प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • fg पाठ १२ प्रश्‍न १-५
  • तपाईँ कसरी परमेश्‍वरको नजिक हुन सक्नुहुन्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • तपाईँ कसरी परमेश्‍वरको नजिक हुन सक्नुहुन्छ?
  • परमेश्‍वरबाट आएको सुसमाचार!
  • मिल्दोजुल्दो सामग्री
  • तपाईं कसरी भगवान्‌सित नजिक हुन सक्नुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
  • तपाईं कसरी परमेश्‍वरको नजीक हुन सक्नुहुन्छ
    ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्‍याउँछ
  • प्रार्थना गरेर परमेश्‍वरसित नजिक हुनुहोस्‌
    बाइबलले वास्तवमा के सिकाउँछ?
  • प्रार्थनाद्वारा परमेश्‍वरसित घनिष्ठ हुने
    परमेश्‍वर हामीबाट के चाहनुहुन्छ?
थप हेर्नुहोस्
परमेश्‍वरबाट आएको सुसमाचार!
fg पाठ १२ प्रश्‍न १-५

पाठ १२

तपाईँ कसरी परमेश्‍वरको नजिक हुन सक्नुहुन्छ?

१. के परमेश्‍वर सबै प्रार्थना सुन्‍नुहुन्छ?

एक जना मानिस परमेश्‍वरलाई प्रार्थना गर्दै

परमेश्‍वर सबै मानिसलाई प्रार्थना गरेर उहाँको नजिक हुन निम्तो दिनुहुन्छ। (भजन ६५:२) तर उहाँ जुनसुकै प्रार्थना भने सुन्‍नुहुन्‍न। जस्तै: आफ्नी पत्नीलाई दुर्व्यवहार गर्ने पतिको प्रार्थना उहाँ सुन्‍नुहुन्‍न। (१ पत्रुस ३:७) इस्राएलीहरूले खराब काम गर्न नछोड्‌दा परमेश्‍वरले तिनीहरूको प्रार्थना सुन्‍नुभएन। तर गम्भीर पाप गरेका मानिसहरूले पछुतो गरे भने परमेश्‍वर तिनीहरूको प्रार्थना सुन्‍नुहुन्छ। त्यसैले कुरा प्रस्ट छ, परमेश्‍वरलाई प्रार्थना गर्न पाउनु सुअवसर हो।—यसैया १:१५; ५५:७ पढ्‌नुहोस्‌।

के परमेश्‍वर सबै प्रार्थना सुन्‍नुहुन्छ? भन्‍ने भिडियो हेर्नुहोस्‌

२. हामीले कसरी प्रार्थना गर्नुपर्छ?

प्रार्थना हाम्रो उपासनाको भाग हो। त्यसैले हामीले हाम्रा सृष्टिकर्ता यहोवालाई मात्र प्रार्थना गर्नुपर्छ। (मत्ति ४:१०; ६:९) हामी पापी भएकोले हामीले येसुको नाममा प्रार्थना गर्नुपर्छ। किनभने उहाँ हाम्रो पापको लागि मर्नुभयो। (युहन्‍ना १४:६) हामीले कण्ठ गरेर वा लेखिएको कुरा पढेर प्रार्थना गरेको यहोवा परमेश्‍वर मन पराउनुहुन्‍न। हामीले मनैदेखि प्रार्थना गरेको उहाँ चाहनुहुन्छ।—मत्ति ६:७; फिलिप्पी ४:६, ७ पढ्‌नुहोस्‌।

सृष्टिकर्ता यहोवा हामीले मनमनै गरेको प्रार्थना पनि सुन्‍न सक्नुहुन्छ। (१ समुएल १:१२, १३) उहाँ हामीलाई जुन बेला पनि प्रार्थना गर्न निम्तो दिनुहुन्छ। जस्तै: बिहान उठेपछि, राती सुत्ने बेलामा, खाना खानुअघि र विभिन्‍न समस्या भोग्नुपर्दा।—भजन ५५:२२; मत्ति १५:३६ पढ्‌नुहोस्‌।

३. हामी किन एक ठाउँमा भेला हुनुपर्छ?

मानिसहरू ख्रिष्टियन सभामा बाइबल पढ्‌दै

परमेश्‍वरको नजिक हुनु सजिलो कुरा होइन। किनभने हामी परमेश्‍वरमा विश्‍वास नगर्ने र पृथ्वीमा शान्ति स्थापना गर्ने उहाँको प्रतिज्ञाको खिल्ली उडाउने मानिसहरूबीच बस्छौँ। (२ तिमोथि ३:१, ४; २ पत्रुस ३:३, १३) त्यसैले आफ्नो जस्तै विश्‍वास भएकाहरूसित सरसङ्‌गत गरेर प्रोत्साहन आदानप्रदान गर्नुपर्छ।—हिब्रू १०:२४, २५ पढ्‌नुहोस्‌।

परमेश्‍वरलाई प्रेम गर्ने मानिसहरूसँग सङ्‌गत गर्दा हामी उहाँको नजिक हुन सक्छौँ। अरूको विश्‍वासद्वारा प्रोत्साहन पाउने एउटा राम्रो मौका यहोवाका साक्षीहरूको सभामा उपस्थित भएर हो।—रोमी १:११, १२ पढ्‌नुहोस्‌।

४. तपाईँ कसरी परमेश्‍वरको नजिक हुन सक्नुहुन्छ?

एक जना मानिस काम गर्ने ठाउँमा खाजा खाने समयमा बाइबल पढ्‌दै

परमेश्‍वरको वचनबाट सिकेको कुरामा मनन गरेर तपाईँ उहाँको नजिक हुन सक्नुहुन्छ। उहाँको काम, उहाँको सल्लाह र उहाँले गर्नुभएका प्रतिज्ञाहरूबारे मनन गर्नुहोस्‌। प्रार्थना र मननले परमेश्‍वरको प्रेम र बुद्धिप्रति हाम्रो कृतज्ञता बढाउनेछ।—यहोसु १:८; भजन १:१-३ पढ्‌नुहोस्‌।

यहोवाप्रति भरोसा र विश्‍वास छ भने मात्र तपाईँ उहाँको नजिक हुन सक्नुहुन्छ। विश्‍वास बोटबिरुवा जस्तै हो, जसलाई पोषण चाहिन्छ। आफूले परमेश्‍वरमाथि विश्‍वास गर्नुको कारणबारे मनन गरेर तपाईँले आफ्नो विश्‍वासलाई निरन्तर पोषण दिइरहनुपर्छ।—मत्ति ४:४; हिब्रू ११:१, ६ पढ्‌नुहोस्‌।

५. परमेश्‍वरको नजिक हुँदा तपाईँलाई कस्तो लाभ हुन्छ?

यहोवा उहाँलाई प्रेम गर्नेहरूको ख्याल राख्नुहुन्छ। तिनीहरूको विश्‍वासलाई र अनन्त जीवनको आशालाई हानि पुऱ्‍याउन सक्ने जुनसुकै कुराबाट उहाँ तिनीहरूलाई जोगाउन सक्नुहुन्छ। (भजन ९१:१, २, ७-१०) हाम्रो स्वास्थ्यमा हानि पुग्ने र हाम्रो आनन्द गुम्ने खालको जीवनशैली नबिताउन उहाँ हामीलाई सजग गराउनुहुन्छ। यहोवा हामीलाई उत्तम जीवन बिताउने तरिका सिकाउनुहुन्छ।—भजन ७३:२७, २८; याकुब ४:४, ८ पढ्‌नुहोस्‌।

साथीहरू मिलेर रमाइलो गर्दै

थप जानकारीको लागि बाइबलले हामीलाई के सिकाउँछ? किताबको अध्याय १७ हेर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने