प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwbr17 डिसेम्बर पृ. १
  • जीवन र प्रचारकार्य अभ्यास पुस्तिका-को लागि स्रोत सामग्री

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जीवन र प्रचारकार्य अभ्यास पुस्तिका-को लागि स्रोत सामग्री
  • जीवन र प्रचारकार्य अभ्यास पुस्तिकाको लागि स्रोत सामग्री (२०१७)
  • उपशीर्षकहरू
  • डिसेम्बर २५-३१
जीवन र प्रचारकार्य अभ्यास पुस्तिकाको लागि स्रोत सामग्री (२०१७)
mwbr17 डिसेम्बर पृ. १

जीवन र प्रचारकार्य अभ्यास पुस्तिका-को लागि स्रोत सामग्री

डिसेम्बर २५-३१

बाइबलमा पाइने अनमोल धन | मलाकी १-४

“के तपाईंको वैवाहिक जीवनदेखि यहोवा खुसी हुनुहुन्छ?”

jd-E पृ. १२५-१२६ अनु. ४-५

यहोवालाई खुसी बनाउने पारिवारिक जीवन

४ मलाकीको समय अर्थात्‌ पाँचौं शताब्दीमा यहूदीहरू माझ सम्बन्धविच्छेद गर्नु भनेको सामान्य कुरा थियो। तिनीहरूलाई मलाकीले यसो भने: “परमप्रभु तिमीहरू र तिमीहरूका जवानीपनको स्वास्नीको बीचमा गरिएको करारको साक्षी हुनुहुन्छ—तिमीहरूका स्वास्नी जसलाई तिमीहरूले धोका दियौ।” पतिहरूबाट धोका पाएर “रोदन र सुस्केरा” हालेका ती पत्नीहरूको आँसुले परमेश्‍वरको वेदी भिजियो। अनि भ्रष्ट पुजारीहरूले त्यस्तो क्रूरतालाई क्षमा गरिदिए।—मलाकी २:१३, १४.

५ मलाकीको समयमा मानिसहरूले विवाहप्रति राखेको खराब मनोवृत्तिलाई यहोवाले कुन दृष्टिकोणले हेर्नुभयो? मलाकीले यस्तो लेखे: “किनभने स्वास्नीलाई त्याग्ने कुरालाई म घीन गर्दछु, ‘परमप्रभु इस्राएलका परमेश्‍वर भन्‍नुहुन्छ।’ ” तिनले यहोवा­बारे थप यस्तो लेखे, ‘परमप्रभु कहिल्यै परिवर्तन हुनुहुन्‍न’। (मलाकी २:१६; ३:६) के तपाईंले यस पदमा बताएको कुरा बुझ्नुभयो? सुरुमा यहोवाले सम्बन्धविच्छेद विरुद्ध कडा अडान लिनुभयो। (उत्पत्ति २:१८, २४) मलाकीको समयमा पनि त्यस्तै अडान लिनुभयो। अनि अहिले हाम्रो समयमा पनि उहाँको अडान परिवर्तन भएको छैन। केही मानिसहरू आफ्नो पति वा पत्नी देखि असन्तुष्ट भएकोले सम्बन्धविच्छेद गर्न खोज्छन्‌। मानिस­को हृदय छली हुनेभएकोले यहोवा त्यसको जाँच गर्नुहुन्छ। (यर्मिया १७:९, १०) मानिसले जतिसुकै तर्क गरे तापनि सम्बन्ध विच्छेद गर्नुको पछाडि छल र ईर्ष्या छ भनी यहोवा जान्‍नुहुन्छ। हो, “यस्तो कुनै सृष्टि छैन, जो उहाँको नजरबाट लुकेको होस्‌ तर जसलाई हामीले लेखा दिनुपर्छ, उहाँसामु सबै कुरा खुला र उदाङ्‌ग छन्‌।”—हिब्रू ४:१३.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने