प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • ijwhf लेख ६
  • एकअर्कासित विचार नमिल्दा

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • एकअर्कासित विचार नमिल्दा
  • परिवारका लागि
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • तपाईँले के बुझ्नुपर्छ?
  • तपाईँ के गर्न सक्नुहुन्छ?
  • मेलमिलाप गर्नुहोस्‌, तर कसरी?
    ब्यूँझनुहोस्‌!—२०१५
  • पाको उमेरमा तपाईँ कसरी वैवाहिक सम्बन्धलाई जोगाउन सक्नुहुन्छ?
    परिवारका लागि
  • बिहे गरेर पछुताउनुभएको छ?
    ब्यूँझनुहोस्‌!—२०१४
  • ‘विवाह आदरणीय होस्‌’
    “आफूलाई परमेश्‍वरको प्रेम पाउन लायक बनाइराख”
थप हेर्नुहोस्
परिवारका लागि
ijwhf लेख ६
पति-पत्नी रिसाउँदै गाडीको झ्यालबाट बाहिर हेर्छन्‌

परिवारका लागि

एकअर्कासित विचार नमिल्दा

एकअर्काको रुचि, बानी अनि व्यक्‍तित्व फरक-फरक हुने भएकोले विवाहित जोडीलाई कहिलेकाहीँ एक-अर्कासँग मिलेर बस्न गाह्रो लाग्न सक्छ। तर कुनै-कुनै विषय झनै संवेदनशील हुन सक्छ, जस्तै:

  • आफन्तहरूसँग कति समय बिताउने

  • पैसाको सदुपयोग कसरी गर्ने

  • छोराछोरी जन्माउने कि नजन्माउने

यदि तपाईँ र तपाईँको जीवनसाथीको विचार मिल्दैन भने के गर्न सक्नुहुन्छ?

  • तपाईँले के बुझ्नुपर्छ?

  • तपाईँ के गर्न सक्नुहुन्छ?

तपाईँले के बुझ्नुपर्छ?

एकअर्कासित मिल्छ भन्दैमा सबै कुरामा एउटै विचार हुँदैन। असाध्यै मिल्ने पति-पत्नीको पनि कहिलेकाहीँ एकअर्कासित विचार नमिल्न सक्छ, गम्भीर विषयहरूमा समेत तिनीहरूको एउटै विचार नहुन सक्छ।

“मेरो परिवारका सदस्यहरू एकअर्कासित धेरै समय बिताउन मन पराउँछन्‌। सप्ताहन्तमा हामी हजुरबुबा-हजुरआमा, काका-काकी अनि दाजुभाइ दिदीबहिनीसँग धेरै समय बिताउने गर्थ्यौँ। मेरो श्रीमान्‌को परिवार चाहिँ त्यस्तो छैन। त्यसैले परिवारसँग कति समय बिताउने वा टाढाका नातेदारहरूसँग कुराकानी गर्न कति समय खर्च गर्ने भन्‍ने विषयमा हाम्रो फरक-फरक धारणा छ।”—तामारा।

“हामी हुर्किएको वातावरणले गर्दा पैसा केमा खर्च गर्नेबारे म र मेरी श्रीमतीको फरक-फरक धारणा थियो। विवाहपछिका सुरु-सुरुका केही महिना यस विषयमा हाम्रो निकै विवाद हुन्थ्यो। यस्तो कुरा सुल्झाउन एक-दुई चोटि मात्र होइन, धेरै चोटि कुरा गर्नुपर्थ्यो।”—टाइलर।

एउटै दृश्‍य पति-पत्नीले फरक-फरक दिशाबाट हेर्छन्‌

दुई जना मान्छेले एउटै दृश्‍य हेरे पनि त्यसबारे तिनीहरूको दृष्टिकोण फरक-फरक हुन सक्छ। त्यसैगरि, कुनै कुरामा सहमत नहुँदा पति-पत्नीको पनि एउटै विषयमा फरक-फरक दृष्टिकोण हुन सक्छ

कुनै-कुनै समस्या आफ्नो जोडीको विचारलाई प्राथमिकता दिँदैमा समाधान हुँदैन। उदाहरणको लागि: सासू वा ससुरा बिरामी भएकोले हेरचाह गर्नुपर्ने भयो भने नि? अनि दम्पतीमध्ये एक जना बच्चा जन्माउन चाहन्छन्‌ तर अर्को चाहँदैनन्‌ भने नि?a

“म र मेरी श्रीमतीले बच्चा जन्माउने कि नजन्माउने भन्‍ने विषयमा घण्टौँ-घण्टा कुरा गऱ्‍यौँ। उनी यसबारे झन्‌झनै सोचिरहेकी छिन्‌ अनि हामीबीचको भिन्‍नता अझ फराकिलो हुँदै छ। हाम्रो विचार मिल्ने म कुनै बाटो देख्दिनँ।”—एलेक्स।

फरक दृष्टिकोण हुँदैमा तपाईँको वैवाहिक जीवन असफल हुन्छ भन्‍ने होइन। केही विशेषज्ञअनुसार तपाईँको जीवनसाथी र तपाईँ कुनै गम्भीर विषयमा एकअर्कासँग सहमत हुन सक्नुभएन भने जसरी भए पनि आफूले भनेजस्तो गर्नुपर्छ, चाहे त्यसको लागि तपाईँको विवाह नै किन नटुटोस्‌। तर यस्तो “समाधान”-ले तपाईँले आफ्नो भावनालाई नै बढी महत्त्व दिएको र आफ्नो जोडीसँग सधैँभरि जीवन बिताउनेछु भनेर ईश्‍वरको अघि गरेको वाचालाई कुनै महत्त्व नदिएको देखाउँछ।

तपाईँ के गर्न सक्नुहुन्छ?

आफ्नो विवाह वाचाअनुसार चल्ने अठोट गर्नुहोस्‌। यदि यस्तो अठोट गर्नुभएको छ भने तपाईँले आफ्नो जोडीलाई प्रतिस्पर्धी होइन, सहयोगी ठानेर समस्या सुल्झाउन सक्नुहुनेछ।

बाइबल सिद्धान्त: “जसलाई परमेश्‍वरले एकसाथ जोड्‌नुभएको छ, त्यसलाई कुनै मानिसले नछुट्ट्याओस्‌।”—मत्ति १९:६.

पहिल्यै सोचविचार गर्नुहोस्‌। उदाहरणको लागि, तपाईँहरूमध्ये एक जना बच्चा जन्माउन चाहनुहुन्छ तर अर्कोले चाहँदैनन्‌। यस्तो अवस्थामा धेरै कुरा विचार गर्नुपर्छ, जस्तै:

  • तपाईँहरूको वैवाहिक बन्धन कत्तिको बलियो छ?

    के तपाईँहरू बच्चा हुर्काउने थप जिम्मेवारी सम्हाल्न तयार हुनुहुन्छ?

  • बुबाआमा हुँदाको जिम्मेवारी।

    यसमा गाँस, बास, कपासको प्रबन्ध गर्नुबाहेक अरू कुरा पनि मुछिएका छन्‌।

  • तपाईँहरूको आर्थिक अवस्था।

    के तपाईँहरू जागिर, पारिवारिक जिम्मेवारी अनि अरू दायित्व राम्ररी पूरा गर्न सक्नुहुन्छ?

बाइबल सिद्धान्त: “तिमीहरूमध्ये कोचाहिँ यस्तो होला, जसले धरहरा बनाउने विचार गरेपछि त्यो बनाइसिद्ध्याउने खर्च आफूसित छ कि छैन भनी बसेर पहिला हिसाब गर्दैन?”—लुका १४:२८.

सबै पक्ष विचार गर्नुहोस्‌: तपाईँहरू सहमत नभएको कुनै विषयका केही पक्ष सायद समाधान गर्न सक्नुहुन्छ। उदाहरणको लागि, यदि बच्चा जन्माउने कि नजन्माउने विषयमा फरक धारणा छ भने बच्चा जन्माउन नचाहने जोडीले आफैलाई यस्ता प्रश्‍न सोध्न सक्छन्‌:

  • ‘मैले बच्चा नजन्माऔँ भन्‍नुको मतलब, के म कहिल्यै बच्चा जन्माउन चाहँदिनँ भन्‍न खोजेको हुँ कि अहिले चाहिँ चाहँदिनँ?’

  • ‘म राम्रो बुबा वा आमा बन्‍न सक्दिनँ होला जस्तो लागेकोले पो हो कि?’

  • ‘मेरो जीवनसाथीले मलाई वास्ता नगर्ला भनेर डराएको हुँ कि?’

अर्कोतर्फ, बच्चा जन्माउन चाहने जोडीले आफैलाई यस्ता प्रश्‍न सोध्न सक्छन्‌:

  • ‘के हामी बुबाआमाको जिम्मेवारी सम्हाल्न तयार छौँ?’

  • ‘के हामी बच्चा हुर्काउने आर्थिक भार उठाउन सक्छौँ?’

बाइबल सिद्धान्त: “माथिबाट आउने बुद्धि . . . व्यावहारिक . . . हुन्छ।”—याकुब ३:१७.

तपाईँको जीवनसाथीको दृष्टिकोणको राम्रो पक्ष बुझ्नुहोस्‌। दुई जना मान्छेले एउटै दृश्‍य हेरे पनि त्यसबारे तिनीहरूको दृष्टिकोण फरक-फरक हुन सक्छ। त्यसैगरि, पति-पत्नीको पनि एउटै विषयमा फरक-फरक दृष्टिकोण हुन सक्छ। उदाहरणको लागि, पैसा केमा खर्च गर्ने? तपाईँहरूबीच फरक दृष्टिकोण भएको कुनै विषयबारे छलफल गर्दा दुवै जना सहमत भएको बुँदाबाट कुरा थाल्नुहोस्‌।

  • तपाईँहरू दुवैको लक्ष्यमा समान कुरा के हो?

  • प्रत्येकको दृष्टिकोणको राम्रो पक्ष के हो?

  • आफ्नो वैवाहिक बन्धनलाई खतरामा नपार्न के तपाईँहरूमध्ये एक वा दुवै जनाले आफ्नो दृष्टिकोणमा छाँटकाँट गर्न सक्नुहुन्छ?

बाइबल सिद्धान्त: “हरेकले आफ्नो होइन तर अर्को मानिसको फाइदा खोज्ने गरोस्‌।”—१ कोरिन्थी १०:२४.

निएली र गेब्रिएल

“हामी सधैँ एकअर्काको विचार वा काम गर्ने तरिकामा सहमत हुनुपर्छ भन्‍ने छैन भनेर सिक्यौँ। हामीले एकअर्काको दृष्टिकोणप्रति आदर देखाउनु महत्त्वपूर्ण छ। आफ्नो जोडीको दृष्टिकोण स्विकार्नुको अर्थ आफ्नो हार होइन।”—निएली, आफ्नो पति गेब्रिएलसित।

a गम्भीर विषयहरू विवाहअघि नै छलफल गर्नुपर्छ। तैपनि सोच्दै नसोचेको परिस्थिति आउन सक्छ अथवा समयको दौडान आफ्नो जोडीको भावना परिवर्तन हुन सक्छ।—उपदेशक ९:११.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने