ख्रीष्टियन जीवन
के म सहायक अग्रगामी गर्न सक्छु?
इजकिएलले देखेको मन्दिरको दर्शनले यहोवाका जनहरूले उहाँलाई स्वैच्छिक भेटी चढाउनेछन् भन्ने कुरा प्रकट गर्छ। त्यसोभए उहाँलाई प्रशंसाको बलिदान चढाउन हामी व्यक्तिगत तवरमा कस्तो योगदान पुऱ्याउन सक्छौं?—हिब्रू १३:१५, १६.
यसो गर्ने एउटा उत्तम तरिका सहायक अग्रगामी सेवा गरेर हो। सेवा वर्ष २०१८ को केही महिनाहरूमा पाँचवटा शनिबार र आइतबार पर्छन्। दिनभरि जागिर खाने अनि सप्ताहन्तमा मात्र प्रचारमा भाग लिन सक्नेहरूका लागि सहायक अग्रगामी सेवा गर्ने यो असाध्यै उपयुक्त समय हो। यसबाहेक मार्च, अप्रिल महिना अनि क्षेत्रीय निरीक्षकको भ्रमण हुने महिनामा सहायक अग्रगामी सेवा ३० घण्टा गर्ने वा ५० घण्टा गर्ने छनौट गर्न सक्छन्।
यदि परिस्थितिले गर्दा हामी सहायक अग्रगामी सेवा गर्न सक्दैनौं भने नि? हाम्रो सेवाको गुणस्तर बढाउने र पहिला भन्दा अझ धेरै समय प्रचारमा बिताउने लक्ष्य पनि राख्न सक्छौं। हामी सबैको परिस्थिति फरक-फरक छ। तर आउनुहोस्, यहोवाप्रतिको प्रेमले उत्प्रेरित हुँदै सेवा वर्ष २०१८-मा पनि जोसकासाथ उहाँको सेवा गरौं!—होशे १४:२.
सबिना हर्नान्डेजको जोस म कसरी अनुकरण गर्न सक्छु?
यहोवाको मदतले म सबथोक गर्न सक्छु भन्ने भिडियो हेरेर निम्न प्रश्नहरूको जवाफ दिनुहोस्:
यहोवाको सेवामा अझ धेरै गर्न सबिनालाई कुन कुराले उत्प्रेरित गऱ्यो?
सबिनाको उदाहरणबाट तपाईंले कस्तो प्रोत्साहन पाउनुभयो?
सेवा वर्ष २०१८-को कुन-कुन महिनामा तपाईं सहायक अग्रगामी सेवा गर्न चाहनुहुन्छ?