प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • ijwbq लेख ३५
  • बाइबलले क्रिसमसबारे के भन्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • बाइबलले क्रिसमसबारे के भन्छ?
  • बाइबल प्रश्‍नहरूको जवाफ
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • बाइबलको जवाफ
  • क्रिसमससित सम्बन्धित चलनहरूको इतिहास
  • क्रिसमस—पूर्वीय देशहरूमा पनि किन?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
  • के ख्रीष्टियनहरूले क्रिसमस मनाउनु हुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण—२०१७)
  • क्रिसमस—सरकारी बिदा वा धार्मिक पर्व?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
  • आधुनिक क्रिसमसको मूल
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
थप हेर्नुहोस्
बाइबल प्रश्‍नहरूको जवाफ
ijwbq लेख ३५

बाइबलले क्रिसमसबारे के भन्छ?

बाइबलको जवाफ

बाइबलमा येशूको जन्म ठ्याक्कै कहिले भएको थियो भनेर बताइएको छैन। अनि उहाँको जन्मदिन मनाउनुपर्छ भनेर पनि कतै लेखिएको छैन। एउटा विश्‍वकोशa यसो भन्छ: “क्रिसमस मनाउनु कुनै ईश्‍वरीय निर्देशन होइन न त नयाँ नियममा यस बारे कुनै आज्ञा नै दिइएको छ।”

इतिहास केलाउने हो भने क्रिसमसको सुरुवात गैर-ख्रीष्टियन धर्मसित सम्बन्धित छ। परमेश्‍वरलाई उचित तरिकामा उपासना गरेनौं भने हामीले उहाँको अपमान गरिरहेका हुन्छौं भन्‍ने कुरा बाइबलबाट थाह पाउन सक्छौं।—प्रस्थान ३२:५-७.

क्रिसमससित सम्बन्धित चलनहरूको इतिहास

  1. १.येशूको जन्मदिन मनाउने: एउटा विश्‍वकोशb यसो भन्छ, “सुरु-सुरुका ख्रीष्टियनहरू येशूको जन्मदिन मनाउँदैन थिए। तिनीहरू कसैको जन्मदिन मनाउनुलाई गैर-ख्रीष्टियन चलन ठान्थे।”

  2. २.डिसेम्बर २५: येशू यो मितिमा जन्मनुभएको थियो भन्‍ने कुराको कुनै प्रमाण छैन। चर्चहरूले रोमी चाडबाड वा मकर सङ्‌क्रान्तिसँग यो मिति मिलाउन डिसेम्बर २५ छानेका हुन सक्छन्‌।

  3. ३.उपहार दिने, भोजभतेर: एउटा विश्‍वकोशअनुसारc “डिसेम्बरको बीचतिर रोमीहरूले मनाउने चाडपर्व ‘साटर्निलिया’-मा मैनबत्ती बाल्ने, उपहार दिने र भोजभतेर गर्ने कुरा व्याप्त थियो। क्रिसमसमा पनि यही चलनको प्रभाव देखिन्छ।” अर्को विश्‍वकोशअनुसारd ‘साटर्निलिया’-को दिन “सबै काम अनि व्यापार बन्द गरिन्थ्यो।”

  4. ४.क्रिसमसमा बालिने बत्ती: एउटा धर्मसम्बन्धी विश्‍वकोशअनुसारe विगतमा युरोपेलीहरू मकर सङ्‌क्रान्ति मनाउन र दुष्ट स्वर्गदूतहरूलाई भगाउन आफ्नो घर झिलीमिली बनाउँथे।

  5. ५.मिसल्टो, होली: यी बोटबिरुवाहरू क्रिसमसमा सजाउनको लागि प्रयोग गरिन्छ। एउटा विश्‍वकोशअनुसारf “मिसल्टोमा जादुई शक्‍ति हुन्छ भनेर जादुगरहरू मानिलिन्थे। सूर्य फर्कने प्रतिज्ञाको स्मरण गर्न होली बोटको उपासना गरिन्थ्यो।”

  6. ६.क्रिसमस रूख: एउटा विश्‍वकोशg यसो भन्छ “रूखको उपासना गर्ने चलन युरोपका गैर-ख्रीष्टियनहरूमा व्याप्त थियो। पछि उनीहरूले ख्रीष्टियन धर्म अङ्‌गाल्दा यो चलनलाई पनि सँगै भित्र्याए। तिनीहरू जाडो बिदाको समयमा घरको ढोका नजिक वा घरभित्र क्रिसमस रूख राख्ने गर्थे।”

a McClintock and Strong’s Cyclopedia

b The World Book Encyclopedia.

c The Encyclopedia Americana

d Encyclopædia Britannica

e The Encyclopedia of Religion

f The Encyclopedia Americana

g Encyclopædia Britannica

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने