प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g00 २/८ पृ. ३२
  • “हामी अत्यन्तै कृतज्ञ छौं!”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “हामी अत्यन्तै कृतज्ञ छौं!”
  • ब्यूँझनुहोस्‌!—२०००
ब्यूँझनुहोस्‌!—२०००
g00 २/८ पृ. ३२

“हामी अत्यन्तै कृतज्ञ छौं!”

“मेरो आमाको ज्यान बचाउनुमा ब्यूँझनुहोस्‌!-को [मार्च ८, १९९८] मस्तिष्कघात सम्बन्धी लेखहरूले महत्त्वपूर्ण भूमिका निर्वाह गऱ्‍यो भन्‍ने कुरामा मलाई कुनै शंका छैन” भनेर क्यारोलले क्यानाडास्थित यहोवाका साक्षीहरूको शाखा कार्यालयलाई लेखिन्‌। तिनको आमाको बायाँ हात अलि लाटो भएको जस्तो भयो र भोलिपल्ट बिहान सम्ममा त आँखा पनि धमिलो हुन थाल्यो। क्यारोल भन्छिन्‌, “अब एक दिन हेरौं अनि ठीक नभए डाक्टरकहाँ जाऔंला भन्‍ने विचारमा उहाँ हुनुहुन्थ्यो। त्यसैले मैले उहाँलाई मस्तिष्कघात सम्बन्धी ब्यूँझनुहोस्‌! पढीहाल्न सल्लाह दिएँ। त्यसको १५ मिनेट भित्रै उहाँले मलाई फोन गर्नुभयो र अस्पताल जानुपऱ्‍यो भन्‍नुभयो। डाक्टरले उहाँलाई रातभर परीक्षणको लागि अस्पतालमै राखे। उहाँलाई सानो खाले मस्तिष्कघात भएको रहेछ भनेर डाक्टरहरूले भोलिपल्ट सम्ममा पक्का गरेर भने र उहाँ अस्पताल आउनुभएको एकदमै बेस भयो भनेर पनि बताए। हामी यी लेखहरूका निम्ति अत्यन्तै कृतज्ञ छौं।”

बाइबलमा शारीरिक तथा मानसिक सुस्वास्थ्य दुवैको निम्ति व्यवहारिक डोऱ्‍याइ देखेर तपाईं छक्क पर्नु होला। यो तथ्य ३२ पृष्ठे सबैका लागि उपयोगी किताब नामक अत्यन्तै राम्रो पुस्तिकाको पृष्ठ २० र २१ का साथै पृष्ठ २५ र २६ मा छलफल गरिएको छ। सबैका लागि उपयोगी किताब पुस्तिकाबारे अझ धेरै बुझाइ दिन तपाईंकै इलाकामा बस्ने हाम्रा एक जना प्रतिनिधिलाई पठाउन खुसी हुनेछौं। चाहनुहुन्छ भने, निम्न कुपन भरेर यहाँ दिइएको ठेगाना वा यही पत्रिकाको पृष्ठ ५ मा दिइएको तपाईंलाई सुविधा पर्ने ठेगानामा पठाउनुहोस्‌।

◻ तपाईंहरूको एक जना प्रतिनिधि मलाई भेट्‌न पठाइदिनुहोस्‌।

◻ कृपया निःशुल्क गृह बाइबल अध्ययनको लागि मकहाँ कोही पठाइ दिनुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने