जीवन र प्रचारकार्य अभ्यास पुस्तिका-को लागि स्रोत सामग्री
जुलाई १०-१६
बाइबलमा पाइने अनमोल धन | इजकिएल १५-१७
“के तपाईं आफ्नो वचन पूरा गर्नुहुन्छ?”
w८८-E ९/१५ पृ. १७ अनु. ८
यहोवाले म्यानबाट तरबार झिक्नुहुन्छ!
बेबिलोन र मिश्रका शासकहरूलाई दुइटा ठूला चीलसित तुलना गरिएको छ। पहिलो चील अर्थात् नबूकदनेसरले यहूदाको राजा यहोयाकिनको सट्टा सिदकियाहलाई राजा बनाएर देवदारको रूखको एउटा टुप्पो भाँच्छ। सिदकियाहले नबूकदनेसरसँग वफादारिताको करार बाँधेको भए तापनि तिनले अर्को चील अर्थात् मिश्रका शासकबाट सैन्य मदत माग्छन्। तिनले परमेश्वरको नाममा शपथ खाएर वाचा तोडेको भए परमेश्वरको नाममा कलङ्क लाग्ने थियो। हामी यहोवाका साक्षीहरू परमेश्वरको नामद्वारा चिनिएका छौं। त्यसैले आफूले गरेको वाचा तोड्दा उहाँको नाममा कलङ्क लाग्ने भएकोले वाचा नतोड्न सचेत हुन्छौं!—इजकिएल १७:१-२१.
बहुमूल्य रत्न खोजौं
w८८-E ९/१५ पृ. १७ अनु. ७
यहोवाले म्यानबाट तरबार झिक्नुहुन्छ!
यहूदाका बासिन्दाहरू अविश्वासी भएकाले यहूदालाई फल नफलाउने जङ्गली दाखको बोटसित तुलना गरिएको छ। त्यसैले त्यो आगोमा फालिन योग्य छ। (इजकिएल १५:१-८) साथै, यहूदालाई एउटा त्यागिएको बच्चासित तुलना गरिएको छ जसलाई यहोवाले मिश्र देशबाट बचाएर पालनपोषण गरी हुर्काउनुभयो। अनि आफ्नो पत्नीको रूपमा स्विकार्नुभयो। तर झूटा उपासनामा लागेर आध्यात्मिक व्यभिचार गरेकाले तिनले विनाश भोग्ने थिए। तैपनि विश्वासीहरूसित परमेश्वरले सदा सर्वदा रहिरहने करार अर्थात् आध्यात्मिक इस्राएलसित नयाँ करार बाँध्नु हुनेथियो।—इजकिएल १६:१-६३; यर्मिया ३१:३१-३४; गलाती ६:१६.
जुलाई १७-२३
बाइबलमा पाइने अनमोल धन | इजकिएल १८-२०
“यहोवाले गल्तीको क्षमा गर्नुभएपछि के त्यसलाई बिर्सनुहुन्छ?”
w१२-E ७/१ पृ. १८ अनु. २
परमेश्वरले गल्तीको क्षमा गर्नुभएपछि के त्यसलाई बिर्सनुहुन्छ?
यहोवाले भविष्यवक्ता इजकिएलद्वारा अविश्वासी यहूदा र यरूशलेम विरुद्ध सजाय सुनाउनुभयो। किनभने राष्ट्रको रूपमा तिनीहरूले यहोवाको उपासना त्यागेका थिए। साथै, तिनीहरूको देश हिंसाले भरिएको थियो। त्यसैले बेबिलोनीहरूले यरूशलेमलाई विनाश गर्नेछ भनेर यहोवाले भविष्यवाणी गर्नुभयो। तर उहाँले न्यायको घोषणा गर्नुहुँदा तिनीहरूलाई आशाको सन्देश पनि सुनाउनुभयो। यहोवाको सेवा गर्ने कि नगर्ने भनेर हरेकले व्यक्तिगत तवरमा छनौट गर्न सक्थे। अनि तिनीहरू आफूले गरेको छनौटको आफै जिम्मेवार हुनेथिए।—पद १९, २०.
w१२-E ७/१ पृ. १८ अनु. ३-७
परमेश्वरले गल्तीको क्षमा गर्नुभएपछि के त्यसलाई बिर्सनुहुन्छ?
तर यदि कसैले खराबी त्यागेर असल गर्छन् भने नि? यहोवाले यसो भन्नुभयो: “तर यदि दुष्ट मानिसले आफूले गरेका सबै पापहरू त्यागेर मेरा नियमहरू पालन गऱ्यो र न्यायसंगत र ठीक काम गऱ्यो भने त्यो निश्चय बाँच्नेछ। त्यो मर्नेछैन।” (पद २१) हो, साँचो पश्चात्ताप गरेर गलत मार्ग त्याग्ने व्यक्तिलाई उहाँ “क्षमा गर्न” तयार हुनुहुन्थ्यो।—भजन ८६:५.
तर उक्त व्यक्तिले गरेको पापको विषयमा के भन्न सकिन्छ? यहोवा यसो भन्नुहुन्छ: “[यहोवाको] विरुद्धमा त्यसले गरेका कुनै पनि अपराधको फेरि सम्झना हुनेछैन।” (पद २२) याद गर्नुहोस्, पाप गर्ने व्यक्तिले साँचो पश्चात्ताप गर्छन् भने उहाँको विरुद्ध-मा गरेको पाप यहोवाले सम्झनु हुनेछैन। यसको अर्थ के हो?
बाइबलमा “सम्झना” भनी अनुवाद गरिएको हिब्रू शब्दले विगतको कुनै कुरा याद गर्नु मात्र नभई अझ गहिरो अर्थ राख्छ। यस सम्बन्धी एउटा लेखमा यसरी उल्लेख गरिएको छ: “अक्सर [सम्झना] भन्ने शब्दले कुनै कामलाई संकेत गर्छ अनि यो शब्द कुनै क्रियापदसित जोडिएको हुन्छ।” त्यसैले “सम्झनु” भन्ने शब्दले “काम गर्नु” अर्थात् कुनै कदम चाल्नुलाई बुझाउँछ। त्यसैले यहोवाले क्षमा दिनुभए पछि त्यस व्यक्तिको विरुद्ध कदम चाल्नुहुन्न अर्थात् दोषी ठहऱ्याउने वा दण्ड दिने काम गर्नुहुन्न।
परमेश्वरले दिनुहुने क्षमाबारे इजकिएल १८:२१, २२ मा सुन्दर ढङ्गमा व्यक्त गरिएको छ। हामीले गरेको पापको लागि यहोवाले एक पटक क्षमा दिनुभएपछि फेरि कहिल्यै दण्ड दिनुहुन्न बरु त्यसलाई आफ्नो पिठ्यूँपछि फाल्नुहुन्छ। (यशैया ३८:१७) उहाँले हाम्रो पापको लेखा राख्नुहुन्न बरु त्यसलाई पूरै मेटाइदिनुहुन्छ।—प्रेषित ३:१९.
त्रुटिपूर्ण भएकोले हामीलाई परमेश्वरको कृपा चाहिन्छ। किनभने हामी धेरै पटक गल्ती गर्न पुग्छौं। (रोमी ३:२३) तर हामीले साँचो पश्चात्ताप गऱ्यौं भने यहोवा हामीलाई क्षमा गर्न र हाम्रो पापलाई बिर्सिदिन इच्छुक हुनुहुन्छ। हामीलाई दोषी ठहऱ्याउन वा दण्ड दिन त्यसलाई कोट्याउनुहुन्न। साँच्चै! कस्तो मन छुने कुरा। परमेश्वरले देखाउनुहुने कृपालाई विचार गर्दा के तपाईं उहाँसित घनिष्ठ हुन चाहनुहुन्न?
जुलाई ३१–अगस्त ६
बाइबलमा पाइने अनमोल धन | इजकिएल २४-२७
“टायर विरुद्ध गरिएको भविष्यवाणीले परमेश्वरको वचनमाथि हाम्रो विश्वास बलियो बनाउँछ”
si-E पृ. १३३ अनु. ४
बाइबलको छब्बिसौं किताब—इजकिएल
इजकिएलले टायर, मिश्र र एदोमको विरुद्धमा गरेका भविष्यवाणीहरू अचम्म लाग्दो तरिकामा पूरा भएको छ। यसबाट इजकिएलको किताब साँच्चै यहोवाको वचन हो भन्ने कुरा प्रमाणित हुन्छ। उदाहरणको लागि नबूकदनेसरले टायर टापुलाई १३ वर्षसम्म घेरा बन्दीमा राख्दा इजकिएलले गरेको भविष्यवाणीको आंशिक पूर्ति भयो। (इज. २६:२-२१) त्यतिबेला टायर पूरै विनाश भएन तर यहोवाको न्याय अनुसार त्यस सहर पूर्णरूपमा विनाश हुनुपर्थ्यो। उहाँले इजकिएलद्वारा यस्तो भविष्यवाणी गर्नुभएको थियो: “म त्यसको माटो खुर्की-खुर्कीकन त्यसलाई नाङ्गो पहराजस्तै तुल्याइदिनेछु . . . तेरो ढुङ्गा-माटो, काठ-पातलाई समेत त्यसले समुद्रमा फ्याँकिदिनेछ।” (२६:४, १२) त्यसको लगभग २५० वर्षपछि महान् सिकन्दरले टायर टापु विरुद्ध आक्रमण गर्दा यी सबै भविष्यवाणी पूरा भयो। सिकन्दरका सिपाहीहरूले भत्केको सहरको ढुङ्गा-माटो खुर्केर त्यसलाई समुद्रमा हाले र टायर टापुसम्म पुग्ने ८०० मिटर लामो बाटो बनाए। त्यसपछि तिनीहरूले सहरलाई घेर्ने १५० फुट [४६ मि.] अग्लो पर्खाल ढालेर ईसापूर्व ३३२ मा त्यस सहरलाई कब्जामा लिए। त्यतिबेला हजारौं मानिसहरू मारिए र थुप्रैलाई दासत्वमा बेचिदिए। इजकिएलले भविष्यवाणी गरेअनुसार नै टायर एउटा ‘नाङ्गो पहरा र जालहरू फिंजाउने ठाउँ’ भयो। (२६:१४) तिनले भविष्यवाणी गरेझैं प्रतिज्ञा गरिएको देशको अर्को भागमा बसोबास गर्ने छली एदोमीहरू पनि पूरै विनाश भयो। (२५:१२, १३; ३५:२-९) यसका साथै यरूशलेमको विनाश र इस्राएलीहरूको पुनर्स्थापनाबारे गरिएको भविष्यवाणी पनि ठ्याक्कै पूरा भयो।—१७:१२-२१; ३६:७-१४.
ce-E पृ. २१६ अनु. ३
के बाइबल परमेश्वरद्वारा प्रेरित वचन हो?
फोनिसियाको प्रमुख बन्दरगाह टायरले त्यस सहरको दक्षिण भागमा बस्ने यहोवाको उपासना गर्ने इस्राएलीहरूसित छली व्यवहार गऱ्यो। यहोवाले भविष्यवक्ता इजकिएलद्वारा टायर सहर पूर्णरूपमा विनाश हुनेछ भनेर लगभग २५० वर्षअघि नै भविष्यवाणी गर्नुभयो। यहोवाले यस्तो घोषणा गर्नुभयो: “म धेरै जातिहरूलाई तेरो विरुद्धमा उठाउनेछु। तिनीहरूले टायरका पर्खालहरू भत्काउनेछन्, र त्यसका धरहराहरू ढालिदिनेछन्। म त्यसको माटो खुर्की-खुर्कीकन त्यसलाई नाङ्गो पहराजस्तै तुल्याइदिनेछु। किनभने मैले भनेको छु, त्यो समुद्रको बीचमा जालहरू फैलाउने ठाउँ हुनेछ।” साथै, इजकिएलले टायर सहरलाई घेरा हाल्ने पहिलो राष्ट्र र शासकको नामसमेत उल्लेख गरेका छन्: ‘बाबेलको राजा नबूकदनेसरलाई . . . टायरमाथि चढाइ गर्न ल्याउनेछु।’—इजकिएल २६:३-५, ७.
it-1-E पृ. ७०
महान् सिकन्दर
एसिया माइनरमा फारससित युद्ध गर्दा सिकन्दरले दुई पटक ठूलो जित हासिल गरे। (पहिलो ग्रानिकस नदीमा; दोस्रो आइससको मैदानमा, जहाँ लगभग पाँच लाख शक्तिशाली फारसी सेनाहरूले ठूलो हार बेहोरेको थियो) तैपनि भागेका फारसी सेनाहरूलाई खेद्नुको साटो सिकन्दरले टायर सहरको टापुतर्फ आफ्नो ध्यान मोडे। सयौं वर्षअघि नै त्यस सहरको पर्खाल, धरहरा, घरहरू र ढुङ्गा-माटोसमेत खुर्केर समुद्रमा फालिनेछ भनेर भविष्यवाणी गरिएको थियो। (इज. २६:४, १२) वर्षौं अघि नबूकदनेसरले टायरको मुख्य सहर विनाश गरेका थिए। त्यसैको ढुङ्गा-माटो प्रयोग गरेर सिकन्दरले टायर टापुसम्म पुग्ने ८०० मिटर लामो बाटो बनाए। सिकन्दरको जल सेनाहरूले युद्धमा प्रयोग गरिने यन्त्रहरू चलाएर ईसापूर्व ३३२ को जुलाईमा पानीमाथि बसेकी त्यो घमन्डी स्त्रीलाई तहसनहस गरे।
w८८-E ९/१५ पृ. २१ अनु. २४
यहोवाले म्यानबाट तरबार झिक्नुहुन्छ!
इजकिएलले अनौठो व्यवहार देखाउनुपर्ने थियो। (इजकिएल २४:१५-१८ पढ्नुहोस्) तिनले आफ्नो पत्नीको मृत्यु हुँदा शोक गर्नुहुँदैन थियो। किन? यरूशलेम त्यहाँका बासिन्दा र मन्दिर विनाश हुँदा यहूदीहरू तीनछक पर्ने कुरा देखाउन। तिनले यरूशलेमको विनाशबारे अब उप्रान्त चेतावनी दिनुपर्ने थिएन। किनभने तिनले पहिल्यै पर्याप्त चेतावनी दिइसकेका थिए। तिनी अब यरूशलेम विनाश भएको खबर सुन्ने दिनको प्रतीक्षामा थिए। त्यसैगरि चर्चजगत् र कपटी धर्मगुरुहरू पनि तिनीहरूमाथि विनाश आइलाग्दा स्तब्ध हुनेछन्। पहरेदार जस्तै भूमिका निर्वाह गरिरहेका अभिषिक्त ख्रीष्टियनहरूले त्यसमाथि आइपर्ने विनाशबारे पहिल्यै पर्याप्त चेतावनी दिइसकेकले “महासङ्कष्ट” सुरु भएपछि त्यसबारे अझै चेताउनी दिनुपर्ने छैन। (मत्ती २४:२१) चर्चजगत्माथि परमेश्वरको “तरबार” पर्दा ती धर्मगुरुहरू ‘यहोवा नै साँचो परमेश्वर’ हुनुहुन्छ भनी स्विकार्न बाध्य हुनेछन्।—इजकिएल २४:१९-२७.