तुरुन्तै कदम चाल्नुहोस्
हाम्रो वेब साइटको डिजाइन नयाँ भएदेखि यता अनलाइनमार्फत अनुरोध गरेर बाइबल अध्ययन गर्न चाहनेहरूको सङ्ख्या ह्वात्तै बढेको छ। सार्वजनिक साक्षीकार्यको लागि गरिएका नयाँ प्रबन्धहरूमार्फत पनि बाइबल अध्ययनको लागि थुप्रै अनुरोध आएका छन्। यस्ता अनुरोधहरू आउनेबित्तिकै शाखा कार्यालयले सकेसम्म चाँडो कदम चाल्छ। जस्तै: कसैले jw.org मार्फत अनुरोध गरेको छ भने त्यसको दुई दिनपछि नै त्यस इलाकाका एल्डरहरूलाई शाखा कार्यालयले सूचना दिन्छ। तर प्राप्त रिपोर्टअनुसार अनुरोध गरिएको कैयौं हप्ता बितिसक्दा पनि जिज्ञासु व्यक्तिलाई कसैले भेट्न नगएको पाइएको छ। त्यसोभए चासो सेलाउनुअघि नै जिज्ञासु व्यक्तिलाई भेट्न गए/नगएको कसरी पक्का गर्न सक्छौं?—मर्कू. ४:१४, १५.
चासो दिने व्यक्ति तपाईंको इलाकामा बस्दैनन् भने कृपया भेट्नुहोस् (S-43) फाराम तुरुन्तै भर्नुहोस् र अर्को सभामा मण्डलीको सचिवलाई दिइहाल्नुहोस्। त्यसपछि एक दुई दिनभित्र सचिवले jw.org मा भएको “मण्डली” भन्ने शीर्षकमा क्लिक गरेर शाखा कार्यालयलाई यो जानकारी पेस गर्नुपर्छ। अथवा सम्बन्धित मण्डलीलाई जानकारी गराउनुपर्छ। एल्डरहरूले नियमित रूपमा वेब साइट हेर्नुपर्छ। आफ्नो इलाकामा बस्ने कसैले अध्ययनको लागि अनुरोध गरेको जानकारी पाउनेबित्तिकै एल्डरहरूले आवश्यक कदम चाल्नुपर्छ। जिज्ञासु व्यक्तिलाई भेट्ने जिम्मा पाएका प्रकाशकले त्यसलाई प्राथमिकता दिनुपर्छ। यदि जिज्ञासु व्यक्ति घरमा छैनन् भने तपाईंले एउटा नोटमा आफ्नो सम्पर्क ठेगाना वा फोन नम्बर छोड्न सक्नुहुन्छ।