प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g05 १/८ पृ. ३२
  • पारिवारिक समस्याको लागि मदत

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पारिवारिक समस्याको लागि मदत
  • ब्यूँझनुहोस्‌!—२००५
ब्यूँझनुहोस्‌!—२००५
g05 १/८ पृ. ३२

पारिवारिक समस्याको लागि मदत

मेक्सिकोको भेराक्रुज भन्‍ने ठाउँकी एक जना महिलाले ब्यूँझनुहोस्‌! पत्रिका प्राप्त गरेकी थिइन्‌ र त्यस पत्रिकामा उनको परिवारले झेलिरहेको समस्याबारे नै छलफल गरिएको थियो। उनले यस्तो लेखिन्‌, “यसले मेरो निकै चासो जगायो किनभने त्यहाँ बताएको समस्या र मेरो समस्या एउटै थियो।” यहोवाका साक्षीहरूको शाखा कार्यालयलाई उनले लेखेको चिठीमा अझ यसो भनिएको थियो: “म, मेरो श्रीमान्‌ र मेरा छोराछोरीको लागि यसमा दिइएको जानकारी मदतकारी साबित हुनेछ।”

ती महिलाले यस्तो आग्रह पनि गरिन्‌: “म यहोवाका साक्षीहरूबारे अझ बढी जान्‍न र सबैभन्दा नजिकको मण्डली कहाँ छ भनेर पनि थाह पाउन चाहन्छु। म आफ्नो परिवारको साथमा उपस्थित हुन चाहन्छु किनभने मेरो विचारमा हामी परमेश्‍वरसँग अझ नजिक हुनुपर्छ।” ती महिला असाध्यै प्रभावित भएको ब्यूँझनुहोस्‌! अंकको अन्तिम पृष्ठमा पारिवारिक आनन्दको रहस्य पुस्तक प्रस्तुत गरिएको थियो। त्यसैले उनले त्यस पुस्तकको एक प्रति पनि मगाइन्‌।

उक्‍त पुस्तकमा परिवारको प्रत्येक सदस्य—पति, पत्नी, आमाबाबु, छोराछोरी, हजुरबा-हजुरआमा—हो, सबैका लागि केही न केही छ। यसमा भएका निर्देशनमूलक अध्यायहरूमध्ये केही यस प्रकार छन्‌, “बच्चालाई शैशवकालदेखि प्रशिक्षण दिनुहोस्‌,” “तपाईंको किशोरकिशोरीलाई फल्न फुल्न मदत दिनुहोस्‌,” “आफ्नो परिवारलाई विनाशकारी प्रभावहरूबाट बचाउनुहोस्‌,” र “आफ्नो परिवारमा शान्ति कायम राख्नुहोस्‌।”

तपाईं यस पुस्तकबारे थप जानकारी चाहनुहुन्छ भने, सँगैको कुपन भरेर यही पत्रिकाको पृष्ठ ५ मा दिइएका ठेगानाहरूमध्ये तपाईंलाई पायक पर्ने ठाउँमा पठाउन सक्नुहुन्छ। (g04 12/8)

□ कुनै बाध्यतामा नपरी, पारिवारिक आनन्दको रहस्य भन्‍ने पुस्तकबारे थप जानकारी प्राप्त गर्न चाहन्छु।

□ निश्‍शुल्क गृह बाइबल अध्ययनको लागि कृपया मसँग सम्पर्क राख्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने