प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g०१ ९/८ पृ. ३२
  • छोराछोरी रेखदेख गर्ने चुनौती

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • छोराछोरी रेखदेख गर्ने चुनौती
  • ब्यूँझनुहोस्‌!—२००१
ब्यूँझनुहोस्‌!—२००१
g०१ ९/८ पृ. ३२

छोराछोरी रेखदेख गर्ने चुनौती

बेलाइत सम्पन्‍न पश्‍चिमी राष्ट्र हो। तथापि, वर्षेनी १,००,००० भन्दा बढी केटाकेटीहरू घर छाडेर भाग्छन्‌ भन्‍ने अनुमान गरिएको छ र यो संख्या पहिले विश्‍वास गरिएको संख्याको दोब्बरभन्दा पनि बढी छ। परिणामस्वरूप, ७ जनामध्ये १ जना हिंसा अथवा यौन दुर्व्यवहारको सिकार हुन्छ।

“केटाकेटीहरूले आफूलाई बेवास्ता गरिएको अनि मन नपराएको महसुस गर्ने बित्तिकै घरबाट भाग्नु समस्याको हल सम्झनसक्छ” भनी चिल्ड्रेन्स सोसाइटीका मुख्य अधिकृत ईएन स्पार्क्स बताउँछन्‌। तिनले अझै यसो भने: “यो कुरा सबै पृष्ठभूमिका केटाकेटीहरूमा लागू हुन्छ। गरिब बस्तीका केटाकेटीहरू मात्र होइन, आरामदायी घरमा बस्ने केटाकेटीहरू समेत घर छोडेर भाग्छन्‌।”

केटाकेटीहरूको हेरचाह गर्नु र उनीहरूलाई राम्रो प्रशिक्षण दिनु एउटा गहन जिम्मेवारी हो। यसको लागि कहाँ मदत पाउन सकिन्छ? पारिवारिक आनन्दको रहस्य नामक प्रकाशन यस आवश्‍यकतालाई पूरा गर्ने हेतुले तयार पारिएको हो। यसका १६ वटा अध्यायहरूमध्ये केहीको विषय यसप्रकार छन्‌: “बच्चालाई शैशवकालदेखि प्रशिक्षण दिनुहोस्‌,” “तपाईंको किशोरकिशोरीलाई फल्न फुल्न मदत दिनुहोस्‌” अनि “आफ्नो परिवारलाई विनाशकारी प्रभावहरूबाट बचाउनुहोस्‌।” यस पुस्तकका १६ वटै अध्यायहरूमा व्यावहारिक सल्लाह पाइन्छ अनि त्योभन्दा पनि महत्त्वपूर्ण कुरा त, हाम्रो भन्दा उत्कृष्ट बुद्धिको स्रोतको रूपमा बाइबलको प्रयोग गर्छ।

तपाईं तलको कुपन भरेर त्यहाँ दिइएको ठेगाना वा यही पत्रिकाको पृष्ठ ५ मा दिइएको तपाईंलाई सुविधा पर्ने ठेगानामा पठाएर पारिवारिक आनन्दको रहस्य पुस्तकसम्बन्धी थप जानकारी हासिल गर्न सक्नुहुन्छ। (g01 8/22)

□ मलाई पारिवारिक आनन्दको रहस्य पुस्तकसम्बन्धी थप जानकारी पठाइदिनुहोला।

□ कृपया निश्‍शुल्क गृह बाइबल अध्ययनको लागि मसँग सम्पर्क राख्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने