प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g04 ९/८ पृ. ३१
  • सबैभन्दा राम्रो खेलौना

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सबैभन्दा राम्रो खेलौना
  • ब्यूँझनुहोस्‌!—२००४
  • मिल्दोजुल्दो सामग्री
  • खेलौना—विगत र वर्तमानमा
    ब्यूँझनुहोस्‌!—२००५
  • खेलौनारहित शिशु पाठशाला
    ब्यूँझनुहोस्‌!—२००४
  • आमाबाबुको हैसियतमा तपाईंको भूमिका
    ब्यूँझनुहोस्‌!—२००४
  • विषयसूची
    ब्यूँझनुहोस्‌!—२००५
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२००४
g04 ९/८ पृ. ३१

सबैभन्दा राम्रो खेलौना

बच्चाको लागि कस्तो खेलौना ल्याउने? कति पैसा खर्च गर्ने? यदि तपाईं आमा वा बुबा हुनुहुन्छ भने तपाईंले धेरै चोटि यस्ता प्रश्‍नहरू सोध्नुभएको होला। तर खुसीको कुरा के हो भने, जुन सबैभन्दा सस्तो हुन्छ, त्यो नै राम्रो खेलौना हुन सक्छ।

“निष्क्रिय भएर रमिता हेर्नुभन्दा बच्चा आफै सक्रिय भएर त्यसमा भिज्ने तथा कुनै नयाँ कुरा पत्ता लगाउने खेलौनाले धेरै फाइदा पुऱ्‍याउँछ त्यसैले आफ्नो बच्चाको क्रियाशीलतालाई सीमित बनाइदिने ब्याट्रीबाट चल्ने झिलिमिली मोटरकार अथवा बोल्ने पुतलीभन्दा सृजनात्मक क्षमताको माग गर्ने खेलौना धेरै राम्रो हुन्छ,” भनी मोटिभेटेड माइन्ड्‌स—रेजिङ्‌ग चिल्ड्रेन टु लभ लर्निङ्‌ग (अङ्‌ग्रेजी) शीर्षकको पुस्तक बताउँछ। मोटरकार जस्ता खेलौनाहरू “सुरुमा त बच्चाहरूलाई रमाइलो लाग्छ तर अक्सर तुरुन्तै बच्चाहरूको रुचि त्यसबाट हराउँछ किनकि त्यस्ता खेलौनाहरूले तिनीहरूलाई परीक्षण गर्न, खोज-अनुसन्धान गर्न अथवा सृजना गर्न कुनै अवसर नै दिंदैन।”

बच्चाको उमेर हेरेर दिमाग खियाउने खेलौनाहरूको वर्गमा मिलाउने ब्लक, खाली बाकस, कागज, पेन्टिङ्‌ग सामग्री जस्ता साधारण चीजबीजहरू अनि बालुवा र पानीसमेत पर्छन्‌। मोटिभेटेड माइन्ड्‌स पुस्तक यसो भन्छ, “घरपालुवा जनावरहरूका नमुनाजस्ता ससाना खेलौनाहरूले बच्चाहरूलाई ती जनावहरूको स्वभावअनुसार जोडा मिलाउने, छुट्याउने र त्यसबारे कथाहरू बनाएर [बच्चाको] भाषाको दक्षतालाई विकास गर्ने अवसर दिन्छ।” यदि तपाईं आवाज सहन तयार हुनुहुन्छ भने उक्‍त पुस्तक केही साधारण साङ्‌गीतिक वाद्य-यन्त्रहरू दिने सल्लाह पनि दिन्छ किनकि यसले बच्चाहरूलाई आवाज र त्यसको प्रकृति पत्ता लगाउने मौका दिन्छ।

बच्चाहरूको कल्पनाशक्‍ति अत्यन्तै तेज हुन्छ र तिनीहरू सिक्न र खेल्न दुवै चाहन्छन्‌। त्यसोभए तिनीहरूका खेलौनाहरू बुद्धिमानीपूर्वक रोजेर किन तिनीहरूलाई यी तीन क्षेत्रहरूमा मदत नगर्ने। (g04 8/8)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने