पाठकहरूका प्रतिक्रिया
एकान्तपन “बाइबलको दृष्टिकोण: एकान्तपनको मोल” (नोभेम्बर ८, १९९८) भन्ने लेख मेरै निम्ति लेखेजस्तै लाग्यो। आध्यात्मिक र भावनात्मक तवरमा उन्नति गर्न कहिलेकाहीं मलाई एकान्तपनको आवश्यक पर्छ। “एकान्तपन फाइदाजनक भए तापनि सधैं एकान्तपन खोज्नु खतरनाक हुन्छ” भन्ने कुरा म सधैं याद राख्नेछु।
एल. जी., संयुक्त राज्य
एकअर्कालाई प्रेम गर्ने “के सबै मानिसहरूले एकअर्कालाई प्रेम गर्ने समय पनि आउला र?” (जनवरी ८, १९९९) भन्ने श्रृंखला एकदमै राम्रो थियो! यसले मलाई रिस र घृणालाई नियन्त्रणमा राख्न मदत गरेको छ। धेरै धेरै धन्यवाद! तपाईंहरूको प्रकाशनबाट मैले पाउने प्रोत्साहनले मलाई यहोवा परमेश्वरको सेवक हुन मदत गर्नेछ भन्ने आशा छ।
जी. सी., इटाली
सत्यलाई आफ्नै बनाउने मेरो उमेर १२ वर्ष हो र “युवा जनहरू सोध्छन् . . . म सत्यलाई आफ्नै कसरी बनाउनसक्छु?” (नोभेम्बर ८, १९९८) लेख मलाई असाध्यै मन पऱ्यो। अहिले मेरो स्कूल फेरि लाग्न थालेकोले मसीही सभाहरूको लागि तयारी गर्न गाह्रो हुन्छ। तर मैले समय किन्नुपर्छ। यस लेखले थुप्रै जवानहरूलाई यहोवाप्रतिको प्रेम प्रगाढ गर्न र सत्यमा गहिरो जरा गाड्न मदत गर्नेछ भन्ने आशा राखेको छु।
सी. एस., पुर्तगाल
वर्षदिनअघि मैले आफैलाई सत्यबारे यही प्रश्न सोधिरहेको थिएँ। मलाई साँच्चै सत्यको माया छ कि छैन वा मेरो परिवारले गर्दा पो सत्य सिकिरहेको छु कि भनेर म शंका गर्थें। त्यसपछि तपाईंहरूले प्रोत्साहन गर्नुभएअनुसार मैले गरें अर्थात् बाइबल अनुसन्धान गरेर मैले आफैलाई प्रमाणित गरें। अहिले सत्य मेरो आफ्नो हो भन्न पाउँदा मलाई खुसी लागिरहेको छ। भविष्यमा पूर्ण-समय सेवक हुने लक्ष्य राखेको छु!
एच. एन., संयुक्त राज्य
क्यान्सरको जवान सिकार म १८ वर्षकी हुँ र “उसले हार मानेन” (नोभेम्बर ८, १९९८) लेखमा म्याट टापीयोको अनुभवको लागि धन्यवाद दिन चाहन्छु। तिनको विश्वास, आध्यात्मिकताप्रति तिनको मूल्यांकन र तत्परताले मेरो मनै छोयो। प्रमोदवनमा म्याटको पुनरुत्थान भएपछि मैले तिनलाई भेटेरै धन्यवाद दिने आशा राखेकी छु।
इ. जी. जी., स्पेन
यस लेखको लागि म मेरो परिवारको तर्फबाट धन्यवाद दिन्छु। हाम्रो छोराहरू जवान भएकाले म्याट टापीयोको विश्वासको उदाहरण तिनीहरूलाई बताउन हामीलाई फाइदाजनक लाग्यो। यसले गर्दा हाम्रो व्यक्तिगत तथा पारिवारिक प्राथमिकताहरूको विश्लेषण गर्ने मौका पायौं।
एम. एफ. एन. जी., ब्राजिल
हामी जवानहरूको निम्ति यो लेख असाध्यै प्रोत्साहनदायी थियो। किनभने यसले आफ्नो बिमारीको बावजूद यहोवाबारे बताउन नछाड्ने एक जवान व्यक्तिको उत्साहलाई झल्काएको छ।
डी. एम., इटाली
गम्भीर रूपले असक्त भए तापनि यहोवाको प्रशंसा र सेवा गर्न म्याट टापीयोले जिउने प्रयास गरे। स्वस्थ मानिसहरूको लागि यो असल उदाहरण हो।
डी. पी., पोर्टो रिको
चौध वर्षको उमेरमा मस्तिष्क ट्युमरको शल्यक्रिया गर्नुपरेको म्याटबारे लेखले मेरो ध्यान खिच्यो। तिनले भनेका अन्तिम शब्दहरू “यहोवाको विषयमा साक्षी दिन कहिल्यै बन्द नगर्नुहोस्” थियो। यसले मलाई ढाडस दिनुका साथै बाइबल अध्ययन गर्नु र अनन्त जीवनतर्फ डोऱ्याउने ज्ञान हासिल गर्नु, कत्तिको महत्त्वपूर्ण छ भनी बुझ्न मदत गऱ्यो!
डी. भी., फिलिपिन्स