हामी किन “असल कामहरूमा जोसिलो” हुनुपर्छ?
के तपाईं असल कामहरूमा जोसिलो हुनुहुन्छ? परमेश्वरको राज्य प्रचारकको रूपमा हामीसित जोसिलो हुनुपर्ने थुप्रै कारण छन्। किन? तीतस २:११-१४ मा लेखिएका कुराहरू विचार गरौं:
पद ११: ‘परमेश्वरले देखाउनुभएको असीम अनुग्रह’ भनेको के हो? यसबाट हामीले कस्ता लाभ उठाएका छौं?—रोमी ३:२३, २४.
पद १२: परमेश्वरको असीम अनुग्रहले हामीलाई कस्तो तालिम दिएको छ?
पद १३ र १४: हामी शुद्ध पारिएका छौं। त्यसैले हामीसित कस्तो आशा छ? हामीलाई कुन विशेष उद्देश्यको लागि संसारका भ्रष्ट आचरणबाट शुद्ध पारिएको हो?
तपाईंलाई असल कामहरूका लागि जोसिलो हुन यी पदहरूले कसरी मदत गर्न सक्छ?