प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb20 फेब्रुअरी पृ. ५
  • दम्पतीहरूले आफ्नो वैवाहिक बन्धनलाई कसरी अझै बलियो बनाउन सक्छन्‌?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • दम्पतीहरूले आफ्नो वैवाहिक बन्धनलाई कसरी अझै बलियो बनाउन सक्छन्‌?
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका २०२०
  • मिल्दोजुल्दो सामग्री
  • आफ्नो वैवाहिक बन्धन जोगाउनुहोस्‌
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
  • ११. सफल वैवाहिक जीवन
    परमेश्‍वरको प्रेम पाउन लायक भइरहनुहोस्‌
  • १०. विवाह​—⁠परमेश्‍वरको वरदान
    परमेश्‍वरको प्रेम पाउन लायक भइरहनुहोस्‌
  • विवाह—मायालु परमेश्‍वरको वरदान
    “आफूलाई परमेश्‍वरको प्रेम पाउन लायक बनाइराख”
थप हेर्नुहोस्
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका २०२०
mwb20 फेब्रुअरी पृ. ५
अब्राम र साराई उर छोड्‌ने तयारी गर्दै। साराई ठूलो टोकरीमा सामानहरू राख्दै छिन्‌ र ठूलो बोरा बोकिरहेका अब्राम उनलाई प्रोत्साहन दिँदै छन्‌।

ख्रिष्टियन जीवन

दम्पतीहरूले आफ्नो वैवाहिक बन्धनलाई कसरी अझै बलियो बनाउन सक्छन्‌?

अब्राहाम र साराले एकअर्कालाई माया अनि आदर गरेर विवाहित जोडीहरूका लागि राम्रो उदाहरण बसाले। (उत्प १२:११-१३; १प ३:६) तथापि तिनीहरूको वैवाहिक जीवनमा कुनै समस्या नआएको भने होइन। तिनीहरूले पनि जीवनमा चुनौतीहरूको सामना गर्नुपऱ्‍यो। अब्राहाम र साराबाट विवाहित जोडीहरूले कस्ता कुराहरू सिक्न सक्छन्‌?

एकअर्कासित कुराकानी गर्नुहोस्‌। आफ्नो जोडीले रिसाएको बेला वा झर्को लागेको बेला केही भनिहाले भने पनि नम्रता देखाउनुहोस्‌। (उत्प १६:५, ६) सँगै समय बिताउनुहोस्‌। तपाईँ आफ्नो जोडीलाई माया गर्नुहुन्छ भन्‍ने कुरा बोली र कामद्वारा देखाउनुहोस्‌। सबैभन्दा महत्त्वपूर्ण कुरा, अध्ययन गरेर, प्रार्थना गरेर र सँगै यहोवाको उपासना गरेर यहोवालाई आफ्नो वैवाहिक बन्धनमा सामेल गर्नुहोस्‌। (उप ४:१२) यहोवा यो पवित्र प्रबन्धको सुरुवातकर्ता हुनुहुन्छ। त्यसैले यदि वैवाहिक बन्धन बलियो छ भने त्यसले यहोवाको महिमा गर्छ।

वैवाहिक बन्धन बलियो बनाउनुहोस्‌ भिडियो हेर्नुहोस्‌ अनि निम्न प्रश्‍नहरूको जवाफ दिनुहोस्‌:

  • शान र किआराको वैवाहिक बन्धन कमजोर हुँदै गइरहेको कस्ता सङ्‌केतहरू भिडियोमा देखाइएको थियो?

  • विवाहित जोडीहरूले खुलस्त कुराकानी गर्नु किन आवश्‍यक छ?

  • अब्राहाम र साराको उदाहरणबाट शान र किआराले कस्तो मदत पाए?

  • आफ्नो वैवाहिक बन्धनलाई अझै बलियो पार्न शान र किआराले कस्ता कदम चाले?

  • पति र पत्नीले किन आफ्नो वैवाहिक जीवनमा कुनै समस्या हुनेछैन भनेर सोच्नु हुँदैन?

चित्र: ‘वैवाहिक बन्धन बलियो बनाउनुहोस्‌’ भिडियोबाट लिइएका केही दृश्‍य। शान र कियारा आफ्नो वैवाहिक बन्धनलाई बलियो बनाउन कदम चाल्छन्‌। १. तिनीहरू दुई जना सोफाको दुई कुनामा बसिरहेका छन्‌। २. तिनीहरू एकअर्काको हात थामिरहेका छन्‌। ३. तिनीहरू सँगै मिलेर खुसीसाथ प्रचारकार्यमा भाग लिइरहेका छन्‌।

तपाईँ आफ्नो वैवाहिक बन्धनलाई अझै बलियो बनाउन सक्नुहुन्छ!

वैवाहिक बन्धनलाई अझै बलियो बनाउन मदत गर्ने थप सुझावहरू ब्यूँझनुहोस्‌! पत्रिकामा भएका निम्न लेखहरूमा र jw.org/ne वेबसाइटमा पाउन सक्नुहुन्छ:

  • “छोराछोरीहरू छुट्टै बस्न थालेपछि”—g१७.०४ पृ. १०-११

  • “समस्याबारे कसरी कुरा गर्ने?”—g१६.०३ पृ. १०-११

  • “बिहे गरेर पछुताउनुभएको छ?”—g ४/१४ पृ. १४-१५

  • “राम्ररी कुरा सुन्‍नुको अर्थ”—g १/१४ पृ. १२-१३

  • “झगडा कसरी रोक्ने?”—g ४/१३ पृ. ८-९

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने