प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwbr22 सेप्टेम्बर पृ. १
  • जीवन र सेवा अभ्यास पुस्तिका-को लागि स्रोत सामग्री

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जीवन र सेवा अभ्यास पुस्तिका-को लागि स्रोत सामग्री
  • जीवन र सेवा अभ्यास पुस्तिकाको लागि स्रोत सामग्री—२०२२
  • उपशीर्षकहरू
  • अक्टोबर १७-२३
  • अक्टोबर ३१–नोभेम्बर ६
जीवन र सेवा अभ्यास पुस्तिकाको लागि स्रोत सामग्री—२०२२
mwbr22 सेप्टेम्बर पृ. १

जीवन र सेवा अभ्यास पुस्तिका-को लागि स्रोत सामग्री

अक्टोबर १७-२३

बाइबलमा पाइने अनमोल धन | १ राजा २१–२२

“अख्तियार प्रयोग गर्ने सन्दर्भमा यहोवाको अनुकरण गर्नुहोस्‌”

it-2-E पृ. २४५

झूट

येसु ख्रिष्टको सुसमाचार होइन तर झूटा शिक्षाहरू रुचाउनेहरूले “झूटमै विश्‍वास गरून्‌” भनेर यहोवा परमेश्‍वरले तिनीहरूमा ‘सैतानलाई काम गर्न’ दिनुहुन्छ। (२थि २:९-१२) सयौँ वर्षअघि इस्राएलका राजा आहाबको सन्दर्भमा पनि यस्तै भएको थियो। झूटा भविष्यवक्‍ताहरूले आहाबलाई तिनी रामोथ-गिलादविरुद्धको लडाइँमा विजयी हुनेछन्‌ भने तर परमेश्‍वरका भविष्यवक्‍ता मिकायाहले भने तिनी मारिनेछन्‌ भने। मिकायाहले देखेको दर्शनमा यहोवाले एक जना स्वर्गदूतलाई आहाबका भविष्यवक्‍ताहरूलाई ‘झूट बोल्न लगाउने’ अनुमति दिनुभयो। भन्‍नुको मतलब, यस स्वर्गदूतले आफ्नो शक्‍ति प्रयोग गरेर ती भविष्यवक्‍ताहरूलाई सत्य होइन, झूट बोल्न लगाए। वास्तवमा तिनीहरू झूट बोल्न चाहन्थे र आहाब पनि त्यही कुरा सुन्‍न चाहन्थे। पहिल्यै चेतावनी पाए तापनि आहाबले आफूलाई तिनीहरूको झूटमा बहकिन दिए। यसको परिणामस्वरूप तिनले आफ्नो ज्यान गुमाउनुपऱ्‍यो।—१रा २२:१-३८; २इ १८.

अक्टोबर ३१–नोभेम्बर ६

बाइबलमा पाइने अनमोल धन | २ राजा ३-४

बहुमूल्य रत्न

it-2-E पृ. ६९७ अनु. २

भविष्यवक्‍ता

“भविष्यवक्‍ताहरूका छोराहरू।” “भविष्यवक्‍ताहरूका छोराहरू” भन्‍ने अभिव्यक्‍तिले भविष्यवक्‍ताहरूलाई प्रशिक्षण दिने केन्द्रलाई वा भविष्यवक्‍ताहरूको दललाई जनाएको हुन सक्छ। त्यस्ता दलहरू बेथेल, यरिहो र गिलगालमा थिए भनेर बाइबलमा बताइएको छ। (२रा २:३, ५; ४:३८; तुलना गर्नुहोस्‌: १स १०:५, १०) समुएल रामाका भविष्यवक्‍ताहरूको दलका नाइके थिए। (१स १९:१९, २०) एलिसाले पनि नाइकेको रूपमा सेवा गरेका थिए जस्तो देखिन्छ। (२रा ४:३८; ६:१-३; तुलना गर्नुहोस्‌: १रा १८:१३) ती विवरणहरू हेर्दा तिनीहरूले आफू बस्नको लागि आफै घर बनाउँथे र औजारहरू सापटी लिएर चलाउँथे भनेर बुझ्न सक्छौँ। त्यसैले तिनीहरू सरल जीवन बिताउँथे जस्तो देखिन्छ। हुनत अक्सर तिनीहरू सँगै बस्थे र सँगै खान्थे तर भविष्यवक्‍ताको काम गर्ने सन्दर्भमा भने प्रत्येकले छुट्टाछुट्टै जिम्मेवारी पाएका हुन्थे।—१रा २०:३५-४२; २रा ४:१, २, ३९; ६:१-७; ९:१, २.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने