जीवन र प्रचारकार्य अभ्यास पुस्तिका-को लागि स्रोत सामग्री
मे ६-१२
बाइबलमा पाइने अनमोल धन | २ कोरिन्थी ४-६
“हामी हरेस खाँदैनौँ”
it-1-E पृ. ७२४-७२५
सहनशीलता
हामी ख्रिष्टियनहरूले त्रुटिरहित अवस्थामा सधैँभरि जीवन बिताउने आशा पाएका छौँ। त्यस आशालाई मनमा सधैँ ताजा राख्नु महत्त्वपूर्ण छ। खेदो गर्नेहरूको हातबाट मृत्यु नै भोग्नु परे तापनि हामी यस आशादेखि वञ्चित हुनेछैनौँ। (रोमी ५:४, ५; १थि १:३; प्रका २:१०) यस उज्ज्वल आशाको तुलनामा हामीले अहिले भोग्ने दुःखकष्ट केही पनि होइन। (रोमी ८:१८-२५) हुनत अहिले भोग्नुपर्ने सङ्कष्ट सहन कहिलेकाहीँ हामीलाई असाध्यै गाह्रो लाग्ला, तर हामीले पाउने अनन्त जीवनको तुलनामा त्यस्ता हर सङ्कष्ट “क्षणिक र हलुका” हुन्छन्। (२को ४:१६-१८) अहिले भोग्नुपर्ने सङ्कष्टहरू क्षणिक हुन् भनेर मानिलियौँ अनि आफूले पाएको आशालाई दह्रोसित पक्रिराख्यौँ भने हामी निराशामा डुबेर यहोवा परमेश्वरप्रति अवफादार हुनदेखि जोगिनेछौँ।
बहुमूल्य रत्न खोजौँ
w१२-E २/१ पृ. २८-२९
“यहोवालाई खुसी बनाउनुहोस्”
परिचालक निकायका सदस्य डेभिड स्प्लेनले “हामीसित यो धन माटाका भाँडाहरूमा छ” भन्ने विषयमा भाषण दिनुभयो। (२ कोरिन्थी ४:७) यस धनले केलाई बुझाउँछ? के यसले ज्ञान वा बुद्धिलाई बुझाउँछ? भाइ स्प्लेनले भन्नुभयो, “होइन। बरु प्रेषित पावलले बताएको यस धनले ‘सत्य प्रकट गर्ने हाम्रो सेवा’-लाई बुझाउँछ।” (२ कोरिन्थी ४:१, २, ५) पाँच महिनाको अध्ययनले विद्यार्थीहरूलाई सेवाको काममा आफूले पाएको विशेष जिम्मेवारीको लागि तयार बनाएको छ भनेर भाइ स्प्लेनले सम्झाउनुभयो। विद्यार्थीहरूले त्यस जिम्मेवारीलाई ठूलो मोलको ठान्नुपर्ने थियो।
“माटाका भाँडाहरू”-ले हामी मानिसहरूलाई बुझाउँछ भनेर भाइ स्प्लेनले बताउनुभयो। उहाँले माटाको भाँडा र सुनको भाँडाबीच तुलना गर्नुभयो। सुनका भाँडाहरू दैनिक रूपमा प्रयोग गरिँदैनन्। माटाका भाँडाहरू भने दैनिक प्रयोगका लागि बनाइएका हुन्छन्। सुनको भाँडामा धन राख्यौँ भने हामीले त्यस भाँडालाई पनि त्यसभित्र राखिएको धनजत्तिकै महत्त्व दिन सक्छौँ। भाइ स्प्लेनले यसो भन्नुभयो, “तपाईँहरू पक्कै मानिसहरूको ध्यान आफूतर्फ खिच्न चाहनुहुन्न। मिसनरीको रूपमा सेवा गर्दा तपाईँहरूले मानिसहरूको ध्यान यहोवातर्फ खिच्नुपर्छ। तपाईँहरू नम्र हुनुपर्छ, माटाको भाँडा हुनुपर्छ।”
मे २०-२६
बाइबलमा पाइने अनमोल धन | २ कोरिन्थी ११-१३
“पावलको ‘शरीरको छेस्को’”
w०८-E ६/१५ पृ. ३-४
कमजोरीहरू भए तापनि बलियो
अर्का वफादार सेवकले पनि यहोवालाई आफ्नो ‘शरीरको छेस्को’ अर्थात् दुःख दिइरहने समस्या हटाइदिन बिन्ती गरे। त्यस समस्यादेखि मुक्त हुन पाऊँ भनेर प्रेषित पावलले परमेश्वरसित तीन पटक बिन्ती गरे। छेस्कोले जस्तै दुःख दिइरहने त्यो समस्या के थियो भनेर हामीलाई थाह छैन तर त्यस समस्याले यहोवाको सेवामा पावलको आनन्द खोस्न सक्थ्यो। पावलले त्यसलाई कसैले निरन्तर झापड हानिरहेको कुरासित तुलना गरे। तर यहोवाले तिनलाई यस्तो जवाफ दिनुभयो: “मेरो असीम अनुग्रह तिम्रो निम्ति पर्याप्त छ किनकि कमजोर हुँदा तिमीले मेरो पूरा शक्ति पाउँछौ।” हो, यहोवाले तिनको शरीरको छेस्को हटाइदिनुभएन। पावलले त्यो छेस्को सहनै पर्थ्यो तर तिनले यसो पनि भने: “जब म कमजोर हुन्छु, तब म बलियो हुन्छु।” (२ कोरि. १२:७-१०) तिनी के भन्न खोज्दै थिए?
बहुमूल्य रत्न खोजौँ
it-2-E पृ. १७७
चुम्बन
“पवित्र चुम्बन।” सुरु-सुरुका ख्रिष्टियनहरूमाझ सम्भवतः पुरुष-पुरुषबीच र स्त्री-स्त्रीबीच “पवित्र चुम्बन” (रोमी १६:१६; १को १६:२०; २को १३:१२; १थि ५:२६) वा “मायालु चुम्बन” (१प ५:१४) गर्ने चलन थियो। पुरातन इस्राएलमा मानिसहरू एकअर्कालाई चुम्बन गर अभिवादन गर्ने गर्थे। ती ख्रिष्टियनहरूले पनि त्यही चलन पछ्याइरहेका थिए जस्तो देखिन्छ। हुनत यसबारे धर्मशास्त्रले धेरै जानकारी दिएको छैन तर पक्कै पनि त्यस्तो “पवित्र चुम्बन” वा “मायालु चुम्बन”-ले ख्रिष्टियन मण्डलीमा छाएको प्रेम र एकताको प्रमाण दिन्थ्यो।—युह १३:३४, ३५.
मे २७–जुन २
बाइबलमा पाइने अनमोल धन | गलाती १-३
“तिनकै सामुन्ने मैले तिनको विरोध गरेँ”
it-2-E पृ. ५८७ अनु. ३
त्यसको केही समयपछि पत्रुस आफै पनि सिरियाको एन्टिओक आए र अन्यजातिका ख्रिष्टियनहरूसित सङ्गत गरे। तर यरुसलेमबाट केही यहुदीहरू त्यस ठाउँमा आएपछि मानिसहरूको डरले गर्दा पत्रुस अन्यजातिका ख्रिष्टियनहरूदेखि पन्छिए। परमेश्वर मानिसहरूलाई जात, वर्ण वा पृष्ठभूमिको आधारमा भेदभाव गर्नुहुन्न भनेर पत्रुसले पवित्र शक्तिबाट निर्देशन पाइसकेका थिए। तैपनि यतिखेर तिनी त्यस निर्देशनअनुसार चल्नदेखि चुके। तिनको लहलहैमा लागेर बर्णाबासले समेत अन्यजातिका ख्रिष्टियनहरूसित सङ्गत गर्न छोडे। यो कुरा थाह पाएपछि पावलले साहसी हुँदै पत्रुसलाई सबैको सामुन्ने कडा सल्लाह दिए किनभने पत्रुसको त्यस्तो व्यवहारले गर्दा ख्रिष्टियन धर्म फैलनदेखि रोकिन सक्थ्यो।—गला २:११-१४.
बहुमूल्य रत्न खोजौँ
it-1-E पृ. ८८०
गलातीहरूलाई पत्र
“ए अबुझ गलातीहरू” भनेर बताउँदा पावलले गलातियाको उत्तरी इलाकामा बसोबास गर्ने ग्यालिक वंशबाट आएको एउटा खास जातिका मानिसहरूलाई सम्बोधन गरिरहेका थिए भन्ने कुराको प्रमाण छैन। (गला ३:१) बरु पावलले त्यहाँका मण्डलीहरूका ती सदस्यहरूलाई सल्लाह दिँदै थिए, जो यहुदी रीतिथितिअनुसार चल्नुपर्छ भनेर दबाब दिने यहुदीहरूको प्रभावमा परिरहेका थिए। तिनीहरूकै माझमा भएका ती यहुदीहरूले मोसाको व्यवस्थाअनुसार चल्दा मात्र मानिस धर्मी ठहरिन्छ भनेर सिकाइरहेका थिए, जबकि नयाँ करारअन्तर्गत “विश्वासको आधारमा धर्मी” ठहरिन सकिन्थ्यो। (२:१५–३:१४; ४:९, १०) पावलले पत्र लेखेको “गलातियाका मण्डलीहरू”-मा (१:२) यहुदी ख्रिष्टियनहरूलगायत अन्यजातिका ख्रिष्टियनहरू पनि थिए। ती अन्यजातिका ख्रिष्टियनहरूमध्ये कोही-कोही धर्म परिवर्तन गरेर यहुदी बनेकाहरू थिए, जसले खतना गरेका थिए। अरू कोही भने खतना नगरेका अन्यजातिका ख्रिष्टियनहरू थिए अनि कोही-कोही भने सेल्टिक जातिका पनि थिए। (प्रेषि. १३:१४, ४३; १६:१; गला. ५:२) ती सबै ख्रिष्टियनहरू गलातियाको इलाकामा बस्ने भएकोले तिनीहरूलाई “गलातीहरू” भनेर सम्बोधन गरिएको हो। समग्रमा भन्नुपर्दा पावलले यो पत्र रोमी प्रान्त गलातियाको दक्षिणी इलाकामा बस्ने ती ख्रिष्टियनहरूलाई सम्बोधन गरेर लेखेका थिए, जसलाई तिनी राम्ररी चिन्थे, उत्तरी इलाकामा बस्ने चिन्दै नचिनेका मानिसहरूलाई होइन, जुन इलाकामा सायद तिनी कहिल्यै गएका थिएनन्।