प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g९९ ५/८ पृ. ३०
  • पाठकहरूका प्रतिक्रिया

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पाठकहरूका प्रतिक्रिया
  • ब्यूँझनुहोस्‌!—१९९९
  • मिल्दोजुल्दो सामग्री
  • पाठकहरूका प्रतिक्रिया
    ब्यूँझनुहोस्‌!—१९९९
  • पाठकहरूका प्रतिक्रिया
    ब्यूँझनुहोस्‌!—१९९९
  • पाठकहरूका प्रतिक्रिया
    ब्यूँझनुहोस्‌!—१९९९
  • पाठकहरूका प्रतिक्रिया
    ब्यूँझनुहोस्‌!—१९९९
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—१९९९
g९९ ५/८ पृ. ३०

पाठकहरूका प्रतिक्रिया

उसले मेरो माया स्वीकारेन भने के गर्ने होला? आज मैले जून ८ अंकको ब्यूँझनुहोस्‌! पाएँ अनि “युवा जनहरू सोध्छन्‌ . . . उसले मेरो माया स्वीकारेन भने के गर्ने होला?” भन्‍ने लेख देख्दा तुरुन्तै मेरो प्रार्थनाको जवाफ पाइहालेकोमा यहोवालाई धन्यवाद दिएँ। म पक्कै पनि यस लेख मुमासित छलफल गर्नेछु र यसमा दिइएका सल्लाहहरू व्यवहारमा उतार्नेछु। “युवा जनहरू सोध्छन्‌ . . . ” श्रृंखला साँच्चै यहोवा परमेश्‍वरको मायालु प्रबन्ध हो।

के. एम., केन्या

म २२ वर्षकी महिला हुँ र तपाईंहरूको पत्रिकाको हरेक अंकबाट आनन्द उठाउँछु। तर यो लेखले जति अरू कुनै लेखले मेरो हृदय छोएको थिएन। यो लेख पढ्‌न थालेपछि मेरो आँखा आँसुले भरियो। तपाईंहरूले बताउनुभएजस्तै भावनाहरू केही समयअघि मेरो मनमा पनि आएको थियो र यससम्बन्धी मेरा थुप्रै प्रश्‍नहरू थिए। यस लेखको कारण मैले थुप्रै कुराहरू बुझ्न सकें।

आर. बि., लिथुआनिया

यो लेख पढ्‌दै जाँदा मैले यसो भने, ‘अरू मानिसले मेरा भावनाहरू कसरी बुझेको होला?’ यहोवाले हाम्रा सबै भावनाहरू बुझ्नुहुन्छ भन्‍ने कुरा थाह पाउँदा म अत्यन्तै हर्षित भएँ। मैले यो पत्रिका आज पाएँ र अहिले मध्यरात भइसक्यो तैपनि यो पत्र नलेखी बस्नै सकिनँ।

ए. एन., जापान

यो लेख विशेषगरि केटीहरूलाई मनमा राखेर तयार पारिएको भए तपानि असाध्यै मदतकारी पाएँ। एक हप्ताअघि मात्र कसैले मेरो प्रस्ताव अस्वीकार गरेको कारण चित्त दुखेको थियो। यो लेख पढेपछि मेरा भावनाहरू वशमा राख्ने मदत पाएँ। यसले मलाई सान्त्वना प्रदान गर्नुका साथै अझ महत्त्वपूर्ण कुरा जस्तै पत्नी छनौट गर्दा आफूले के पाउने छु होइन तर के दिनसक्छु भनेर बुझ्न मदत गऱ्‍यो।

पि. एच. एस., ब्राजिल

कोरियाली समाजले केटीको बिहे गर्ने उमेर हुने बित्तिकै विवाह गरिहाल्न अत्यन्तै दबाउ दिन्छ। मसीही युवतीहरूलाई “बैंस” पुगेर मात्र विवाह गर्नु ठूलो चुनौतीको कुरा हो। (१ कोरिन्थी ७:३६) अत्युत्तम सल्लाहको लागि धन्यवाद।

एस. सि., कोरिया

आफ्नो उपचार आफै गर्ने “आफ्नो उपचार आफै गर्ने—के यो फाइदाजनक होला वा हानिकारक?” श्रृंखला भएको अंक पाउँदा म दंग परें। (अगस्त ८, १९९८) यो असाध्यै राम्रोसित लेखिनुका साथै सन्तुलित विचारधारा प्रस्तुत गरिएको छ। र यो विश्‍वका अधिकांश देशहरूको निम्ति व्यवहारिक हुनसक्छ। ‘एक चक्की औषधी खाने बित्तिकै रोग सबै चट्ट निको हुन्छ’ भन्‍ने विचारधारा राख्नुको सट्टा स्वास्थ्यवर्धक जीवनशैली अपनाउनुपर्ने महत्त्वलाई जोड दिनु अति उत्तम छ।

जे. एम. जे., इंगल्याण्ड

प्रेमलीला “बाइबलको दृष्टिकोण: प्रेमलीला गर्नुमा के हानि छ?” लेखको लागि धन्यवाद। (अगस्त ८, १९९८) मेरो प्रेमलीलाको असर मेरो परिवारले अझै भोग्दैछ। मैले जानाजानी मेरो परिवारको र अझ विशेषगरि मेरी मायालु श्रीमतीको कत्ति चित्त दुखाइरहेको छु भनी वास्ता गरिनँ। मैले आफ्ना मसीही भाइबहिनीहरूलाई भन्‍न चाहेको दुई शब्द यही हो: “कृपया, हाम्रो पिता यहोवाको कुरा सुन्‍नुहोस्‌। प्रेमलीलादेखि टाढा बस्नुहोस्‌, यहोवालाई प्रार्थनामा मदत माग्नुहोस्‌ र खराबीबाट भाग्नुहोस्‌, भाग्नुहोस्‌, भाग्नुहोस्‌।”

डि. बि., संयुक्‍त राज्य

यस लेखबाट प्रेमलीला गर्नु गम्भीर कुरा हो भनी मलाई पक्का भयो। हाम्रो परिवारमा यसको कारण सम्बन्धविच्छेद समेत भयो र अहानिकारक ठट्यौलीजस्तो देखिएको कुरा समस्याको मुख्य जड हुन पुग्यो। आशा छ, यस लेखले विपरीत लिंगकाहरूसित व्यवहार गर्दा आचरण, बोली वा इसाराले कस्तो असर गर्छ भनी आफैले बुझ्न नसकेकाहरूको आँखा खोल्नेछ।

ओ. एम., चेक गणतन्त्र

यो लेख त थुप्रै बहिनीहरूको निम्ति हृदयलाई सञ्चो पार्ने मलमजस्तै भयो। यस लेखबाट यहोवाले हाम्रा भित्री भावनाहरूको समेत वास्ता तथा ख्याल गर्नुहुन्छ भनी स्पष्ट हुन्छ।

ए. एम. पि., स्पेन

“भावनात्मक प्रणय” उपशीर्षक अन्तर्गतको अनुच्छेद पढेपछि मेरो आँखा खोलियो। मेरो पतिको जस्तै पृष्ठभूमि भएको एउटी मण्डलीको अर्को एक बहिनीसित उहाँको बढी हेलमेल हुन थाल्यो। हाम्रो १७ वर्षको विवाहमा उहाँले मलाई कहिल्यै शंका गर्ने ठाउँ दिनुभएको थिएन। तर त्यसबेला भने मेरो मनमा शंकाहरू उत्पन्‍न हुन थाले। आफ्ना भावनाहरू श्रीमान्‌लाई भन्‍न सजिलो भएन। सुरुमा त उहाँ झसंग हुनुभयो तर पछि मेरो कुरा बुझ्ने कोसिस गर्नुभयो। मेरो वा हाम्रा तीन बच्चाहरूको चित्त दुखाउन चाहन्‍न भनेर उहाँले भन्‍नुभयो अनि उहाँले सबै सम्पर्क चट्टै तोड्‌नुभयो। बल्ल त्यसपछि ढुक्क भएँ।

डि. टि., क्यानाडा

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने