प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g०२ ७/८ पृ. ३०
  • पाठकहरूका प्रतिक्रिया

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पाठकहरूका प्रतिक्रिया
  • ब्यूँझनुहोस्‌!—२००२
  • मिल्दोजुल्दो सामग्री
  • पाठकहरूका प्रतिक्रिया
    ब्यूँझनुहोस्‌!—२००२
  • पाठकहरूका प्रतिक्रिया
    ब्यूँझनुहोस्‌!—२००५
  • पाठकहरूका प्रतिक्रिया
    ब्यूँझनुहोस्‌!—२००५
  • पाठकहरूका प्रतिक्रिया
    ब्यूँझनुहोस्‌!—१९९९
ब्यूँझनुहोस्‌!—२००२
g०२ ७/८ पृ. ३०

पाठकहरूका प्रतिक्रिया

सम्पादकद्वारा: “जीवन बाँच्न लायकको छ” (नोभेम्बर ८, २००१) शीर्षकको श्रृंखलाबद्ध आवरण लेखले व्यापक रूपमा पाठकहरूको प्रतिक्रिया प्राप्त गऱ्‍यो। सारा राष्ट्र, जाति अनि धार्मिक पृष्ठभूमिका मानिसहरूलाई वर्तमान समयका समस्याहरूसित जुध्न मदत गर्ने व्यावहारिक, बाइबल आधारित जानकारीहरू प्रस्तुत गर्ने प्रयत्न सार्थक हुँदा “ब्यूँझनुहोस्‌!”-लाई ठूलो सन्तुष्टिको अनुभूति भएको छ।

मैले ब्यूँझनुहोस्‌! पढ्‌न थालेको धेरै भइसक्यो तर “जीवन बाँच्न लायकको छ” शीर्षकको श्रृंखलाबद्ध लेखले जति मेरो भावनालाई अरू कुनै लेखले छोएको छैन। एक वर्षअघि म अचाक्ली निराश भएको थिएँ र म मर्न चाहन्थें। मलाई यस लेखले परमेश्‍वरले हाम्रा कमजोरीहरूलाई बुझ्नुहुन्छ भन्‍ने कुरामा विश्‍वस्त गरायो।

एस. एच., जापान (g02 6/8)

न्यु योर्कस्थित जुम्ल्याहा भवनहरूमा भएको आक्रमणले गर्दा म भय अनि त्रासले आतंकित थिएँ। कहिलेकाहीं मेरो मनमा आत्महत्या गर्ने सोचाइ आए तापनि मलाई आफू ठिकै छु जस्तो लाग्थ्यो। तर म आवश्‍यक मदत लिनेछु अनि लेखमा दिइएका सल्लाहहरूलाई पालन गर्नेछु।

एम. एम., संयुक्‍त राज्य अमेरिका (g02 6/8)

मेरो खराब स्वास्थ्यको कारण मैले सधैंको लागि आफ्नो जीवनको अन्त्य गर्ने विचार गरिसकेको थिएँ। अरूको प्रतिक्रिया बुझ्न म कहिलेकाहीं ठट्टामै भए पनि आफूले आत्महत्या गर्न लागेको कुरा अरूलाई बताउँथें। जब मैले परमेश्‍वर हाम्रा वेदनाहरू सुन्‍न सधैं तयार हुनुहुन्छ भनी पढें, त्यतिबेला मैले आफ्नो आँसु थाम्नै सकिनँ। यस पत्रिकाले जीवनप्रतिको मेरो दृष्टिकोणलाई बिलकुलै परिवर्तन गरिदिएको छ।

टि.इ.जे., क्यानाडा (g02 6/8)

निराशासितको मेरो संघर्ष वर्षौं पुरानो हो र हालै आफ्नो जीवनको अन्त गर्नेबारे मैले गम्भीरतासाथ सोचिरहेकी थिएँ। ढोकाबाट बाहिर निस्कनै लाग्दा मैले ब्यूँझनुहोस्‌!-को श्रृंखलाबद्ध लेखको अन्तमा कसैसित कुरा गर्नुहोस्‌ भनेको सम्झें। त्यसैले आफ्नो वेदना मैले आफ्नो पतिलाई पोखाएँ। आफ्नो योजना अलि पर सार्दा मैले आत्महत्या गर्ने योजनालाई बदलें। यो श्रृंखलाले मेरो जीवन बचाउन मदत गऱ्‍यो!

एम. बि., संयुक्‍त राज्य अमेरिका (g02 6/8)

यो पत्रिका प्रकाशित हुनुभन्दा केही हप्ताअघि निद्रा लाग्ने औषधी आफ्नो अघि राखें अनि लेखमा बताइएझैं मैले यस्तो द्विविधाको सामना गरें: “निलूँ कि ननिलूँ?” तपाईंहरूको पत्रिकाले मलाई बाँच्ने अठोट प्रदान गऱ्‍यो जसको मलाई आवश्‍यकता छ। कुनै-कुनै रोगहरू यस्ता हुन्छन्‌ जसले हाम्रो मनलाई बाँच्ने चाहनै नहुने हदसम्म असर गर्छ तर जीवनको उपहारलाई मूल्यांकन नदेखाउने व्यक्‍तिलाई समेत परमेश्‍वरले धेरै चासो लिनुहुन्छ भन्‍ने कुरा थाह पाउनु साँच्चै हृदयस्पर्शी छ।

इ. एस., इटाली (g02 6/8)

यस पत्रिकामा दिइएका जानकारीहरू मैले आफ्नो चिकित्सकलाई बताएँ। यस पत्रिकाले मलाई धेरै मदत गरेको कुरा उहाँलाई बताएँ। परमेश्‍वरको नजरमा मेरो महत्त्व छ भन्‍ने आश्‍वासनले मात्र पनि मलाई बाँच्न उत्प्रेरित गऱ्‍यो। तपाईंहरूले यस्ता लेखहरू अझै लेख्न सकोस्‌ भनी म खुरन्धार प्रार्थना गर्छु।

जे. एस., संयुक्‍त राज्य अमेरिका (g02 6/8)

मलाई बुझ्ने कोही छैन अनि मरेपछि सबै समस्याको समाधान होला भन्‍ने विचार मेरो मनमा आउन थाल्यो। तर यस लेखद्वारा मैले आफ्नो जीवनको सबैभन्दा महत्त्वपूर्ण कुरा सम्झन सकें। अब म कहिल्यै मर्ने विचार गर्नेछैन।

एम. एम., जापान (g02 6/8)

कुटपिटका सिकार भएका महिलाहरू “कुटपिटका सिकार भएका महिलाहरूको लागि मदत,” (डिसेम्बर ८, २००१) शीर्षकको आवरण श्रृंखलाको लागि धन्यवाद छ। बच्चा छँदा दिनहुँ बुबाले आमालाई कट्‌नुभएको देख्थें। त्यसपछि म र  बहिनीलाई पनि उहाँले पिट्‌न थाल्नुभयो। पुरुषप्रति मनमा ठूलो घृणा लिएर म हुर्कें। यद्यपि, समयको अन्तरालमा हामीले यहोवाका साक्षीहरूसित बाइबल अध्ययन गर्न थाल्यौं। आफ्नो बानीमा परिवर्तन ल्याउनु मेरो बुबालाई सजिलो थिएन, तर परमेश्‍वरको मायालु सृष्टिलाई दुर्व्यवहार गरेको खण्डमा आफूले कदापि परमेश्‍वरलाई खुसी पार्न सक्दिनँ भनी उहाँले बुझ्नुभयो। उहाँमा बिस्तारै परिवर्तन आए तापनि अहिले मेरो बुबा सुधो भेडाजस्तै हुनुहुन्छ। म उहाँलाई हृदयदेखिनै प्रेम गर्न सक्छु।

जी. बि., संयुक्‍त राज्य अमेरिका (g02 6/8)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने