प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb19 अगस्त पृ. ५
  • युवाहरू हो—‘असल कामहरूमा जोसिलो हुनुहोस्‌’

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • युवाहरू हो—‘असल कामहरूमा जोसिलो हुनुहोस्‌’
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१९
  • मिल्दोजुल्दो सामग्री
  • अग्रगामीहरुलाई समर्थन कसरी देखाउँन सकिन्छ
    हाम्रो राज्य सेवकाई—१९९२
  • अग्रगामी सेवकाईका आशिष्‌हरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
  • अग्रगामी सेवा गरेर यहोवाको प्रशंसा गर्नुहोस्‌
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका २०२०
  • अग्रगामीहरूले पुऱ्‍याउनुपर्ने घण्टामा काँटछाँट
    हाम्रो राज्य सेवकाई—१९९९
थप हेर्नुहोस्
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१९
mwb19 अगस्त पृ. ५

ख्रिष्टियन जीवन

युवाहरू हो—‘असल कामहरूमा जोसिलो हुनुहोस्‌’

परमेश्‍वरको प्रेरणा पाएर तितसलाई लेखेको पत्रमा प्रेषित पावलले तितसलगायत अरू युवकहरूलाई ‘हरेक क्षेत्रमा असल काम गरेर उदाहरण बसाल्न’ कडा मेहनत गर्नू भनी सल्लाह दिए। (ति २:६, ७) पछि यसै अध्यायमा तिनले यहोवाका सेवकहरू ‘असल कामहरूमा जोसिलो हुन सकून्‌’ भनेर तिनीहरूलाई शुद्ध पारिन्छ भनेर उल्लेख गरे। (ति २:१४) परमेश्‍वरको राज्यबारे प्रचार गर्नु र सिकाउनु ती असल कामहरूमध्ये एउटा हो। यदि तपाईँ युवा हुनुहुन्छ भने आफ्नो युवावस्थाको बल प्रयोग गरेर सहायक अग्रगामी वा नियमित अग्रगामी सेवा गर्न सक्नुहुन्छ कि?—हित २०:२९.

तपाईँ अग्रगामी सेवा गर्न चाहनुहुन्छ भने त्यसो गर्न व्यावहारिक योजना बनाउनुहोस्‌। (लुका १४:२८-३०) उदाहरणको लागि, पूर्ण-समय सेवामा लाग्दा कसरी आफ्नो खर्च जुटाउनुहुन्छ? अग्रगामी सेवकहरूले प्रचारकार्यमा बिताउनुपर्ने समय कसरी पुऱ्‍याउनुहुन्छ? आफ्नो परिस्थितिबारे यहोवालाई प्रार्थनामा बताउनुहोस्‌। (भज ३७:५) आफ्नो योजनाबारे आमाबुबा र सफल अग्रगामीहरूसित कुरा गर्नुहोस्‌। त्यसपछि आफ्नो लक्ष्यमा पुग्न कदम चाल्नुहोस्‌। यहोवाको सेवा गर्न तपाईँले देखाउनुभएको जोसमा उहाँले पक्कै आशिष्‌ दिनुहुनेछ!

यहोवाको महिमा गर्ने युवाहरू भन्‍ने भिडियो हेर्नुहोस्‌। त्यसपछि निम्न प्रश्‍नहरूको जवाफ दिनुहोस्‌:

  • अग्रगामी सेवा गर्न कसै-कसैले कस्ता चुनौतीहरूको सामना गरेका छन्‌? तिनीहरूले कसरी ती पार गर्न सके?

  • नियमित अग्रगामी सेवामा लाग्न आमाबुबाले छोराछोरीलाई कसरी मदत गर्न सक्छन्‌?

  • प्रचारकार्यको तालिका बनाउनु किन महत्त्वपूर्ण छ?

  • मण्डलीका सदस्यहरूले अग्रगामीहरूलाई कसरी प्रोत्साहन र मदत दिन सक्छन्‌?

  • अग्रगामीहरूले कस्ता आशिष्‌ पाउँछन्‌?

एक बहिनी अग्रगामी गर्ने विषयमा आफ्नो बुबासित कुरा गर्दै; एक जवान अग्रगामी भाइ आफ्नो तालिका बनाउँदै; एक जवान अग्रगामी बहिनी अर्की बहिनीसित प्रचारमा भाग लिँदै; एक जवान अग्रगामी बहिनी बाइबल अध्ययन सञ्चालन गर्दै

म कसरी अग्रगामी सेवा गर्ने लक्ष्य हासिल गर्न सक्छु?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने