प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g03 १०/८ पृ. ३२
  • “यो राम्रो मान्छेको हातमा परेछ!”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “यो राम्रो मान्छेको हातमा परेछ!”
  • ब्यूँझनुहोस्‌!—२००३
ब्यूँझनुहोस्‌!—२००३
g03 १०/८ पृ. ३२

“यो राम्रो मान्छेको हातमा परेछ!”

पाट्रिसीयाले मेक्सिकोको क्वार्नाभाका शहरको सरकारी कार्यालयमा कसैले भुलेर छोडिराखेको एउटा ब्रिफकेस भेट्टाइन्‌। ब्रिफकेस खोलेर हेर्दा उसले त्यहाँ थुप्रै क्रेडिट कार्ड, हस्ताक्षर गरिएका केही खाली चेकहरू तथा एक जना वास्तुकारको परिचय पत्र देखिन्‌। घर पुग्ने बित्तिकै उसले उक्‍त व्यक्‍तिलाई आफूले तिनको ब्रिफकेस पाएको खबर दिन फोन गरिन्‌। आश्‍चर्यचकित हुँदै तिनले यस्तो उद्‌गार व्यक्‍त गरे: “धन्‍न यो राम्रो मान्छेको हातमा परेछ!”

आफ्नो ब्रिफकेस लिन उक्‍त पाको उमेरका वास्तुकार पाट्रिसीयाको घरमा आउँदा, तिनले पाट्रिसीयालाई तिमी त परमेश्‍वरले पठाएको एउटी परी नै हौ भने। पाट्रिसीयाले आफू एक जना यहोवाको साक्षी भएको बताइसकेपछि यसो भनिन्‌: “म साँचो परमेश्‍वर, यहोवाको सेवा गर्छु र उहाँद्वारा सिकाइएको छु। त्यसैकारण मैले यसो गरेकी हुँ। त्यसैले यी सबै प्रशंसा उहाँलाई नै दिनुपर्छ।” वास्तुकारले उसलाई इनाम दिंदा पाट्रिसीयाले लिन मानिनन्‌। बरु, उसले उक्‍त वास्तुकारलाई केही बाइबल साहित्य दिइन्‌ र तिनले यो पढेर लाभ उठाएको चाहन्छु भनी बताइन्‌।

थुप्रै यहोवाका साक्षीहरूजस्तै, पाट्रिसीयाले पनि ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्‍याउँछ पुस्तक अध्ययन गरेकी छिन्‌। यस पुस्तकमा भएका १९ वटा अध्यायमध्ये एउटा “ईश्‍वर भक्‍तिसाथ बिताइएको जीवन किन आनन्ददायी हुन्छ” हो। पाट्रिसीयाले “इमानदारीको परिणाम आनन्द” भन्‍ने उपशीर्षकको सत्यता अनुभव गरिन्‌।

तल सँगैको कुपन भरेर त्यहाँ दिइएको ठेगानामा वा यसै पत्रिकाको पृष्ठ ५ मा दिइएको उपयुक्‍त ठेगानामा पठाएर तपाईं यो १९२ पृष्ठे पुस्तकबारे अझ बढी जानकारी मगाउन सक्नुहुन्छ। (g03 8/22)

□ म ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्‍याउँछ भन्‍ने पुस्तकबारे अझ बढी जानकारी प्राप्त गर्न चाहन्छु।

□ कृपया निश्‍शुल्क गृह बाइबल अध्ययनको लागि मसँग सम्पर्क राख्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने