गीत १२८
यस संसारको दृश्य परिवर्तन हुँदैछ
छापिएको संस्करण
१. दास थियौं पाप र मृत्युको;
पायौं आशा यहोवाको।
एउटै पुत्र दिए उनले;
उपहार कति ठूलो!
(कोरस)
दृश्य यो संसारको
बद्लिंदैछ।
दिनेछन् आशिष् याहले
पृथ्वी र स्वर्गमा।
२. पीडामा छ सारा संसार;
मानिसको शासन भो बेकार।
गर्दछौं जोडतोडले प्रचार,
सुरु भो राज्य या’को।
(कोरस)
दृश्य यो संसारको
बद्लिंदैछ।
दिनेछन् आशिष् याहले
पृथ्वी र स्वर्गमा।
(भज. ११५:१५, १६; रोमी ५:१५-१७; ७:२५; प्रका. १२:५ पनि हेर्नुहोस्)