प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g05 ४/८ पृ. ३१
  • ‘ईश्‍वरकै आड पाएको एक पत्रिका’

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ‘ईश्‍वरकै आड पाएको एक पत्रिका’
  • ब्यूँझनुहोस्‌!—२००५
ब्यूँझनुहोस्‌!—२००५
g05 ४/८ पृ. ३१

‘ईश्‍वरकै आड पाएको एक पत्रिका’

नाइजेरियामा यहोवाका साक्षीहरूसित बाइबल अध्ययन गर्ने एक पुरुष इन्टर-अफ्रिकन कमिटी अन वुमन एण्ड चिल्ड्रेन-द्वारा आयाजित एउटा गोष्ठीमा उपस्थित भए। उनले ब्यूँझनुहोस्‌!-का ताजा दुई अंकहरू साथ लगे।

गोष्ठीको पहिलो दिन वक्‍ताले आफूले लिएर आएको पत्रिकाका बुँदाहरू भनिरहेको उनले चाल पाए। यसको शृङ्‌खलाबद्ध आवरण लेखको विषय थियो, “जीवन बाँच्न लायकको छ।” (नोभेम्बर ८, २००१) अनि उनले तुरुन्तै आफ्नो पत्रिका झिके र वक्‍ता सँगसँगै हेर्न थाले।

त्यस दिनको कार्यक्रमको अन्तमा, भोलिपल्ट भाषण दिनुपर्ने एक जना वकिलले बाइबल विद्यार्थीको हातमा “कुटपिटको सिकार भएका महिलाहरूको लागि मदत” शृङ्‌खलाबद्ध लेख भएको ब्यूँझनुहोस्‌!-को अर्को अंक देखे। पछि फर्काउने गरी वकीलले त्यो पत्रिका मागे। तिनले आफ्नो पहिलाको भाषण च्यातेर त्यस ब्यूँझनुहोस्‌!-लाई आधार बनाएर रातारात नयाँ भाषण तयार पारे। भोलिपल्ट वकीलले भाषण दिंदै गर्दा ती विद्यार्थीकै लाइनमा बसेकी अर्की एक महिलाले पनि आफ्नो ब्यूँझनुहोस्‌! निकालेर हेर्न थालिन्‌।

ब्यूँझनुहोस्‌!-को लेख पढेको हुनाले विद्यार्थी आफैले पनि गोष्ठीको छलफलमा अमूल्य योगदान दिन सके। उनले यसो भने, ‘यस पत्रिकाले ईश्‍वरकै आड पाएको कुरामा मलाई रत्तिभर शङ्‌का लाग्दैन।’

के तपाईं आफ्नो घरमै नियमित रूपमा यो पत्रिका पाउन चाहनुहुन्छ? यसको लागि यहोवाका साक्षीहरूलाई अनुरोध गर्ने कि? (g05 3/8)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने