प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g९९ ३/८ पृ. ३०
  • पाठकहरूका प्रतिक्रिया

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पाठकहरूका प्रतिक्रिया
  • ब्यूँझनुहोस्‌!—१९९९
  • मिल्दोजुल्दो सामग्री
  • पाठकहरूका प्रतिक्रिया
    ब्यूँझनुहोस्‌!—१९९९
  • पाठकहरूका प्रतिक्रिया
    ब्यूँझनुहोस्‌!—१९९९
  • पाठकहरूका प्रतिक्रिया
    ब्यूँझनुहोस्‌!—१९९९
  • पाठकहरूका प्रतिक्रिया
    ब्यूँझनुहोस्‌!—१९९९
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—१९९९
g९९ ३/८ पृ. ३०

पाठकहरूका प्रतिक्रिया

दिक्क पार्ने साथीहरू “युवा जनहरू सोध्छन्‌ . . . मेरो साथीबाट उकुसमुकुस नहुन के गर्ने होला?” (मे ८, १९९८) लेखको लागि म निकै आभार व्यक्‍त गर्न चाहन्छु। म विवाहित वयस्क महिला भए तापनि यी लेखहरू सधैं पढ्‌ने गर्छु। उक्‍त लेख मेरो पति अनि मैले सामना गरिरहेको अवस्थासित निकै मिलेको थियो। त्यसैले मैले यो लेखलाई लगालग पाँच पटक पढें। येशू ख्रीष्टले समेत आफ्नै निम्ति समय निकाल्नुपरेको थियो भनेर बुझ्न यस लेखले मलाई मदत गऱ्‍यो।

पी. ए., ट्रिनिडाड

सानोतिनो कुरामा मेरो साथीसित झगडा पर्दा हामी एकअर्कासित बोल्दैनथ्यौं। अनि त्यही कुरा मेरो मनमा खेलिरहन्थ्यो जसले गर्दा म एकाग्रचित्तले काम गर्नै सक्दिनथें। यो लेख दुई/चार चोटि पढेपछि बल्ल उसलाई अरू काम गर्ने समय नै नदिई मैले दिक्क पारिरहेको रहेछु भन्‍ने बुझें। यो लेख मेरैलागि लेखिएको रहेछ भन्‍ने मलाई लाग्यो किनभने उक्‍त लेखले मलाई अरूसित राम्रो सम्बन्ध विकास गर्न सिकायो।

आर. एस., भारत

अर्थोडन्टिक्स केही समयअघि मेरो दन्तचिकित्सककहाँ अर्थोडन्टिक्ससम्बन्धी मे ८, १९९८ को ब्यूँझनुहोस्‌! छोडें। पछि उक्‍त दन्तचिकित्सकले यो लेख निकै जानकारीमूलक, संक्षिप्त अनि बुझ्न सकिने सरल भाषामा लेखिएको रहेछ भनेर सराहना व्यक्‍त गरे। तिनले आफ्ना बिरामीहरूलाई तिनीहरूको उपचार गर्ने तरिकाबारे जानकारी दिन यस लेखका प्रतिहरू बाँडेको पनि बताए।

टि. पी., बेलायत

सन्‌ २००० ब्यूँझनुहोस्‌! जून ८, १९९८ “बाइबलको दृष्टिकोण: सन्‌ २००० कत्तिको महत्त्वपूर्ण छ?” निकै हृदयस्पर्शी सम्झौटोले भरिएको लेख थियो। तपाईंहरूले खुलस्त भई कुनैपनि किसिमको अनुमान लगाउने झुकावलाई निरूत्साहित गर्न अनि यहोवाको तोकिएको दिनमा ध्यान दिनेबारे विगतमा गरिएका गलत कुराहरू स्पष्ट पार्न देखाउनुभएको इमानदारीको म निकै मूल्यांकन गर्दछु।

एस. डब्लु., संयुक्‍त राज्य

क्याम्बोडियामा जीवन मरण “कम्बोडियामा जीवन-मरणको लामो संघर्ष” लेखको लागि धेरै धन्यवाद। (जून ८, १९९८) यहोवालाई विश्‍वासी भई सेवा गर्नु निकै मनोहर कुरा हो भने सिपाही हुँदा आफू बच्नको लागि अरूलाई मार्ने वाथाना मिआस जस्ता थुप्रैले विगतका दुःखलाग्दा सम्झनाहरूका बावजूद यहोवाको सेवा गरिरहेका छन्‌ भन्‍ने थाह पाउनु पनि कम मनोहर कुरा होइन। तिनले तीन/तीन महिना खाल्डोमा लुक्नुपरेको कुरा पढ्‌दा मलाई निकै घत लाग्यो। त्यसबेला, चाँडै आफ्नो जीवनको महान्‌ सुअवसर अर्थात्‌ यहोवाबारे ज्ञान लिने मौका पाउनेछु भनेर तिनले सायद सोचेकै पनि थिएनन्‌ होला।

सी. एम. एस. एल., ब्राजिल

के तपाईं रूप हेरेर न्याय गर्नुहुन्छ? नजरुदीन होजको दन्त्य कथाको उदाहरणबाट बाहिरी रूप भ्रामक हुनसक्छ भनेर राम्ररी देखायो। (जुलाई ८, १९९८) हामीले बाहिरी रूप हेरेर असल वा खराब न्याय गर्नुहुँदैन, त्यस्तै यहोवाले पनि हाम्रो हृदय हेरेर न्याय गर्नुहुन्छ भनेर सम्झाउनु भएकोमा धेरै धन्यवाद।

ए. ओ. एफ. ए., ब्राजिल

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने