमा अनन्त जीवनको आशासहित सृष्टि गर्नुहुन्छ। शैतान यहोवाको नाउँको निन्दा गर्छ र शासन गर्ने उहाँको अधिकारमाथि प्रश्‍न उठाउँछ। आदम र हव्वाले विद्रोहमा शैतानलाई साथ दिन्छन्‌ अनि आफू र आफ्ना सन्तानमाथि पाप र मृत्यु ल्याउँछन्‌

  2. २ यहोवा विरोधीहरूलाई सजाय दिनुहुन्छ अनि विद्रोह र पापले निम्त्याएको सबै कुरा उल्टाउने र शैतानलाई नामेट गर्ने एक मुक्‍तिदाता वा सन्तान आउनेछन्‌ भनी प्रतिज्ञा गर्नुहुन्छ

  3. ३ यहोवा अब्राहाम र दाऊदलाई तिनीहरू सदासर्वदा शासन गर्ने ती सन्तान अथवा मसीहको पुर्खा हुनेछन्‌ भनी प्रतिज्ञा गर्नुहुन्छ

  4. ४ मसीहले पाप र मृत्युलाई हटाउनेछन्‌ भनी बताउन यहोवा भविष्यवक्‍ताहरूलाई उत्प्रेरित गर्नुहुन्छ। सहशासकहरूसित मिलेर तिनले परमेश्‍वरको राज्यको राजाको रूपमा शासन गर्नेछन्‌। यो राज्यले युद्ध, बिमारी र मृत्युसमेत हटाउनेछ

  5. ५ यहोवा आफ्ना पुत्रलाई यस पृथ्वीमा पठाउनुहुन्छ र येशूलाई मसीहको रूपमा चिनाउनुहुन्छ। येशू परमेश्‍वरको राज्यबारे प्रचार गर्नुहुन्छ र बलिदानको रूपमा आफ्नो जीवन अर्पण गर्नुहुन्छ। त्यसपछि यहोवा उहाँलाई आत्मामा पुनरुत्थान गर्नुहुन्छ

  6. ६ यहोवा आफ्ना पुत्रलाई स्वर्गमा राजा बनाउनुहुन्छ। यसले यस युगको आखिरी समय सुरु भएको संकेत गर्छ। पृथ्वीभरि परमेश्‍वरको राज्यको प्रचार गर्दा येशू आफ्ना अनुयायीहरूलाई डोऱ्‍याइ दिनुहुन्छ

  7. ७ यहोवा आफ्ना पुत्रलाई पृथ्वीमाथि शासन गर्ने निर्देशन दिनुहुन्छ। त्यस राज्यले सबै दुष्ट सरकारलाई चक्नाचूर पार्छ, प्रमोदवन स्थापना गर्छ र विश्‍वासी मानिसहरूलाई सिद्धतामा पुऱ्‍याउँछ। शासन गर्ने अधिकार यहोवाको हो भनेर प्रमाणित हुन्छ र उहाँको नाउँ सदाको लागि पवित्र पारिन्छ

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने