प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g04 १२/८ पृ. ३०
  • विश्‍वदर्शन

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • विश्‍वदर्शन
  • ब्यूँझनुहोस्‌!—२००४
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • चीनको ग्रेट वाल जीर्ण हुँदैछ
  • हवाई दुर्घटनाको संख्यामा कमी आयो
  • टिभी र बच्चाहरूको मानसिक वृद्धि
  • ठिक्कको व्यायाम गर्ने सल्लाह दिइन्छ
  • इन्टरनेटको प्रयोग—खतराहरूदेखि सावधान हुनुहोस्‌!
    हाम्रो राज्य सेवकाई—१९९९
  • मानिसहरू जीवनदेखि किन हरेस खान्छन्‌
    ब्यूँझनुहोस्‌!—२००१
  • आत्महत्या—लुकेको महामारी
    ब्यूँझनुहोस्‌!—२०००
  • इन्टरनेट—खतराहरूबाट कसरी जोगिने
    ब्यूँझनुहोस्‌!—२००५
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२००४
g04 १२/८ पृ. ३०

विश्‍वदर्शन

चीनको ग्रेट वाल जीर्ण हुँदैछ

“ग्रेट वालको दुई तिहाइ भाग पर्यटकहरूद्वारा, निर्माणकर्मीहरूद्वारा र खिइएर नष्ट भइसकेको छ” भनी लण्डनको अखबार द गार्जियन रिपोर्ट गर्छ। “यो विश्‍व-सम्पदा क्षेत्र बिस्तारै-बिस्तारै आफ्नो अस्तित्वबाट मेटिंदैछ। . . . यसका केही भागहरू तोडफोड गरिएका छन्‌, विभिन्‍न खालका नारा र चित्रहरू कोरिएका छन्‌ अनि सुँगुरको खोर बनाउन तथा कोइलाखानीमा प्रयोग गर्न भत्काइएका छन्‌।” हालैको कुरा हो, विश्‍व-स्मारक कोषले “पृथ्वीको विस्तृत सांस्कृतिक भूदृश्‍यमध्ये एउटा” भनी वर्णन गरेको यो पर्खाललाई खतरामा परेका वास्तुकलासम्बन्धी क्षेत्रहरूको वार्षिक सूचीमा राखेको छ। यसको संरक्षण गर्ने जिम्मा पाएकाहरूले समेत यस पर्खालको विनाशमा योगदान पुऱ्‍याइरहेका छन्‌। एक पटक “आर्थिक अवस्था कमजोर भएका र पर्याप्त तालिम नपाएका संरक्षण अधिकृतहरूले” एक जना ठेकेदारलाई लगभग ६०० वर्ष पुरानो १४ मिटर लामो भाग भत्काउने अनुमति दिए। सुरुमा निर्माण गरिंदा लगभग ६,४०० किलोमिटर भएको यो पर्खाल असाध्यै लामो भएकोले यसको राम्रो स्याहार-सम्भार गर्न असम्भवप्रायः छ। (g04 11/22)

हवाई दुर्घटनाको संख्यामा कमी आयो

सन्‌ २००३ मा विश्‍वभरि भएका हवाई दुर्घटनाहरूको संख्या हवाई दुर्घटनाको सुरुवात भएको समय अर्थात्‌ सन्‌ १९५० को दशकदेखि यता सबैभन्दा कम थियो भनी फ्लाइट इन्टरनेसनल पत्रिका बताउँछ। सन्‌ १९९० देखि यता हवाईजहाजको संख्यामा ४० प्रतिशत वृद्धि भए तापनि सन्‌ २००३ मा जम्मा ७०२ जनाको मात्र मृत्यु भएको थियो र यो संख्या सन्‌ १९९० देखि यताको सबैभन्दा कम थियो। लण्डनको डेली टेलिग्राफ-ले बताएअनुसार “दुर्घटनाहरूको संख्यामा कमी आउनुको एउटा कारण सुरक्षामा भएको समग्र प्रगति हो। सही दिशा निर्धारण गर्न नसक्दा हवाईजहाज अग्लो भूभागमा गएर ठोक्किने गर्छ। त्यसैले जमिनको सतहबारे जानकारी दिने नयाँ प्रणालीले महत्त्वपूर्ण भूमिका खेलेको कुरा बताइन्छ तर यो प्रविधि ‘त्रुटिरहित भने छैन’ भनिन्छ।” थुप्रै पुराना हवाईजहाजहरूमा यस्तो प्रणालीको सुविधा छैन। (g04 10/22)

टिभी र बच्चाहरूको मानसिक वृद्धि

लामो समयसम्म टिभी हेर्ने बच्चाहरूलाई कुराकानी गर्न गाह्रो हुने सम्भावना धेरै हुन्छ भन्‍ने कुरा जापान पेडियाट्रिक एसोसिएसनका डाक्टरहरू बताउँछन्‌ भनी मिनिची डेलि न्युज (अङ्‌ग्रेजी) रिपोर्ट गर्छ। शब्दहरू सम्झने, आफ्ना आमाबाबुसित आँखा जुधाएर कुरा गर्ने र व्यक्‍तिगत सम्बन्ध विकास गर्ने जस्ता क्षमताहरूमा कमी आउने समस्या देखापर्छ। “आफ्ना आमाबाबुसित खेल्न र घरबाहिर खेलिने खेलहरू खेल्न कम समय बिताउने बच्चाहरूको स्वस्थ मानसिक वृद्धिमा बाधा पुग्ने सम्भावना हुन्छ” भनी एसोसिएसनका सदस्य हिरोमी उत्सुमी बताउँछन्‌। “खाना खाँदा र बच्चाहरूलाई दूध खुवाउँदा टिभी बन्द गर्न अनि बच्चाहरूको कोठामा टिभी, भिडिओ र कम्प्युटर नराख्न आमाबाबुलाई” उक्‍त एसोसिएसन सल्लाह दिन्छ भनी उक्‍त रिपोर्ट बताउँछ। त्यस रिपोर्टले अझै बताएअनुसार “बच्चाहरूलाई टिभी तथा भिडियो हेर्न नदिनू भन्‍ने डाक्टरहरूको सल्लाह आमाबाबुले पालन गरेपछि” कुराकानीमा उन्‍नति भयो। (g04 11/8)

ठिक्कको व्यायाम गर्ने सल्लाह दिइन्छ

“हप्ताको २० किलोमिटर हिंड्‌ने जस्तो ठिक्कको व्यायामले तौल बढ्‌न दिंदैन र डाइटिङ नगर्ने व्यक्‍तिहरूलाई तौल घटाउन सहयोग गर्न सक्छ” भनी एफ डि ए कन्ज्युमर बताउँछ। “एकै ठाउँमा बसेर काम गर्ने ४०-६५ वर्षबीचका १८२ जना हुनुपर्ने तौलभन्दा बढी भएका मोटा मानिसहरूमा गरिएको” आठ महिने अध्ययनले देखाएअनुसार “शारीरिक परिश्रमको मात्रा र तौल कत्तिको घट्‌छ त्यसबीच प्रत्यक्ष सम्बन्ध छ।” सहभागीहरूलाई चार समूहमा बाँडिएको थियो र तिनीहरूलाई अघिपछिको जस्तै खाना दिइएको थियो। तीनवटा समूहले विभिन्‍न मात्रामा व्यायाम गरे। परीक्षण गरिएको समूह अर्थात्‌ चोथौ समूहले कुनै पनि खालको व्यायाम गरेन। “अध्ययनको समयावधिमा परीक्षण समूहको तौल बढ्यो” भनी उक्‍त लेख बताउँछ। “परीक्षण समूहको तुलनामा व्यायाम गर्ने सबै समूहको कम्मर र नितम्बको परिधि उल्लेख्य मात्रामा घट्यो।” दिनको आधा घण्टा हिंड्‌ने जस्तो ठिक्कको व्यायामद्वारा अक्सर तौल नियन्त्रण गर्न सकिन्छ भन्‍ने कुरा यस परीक्षणले सङ्‌केत गर्छ। (g04 11/22)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने