प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb20 डिसेम्बर पृ. ८
  • पत्रिकाहरू प्रयोग गरिरहनुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पत्रिकाहरू प्रयोग गरिरहनुहोस्‌
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका २०२०
  • मिल्दोजुल्दो सामग्री
  • आफ्नो सेवकाईमा पत्रिकाहरू चलाउनुहोस्‌
    हाम्रो राज्य सेवकाई—२००५
  • हाम्रा पत्रिकाहरूको सदुपयोग गर्नुहोस्‌
    हाम्रो राज्य सेवकाई—१९९६
  • पत्रिकाहरू राज्य घोषणा गर्छन्‌
    हाम्रो राज्य सेवकाई—१९९८
  • पत्रिका वितरणका लागि छुट्टै समय निकाल्नुहोस्‌
    हाम्रो राज्य सेवकाई—१९९३
थप हेर्नुहोस्
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका २०२०
mwb20 डिसेम्बर पृ. ८
एक बहिनी एउटी स्त्रीसित ‘ब्यूँझनुहोस्‌!’ प्रत्रिकाको एउटा अङ्‌कबाट कुरा गर्दै छिन्‌।

ख्रिष्टियन जीवन

पत्रिकाहरू प्रयोग गरिरहनुहोस्‌

सन्‌ २०१८ देखि हाम्रा जनसंस्करण पत्रिकाहरूको प्रत्येक अङ्‌क कुनै एउटा खास विषयमा केन्द्रित हुँदै आएका छन्‌। यी सबै पत्रिका हाम्रो शिक्षण सामग्रीका भाग हुन्‌। त्यसैले हामी यी पत्रिकाहरू प्रचारकार्यमा प्रयोग गर्न सक्छौँ। यात्रा गर्दा वा किनमेल गर्न जाँदा यी पत्रिकाहरू आफ्नो साथमा लैजान सक्छौँ। यी पत्रिकाहरू बाइबल अध्ययन गराउने उद्देश्‍यले तयार पारिएका नभए तापनि यी पत्रिकाहरूले मानिसहरूमा परमेश्‍वरबारे सिक्ने इच्छा जगाउन सक्छ।

कुराकानी सुरु गरेपछि बाइबल पद देखाउनुहोस्‌ र घरधनीलाई चासो लाग्ने विषयको कुनै पत्रिका देखाउनुहोस्‌। उदाहरणको लागि, तिनका छोराछोरी छन्‌ अथवा तिनले तनाव वा शोकको सामना गरिरहेका छन्‌ भने तपाईँ यसो भन्‍न सक्नुहुन्छ: “यस विषयमा हालै मैले एउटा राम्रो लेख पढेको थिएँ। तपाईँलाई पनि देखाऊँ?” तिनले चासो देखाएमा पहिलो भेटमै तिनलाई पत्रिकाको छापिएको प्रति दिन वा इलेक्ट्रोनिक प्रति पठाउन सक्नुहुन्छ। हुनत हाम्रो मुख्य उद्देश्‍य साहित्य वितरण गर्नु होइन तर यी पत्रिकाहरूमार्फत आफूले सिकेको कुरा लागू गर्न चाहने मानिसहरू भेट्टाउन सक्छौँ।—प्रे १३:४८.

२०१८

चित्रहरूको सङ्‌गालो: सन्‌ २०१८ को ‘प्रहरीधरहरा’ र ‘ब्यूँझनुहोस्‌!’ पत्रिकाहरूको आवरण पृष्ठ। १. ‘के बाइबल आज पनि उत्तिकै उपयोगी छ?’ २. ‘भविष्य कस्तो छ?’ ३. ‘के ईश्‍वरले तपाईँको ख्याल राख्नुहुन्छ?’ ४. ‘आनन्दतर्फ लैजाने बाटो’ ५. ‘पारिवारिक जीवन सफल बनाउने १२ रहस्य’ ६. ‘शोकमा परेकाहरूका लागि मदत’

२०१९

चित्रहरूको सङ्‌गालो: सन्‌ २०१९ को ‘प्रहरीधरहरा’ र ‘ब्यूँझनुहोस्‌!’ पत्रिकाहरूको आवरण पृष्ठ। ‘साँचो ईश्‍वर को हुनुहुन्छ?’ २. ‘के जिउनुको कुनै अर्थ छ?’ ३. ‘के जीवन यति नै हो?’ ४. ‘शान्तिमय र सुरक्षित संसार सम्भव छ?’ ५. ‘छोराछोरीले सिक्नुपर्ने छ वटा पाठ’ ६. ‘दैनिक जीवनमा उपयोगी हुने किताब’

२०२०

चित्रहरूको सङ्‌गालो: सन्‌ २०२० को ‘प्रहरीधरहरा’ र ‘ब्यूँझनुहोस्‌!’ पत्रिकाहरूको आवरण पृष्ठ। १. ‘सत्य कहाँ पाउन सकिन्छ?’ २. ‘ईश्‍वरको राज्य के हो?’ ३. ‘मायालु ईश्‍वरबाट सधैँभरि रहने आशिष्‌ पाउनुहोस्‌’ ४. ‘तनावबाट मुक्‍ति पाउनुहोस्‌’ ५ ‘दुःखकष्टबारे ५ प्रश्‍नको जवाफ’ ६. ‘के पूर्वाग्रह हटाउने कुनै उपाय छ?’

तपाईँको इलाकाका मानिसहरूलाई कस्ता विषयहरूमा चासो लाग्छ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने