प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g०२ ८/८ पृ. ३०
  • विश्‍वदर्शन

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • विश्‍वदर्शन
  • ब्यूँझनुहोस्‌!—२००२
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • चराहरूको निम्ति “चकलेट”
  • चराहरू किन अंग्रेजी अक्षर भि-आकार बनाएर उड्‌छन्‌
  • फ्रान्समा बाइबल पढाइ
  • सगरमाथाको सफाइ
  • “जादुगरी”-को उल्टो नतिजा
  • विश्‍वदर्शन
    ब्यूँझनुहोस्‌!—१९९५
  • स्थानान्तरणका रहस्यहरू केलाउँदै
    ब्यूँझनुहोस्‌!—१९९५
ब्यूँझनुहोस्‌!—२००२
g०२ ८/८ पृ. ३०

विश्‍वदर्शन

चराहरूको निम्ति “चकलेट”

‘ब्राजिलको एक प्रकारको बोटले पराग-सेचन दर तीव्र पार्न अहिलेसम्म थाह हुन नसकेको रणनिति अपनाउँछ” भनी जर्मन पत्रिका जिइओ रिपोर्ट गर्छ। पुष्परस दिनुको सट्टा कमब्रेटुम लांसियोलाटुम-ले आफ्ना आतिथिहरूलाई “चकलेट” टक्य्राउँछ। यस झाडीका फूलहरूले रातभरिमा सानो गोलो आकारको गुलियो थलथले वस्तु उत्पादन गर्छ जुन पछि छ मिलिमिटर व्यास भएको कडा डल्लोमा परिणत हुन्छ। ग्लुकोज र फ्रुक्टोजको कारण त्यो जेली गुलियो हुन्छ र व्यावसायिक रूपमा उत्पादन गरिएको “गम्मी बेरजस्तो स्वादको हुन्छ” भनी अनुसन्धाताहरू बताउँछन्‌। उक्‍त रिपोर्टअनुसार, “सूर्योदयसँगसँगै फूल फक्रिंदा टलटलती टल्किने पारदर्शी चकलेट किस्तीमा झैं सजिएको हुन्छ।” यो हेर्दै रमणीय फूलले कम्तीमा पनि “आठ जातको २८ प्रकारका चराहरूलाई” आकर्षित गर्छ। चराहरू आहाराको निम्ति झाडी-झाडी घुम्दा तिनीहरूमा टन्‍नै पराग टाँसिन्छ र बोट चाँडचाडो बढ्‌न थाल्छ। (g02 7/8)

चराहरू किन अंग्रेजी अक्षर भि-आकार बनाएर उड्‌छन्‌

अनुसन्धाताहरूले परीक्षण र पर्येवेक्षणको आधारमा राजहंस र पानीचरो जस्ता चराहरू “अंग्रेजी अक्षर भि-आकारमा उड्‌नुको कारण गति अवरोध कम गर्न र स्थानान्तरणको सिलसिलामा लामो समय उड्‌नुपर्दा बल जोगाउन हो” भनी पत्ता लगाएको कुरा लण्डनबाट प्रकाशित हुने द डेलि टेलिग्राफ-मा नेचर भन्‍ने पत्रिकाको एउटा लेखबारे छलफल गरिएको छ। फ्रान्सको भिल्या आँ ब्वाँमा अवस्थित नेसनल सेन्टर अफ साइन्टिफिक रिसर्चका वैज्ञानिकहरूले अंग्रेजी अक्षर भि-आकारमा उडेका आठवटा पानीचराको मुटुको धड्‌कन नापे अनि त्यसलाई तिनीहरूको “पखेटाको फटफटाइ र उड्‌ने परिपाटीसित” तुलना गरे। अनुसन्धाताहरूले चराहरू त्यो आकारमा उड्‌दा तिनीहरूको मुटुको ढुकढुकीको गति कम भएको र वेग उत्ति नै भए तापनि एक्लै उड्‌दाभन्दा समूहमा उड्‌दा पखेटा कम फटफटाउने पाए। नेचर पत्रिकाअनुसार, “त्यो आकारमा उड्‌दा समूहमा पखेटामाथि पखेटा खप्टिएझैं देखिन्छ।” यसो हुँदा ती बडेमाका सेता पानीचराले एक्लै उड्‌दाभन्दा समूहमा आफ्नो बल २० प्रतिशतले बचाउन सक्छ। (g02 7/8)

फ्रान्समा बाइबल पढाइ

फ्रान्समा ४२ प्रतिशत मानिसहरूसित बाइबल भए तापनि २ प्रतिशत जतिले मात्र यो दिनहुँ पढ्‌ने कुरा क्याथोलिक अखबार ला क्रा-मा प्रकाशित सर्वेक्षणबाट पत्ता लाग्यो। बहत्तर प्रतिशतले आफूले “कहिल्यै बाइबल नपढेको” बताए। सर्वेक्षण लिइएका मध्ये ५४ प्रतिशतले बाइबल “एउटा पुरानो जमानाको पुस्तक” ठाने जुन “आधुनिक संसारमा काम लाग्दैन।” रिपोर्टले बताएअनुसार “फ्रान्सका मानिसहरूले बाइबललाई पहिला बौद्धिक दृष्टिकोणले हेर्छन्‌” र त्यसमा तिनीहरू “यहूदी र मसीहीधर्मको सुरुआत” पत्ता लगाउने कोसिस गर्छन्‌। ला क्रा-अनुसार “फ्रान्समा वर्षेनी झन्डै २,५०,००० बाइबल र ३०,००० वटा नयाँ नियम बिक्री हुन्छन्‌।” (g02 7/8)

सगरमाथाको सफाइ

संसारको सबैभन्दा अग्लो हिमाल, सगरमाथाको फोटो सामान्यतया अत्यन्तै सुन्दर र भव्य हुन्छ। तथापि, नयाँ दिल्लीबाट प्रकाशित हुने डाउन टु अर्थ पत्रिकाअनुसार सगरमाथा फोहोरको विशाल डङ्‌गुर भएको छ। सयौं सगरमाथा आरोहीहरूले दशकौंको दौडान सगरमाथाका भीरहरूमा “अक्सिजनका खाली सिलिन्डर, पुरानो भऱ्‍याङ वा प्लास्टिकका लौरोहरू” लगायत अरू थुप्रै कुराहरू टनका टन त्यहाँ त्यत्तिकै छोडेका छन्‌। रिपोर्टअनुसार सबैभन्दा फोहोर क्याम्प “दक्षिणतिरको हो जहाँबाट प्रायजसो आरोहीहरू अन्तिम आरोहण गर्छन्‌।” नेपाल पर्वातोरोही संघका एक जना अधिकारी भूमि लाल लामाले “[शेर्पाहरूलाई] प्रत्येक एक किलो फोहोरको निम्ति १३.५० अमेरिकी डलर दिने विचार गरिरहेको” कुरा बताए। सगरमाथा चढ्‌दा शेर्पाहरू “प्रायः गाइडको रूपमा र भारी बोक्ने काम गर्छन्‌” भनी रिपोर्टले बताउँछ। (g02 7/8)

“जादुगरी”-को उल्टो नतिजा

“घानाका एक जना मानिस आफूलाई बुलेटप्रुफ बनाउने जादुगरी तरिका परीक्षण गर्दा आफ्नै गाउँले साथीको बन्दुकको गोलीबाट मृत्युको सिकार भए” भनी रोइटर्स समाचार सेवा रिपोर्ट गर्छ। उत्तरपूर्वी घानाका थुप्रै गाउँलेहरूले गोली लागे पनि केही नहुने बनाइदिन टुनामुना गर्ने एक जना वैद्यलाई आग्रह गरेका थिए। रिपोर्टअनुसार त्यस मृत व्यक्‍तिको “शरीरमा दुई हप्तासम्म हरेक दिन विभिन्‍न जडिबुटि लेपन गरेपछि तिनको शरीरमा त्यो जादुले काम गर्छ कि गर्दैन भनी परीक्षण गरिएको थियो।” एउटै गोलीले त्यस मानिसको तत्कालै मृत्यु भयो। त्यसपछि क्रोधित छिमेकीहरूले त्यस टुनामुना गर्ने वैद्यको जादुले काम नगरेको कारण तिनलाई पक्रेर बेसरी पिटे। विरोधी जनजातिका मानिसहरूबाट सुरक्षा खोज्दा घानाका सुदूर उत्तरमा बस्ने मानिसहरू प्रायः टुनामुना गर्ने मानिसको नै राय लिने गर्छन्‌। (g02 7/8)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने