प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g०१ ८/८ पृ. २४
  • विश्‍वदर्शन

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • विश्‍वदर्शन
  • ब्यूँझनुहोस्‌!—२००१
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • सात करोड नब्बे लाख महिला “बेपत्ता”
  • सबैभन्दा लामो सुरुङ बाटो खोलियो
  • रहस्यमय बचाउ
  • चुसुवा जिब्रो
  • अमेजोनको स्रोत चिनियो
  • विश्‍वकै सबैभन्दा लामो सुरुङ मार्ग
    ब्यूँझनुहोस्‌!—२००२
  • महिलाहरू तथा तिनीहरूको कामको मूल्यांकन
    ब्यूँझनुहोस्‌!—१९९८
ब्यूँझनुहोस्‌!—२००१
g०१ ८/८ पृ. २४

विश्‍वदर्शन

सात करोड नब्बे लाख महिला “बेपत्ता”

रोयटर्सको रिपोर्टअनुसार संयुक्‍त राष्ट्र संघले “भारत, पाकिस्तान, बंगलादेश, नेपाल, श्रीलंका, भुटान तथा माल्दिभ्समा” सञ्चालन गरेको सर्वेक्षणमा “महिलाहरूप्रति जन्मअघि वा पछि गरिने पक्षपातपूर्ण व्यवहारले गर्दा ‘दक्षिण एसियामा झन्डै ७ करोड ९० लाख महिलाहरू बेपत्ता भएका’ छन्‌।” गर्भपतनबाहेक “बालहत्या र खाना खुवाउने कुरामा केटालाई प्राथमिकता दिनु” पनि महिलाहरू “बेपत्ता” हुनुका कारण हुन्‌। वयस्क भइसकेपछि, पक्षपातको सिकार भइरहन्छन्‌ र परिणामस्वरूप महिलाहरूमा दीर्घकालीन कुपोषणका समस्याहरू देखा पर्छन्‌। “थुप्रै युवती तथा आइमाईहरू बच्चा जन्माउने बेला पनि अकालमा मर्ने गर्छन्‌” भनेर उक्‍त रिपोर्टले बतायो। त्यस क्षेत्रमा १०० जना पुरुषका लागि ९४ जना महिलाहरू छन्‌ जबकि संसारभर १०० जना पुरुषको अनुपातमा १०६ महिलाहरू पर्छन्‌। त्यसैको आधारमा ७ करोड ९० लाख बेपत्ता भएको तथ्यांक निकालिएको हो। (g01 7/8)

सबैभन्दा लामो सुरुङ बाटो खोलियो

संसारकै सबैभन्दा लामो सुरुङ बाटो नर्वेमा खोलिएको कुरा फ्रांकफर्टर एलजिमेन जाइटुङ पत्रिकाले रिपोर्ट गर्छ। उक्‍त लेर्डल टनल २४.५ किलोमिटर लामो छ र यसले नर्वेको ओस्लो र बर्गनजस्ता दुई ठूलठूला शहरहरूबीचको यात्रा गर्न लाग्ने समयलाई धेरै मात्रामा कटौती गर्छ। यसअघि सवारी चालकहरूले घुम्ती नै घुम्ती भएका पहाडी बाटोबाट जाने वा धेरै समय लाग्ने गल्छीमा डुंगाबाट यात्रा गर्ने, त्यसबारे छनौट गर्नुपर्थ्यो। यस नयाँ सुरुङमा सुरक्षा व्यवस्थालाई पनि प्राथमिकता दिइएको छ। हरेक ५०० मिटरमा गाडी मोड्‌ने ठाउँ, अनि ठाउँठाउँमा धूवाँ र विषालु ग्याँस निकाल्न सक्ने अग्निरोधक पंखाहरू राखिएका छन्‌ भने भिडियो निरीक्षण अनि आपत्‌कालीन प्रणालीहरू पनि जडान गरिएका छन्‌। थुप्रै मानिस लामो सुरुङमा जान डराउने भएकोले लेर्डल टनललाई चार भागमा विभाजन गरेर गाडीहरू रोक्ने र मर्मतसम्भार गर्ने ठूला ठाउँहरू निर्माण गरिएका छन्‌। यी प्लाजाहरूको भित्तामा नीलो वत्तीको चमक दिएर घाम अनि स्वच्छ हावाको आभास गराउने प्रयास गरिएको छ। तैपनि, दुर्घटना अथवा आगलागी हुने डरले गर्दा २५ प्रतिशत नर्वेलीहरूले उक्‍त सुरुङको प्रयोग नगर्ने कुरा सर्वेक्षणले देखाएको छ। (g01 7/8)

रहस्यमय बचाउ

विध्वंशकारी आँधीले गर्दा डिसेम्बर १९९९ मा फ्रान्सका जंगलहरू नराम्रोसित क्षतिग्रस्त भए तापनि हालैको सर्वेक्षणले देखाएअनुसार धेरैजसो सिकार गरिने जनावरहरूलाई सोचेजति क्षति पुगेको छैन भनी पेरिसको ले मोन्ड अखबार बताउँछ। पूर्वी फ्रान्सको क्षतिग्रस्त जंगलमा २५,००० एकड क्षेत्रफलमा १० वटा जरायो, ५ वटा मृग अनि ५ वटा बनेल गरेर जम्मा २० वटा मात्र जनावर मरेको पाइयो। “सहज ज्ञान” प्रकट गर्दै जनावरहरूले ढलेका रूखहरूमुनि वा खुला ठाउँमा भेला भएर वा अन्य कुनै उपाय लगाएर उम्कने बाटो भेट्टाएका हुनसक्छन्‌। फ्रान्सेली राष्ट्रिय वनजंगल कार्यालयका झाँ-पल विडमर यसो भन्छन्‌: “सिंह तथा अन्य टाढा बस्ने जन्तुहरूबारे हामीलाई जति थाह छ, त्यति नै हामीलाई जरायो तथा बनेलहरूबारे [स्वभाव] थाह छैन।” (g01 7/22)

चुसुवा जिब्रो

छेपारोले माउसुली अथवा आफूभन्दा १० प्रतिशत गह्रौं चराहरूलाई समेत कसरी समात्न सक्छ? अहिलेसम्म त त्यस छेपारोको जिब्रोमा भएको खस्रो अनि च्यापच्याप परेको सतहमा सिकारहरू फस्छन्‌ भन्‍ने विश्‍वास गरिंदै आएको थियो। तर यी जीवहरूले आफूभन्दा गह्रौं सिकारलाई कसरी समात्छन्‌ भन्‍ने कुरा त्यसबाट स्पष्ट हुँदैन। यो कुरा पत्ता लगाउन बेल्जियमको एन्ट्‌वार्पका वैज्ञानिकहरूले छेपारोको जिब्रोले एकदमै छिटो गर्नसक्ने कार्यलाई गतिमान्‌ भिडियोमा रेकर्ड गरे भनी जर्मन वैज्ञानिक समाचार सेवा बिल्ड डर विसेनसाफ्ट-अनलाइनले रिपोर्ट गर्छ। छेपारोले सिकारलाई ताकेर हान्दा जिब्रोको टुप्पोलाई बलजस्तै डल्लो पार्छ भनी वैज्ञानिकहरूले पत्ता लगाए। त्यसपछि सिकारलाई जिब्रोले छुनै लाग्दा जिब्रोका दुई मांसपेशीहरूलाई कस्सेर त्यो टुप्पो सिकारमा टाँसिरहने खालको चुस्ने भाँडोजस्तै बनाउँछ। (g01 7/22)

अमेजोनको स्रोत चिनियो

बाइस जना अन्वेषकहरूको समूहले “दशकौंदेखि गरिएका अनुमान तथा विरोधाभासपूर्ण खोजहरूको अन्त गरेर संसारको सबैभन्दा विशाल नदीको” मुहान पत्ता लगाइ छाडे भनी लन्डनको द टाइम्स रिपोर्ट गर्छ। अमेजोन दक्षिणी पेरुभियाली पर्वत श्रृंखलाहरूको ५,००० मिटर अग्लो शिखर नेभाडो मिस्मिबाट सानो खोलाको रूपमा सुरु हुन्छ। त्यहाँबाट यो घाँस र झ्याउले भरिएको उपत्यका हुँदै बग्छ र त्यहाँ अरू खोला तथा नदीहरूसित मिसिएर आन्द्र महासागरसम्मको ६,००० किलोमिटर लामो यात्रा गर्छ। नदीको मुहानबारे वर्णन गर्दै समूहका नेता एन्ड्रियु पिएटोस्कीले यसो भने: “यो एकदमै सुन्दर ठाउँ हो। यो ठाउँ विशाल, कालो देखिने ४० मिटर अग्लो चट्टानको फेदमा पर्ने हराभरा उपत्यका हो। यो ठाउँ एकदमै शान्त अनि स्वच्छ छ।” (g01 7/22)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने