प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g05 ९/८ पृ. ३१
  • एउटा पुरानो लेखले मन छुन्छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • एउटा पुरानो लेखले मन छुन्छ
  • ब्यूँझनुहोस्‌!—२००५
ब्यूँझनुहोस्‌!—२००५
g05 ९/८ पृ. ३१

एउटा पुरानो लेखले मन छुन्छ

पोल्याण्डको उत्तरपश्‍चिममा रहेको सुवाल्कीको एउटा स्कूलमा शिक्षिकाले विद्यार्थीहरूलाई गर्भपतनबारे छलफलको लागि तयारी गर्न लगाइन्‌। सोह्र वर्षकी जस्टिनाले यहोवाका साक्षीहरूको प्रकाशनमा केही जानकारीहरू फेला पारिन्‌। छलफलको दिनमा शिक्षिकाले विद्यार्थीहरूलाई आ-आफ्नो विचार भन्‍न लगाइन्‌।

जस्टिना भन्छिन्‌, “शिक्षिकाकहाँ गएर मैले मे २२, १९८० अंकको अवेक!-मा प्रकाशित ‘नजन्मिएको बच्चाको दैनिकी’ देखाएँ।” शिक्षिकालाई जस्टिनाले भनिन्‌: “गर्भपातको सिकार हुनै लागेको भ्रुण आफैले लेखे जस्तो गरी यो लेख लेखिएको छ। लेख धेरै रोचक छ।” सबैले सुन्‍ने गरी शिक्षिकाले त्यस दैनिकी पढ्‌न थालिन्‌। विद्यार्थीहरूमा मौनता छायो, सबैले एकचित्त भएर सुने।

आधा पढ्‌दा-पढ्‌दै शिक्षिकाले अरू पढ्‌न सकिनन्‌ र बाँकी अंश एउटा विद्यार्थीलाई पढ्‌न लगाइन्‌। शिक्षिका एकातिर बसेर रुन थालिन्‌। त्यसपछिको छलफल रोचक भयो र केही विद्यार्थीहरूले त्यस लेखको कपी मागे। जस्टिना भन्छिन्‌, “यस लेखले यहोवाका साक्षीहरूको साहित्यप्रति राखिने दृष्टिकोण मै परिवर्तन ल्याइदियो। मेरो स्कूलमा पहिले यहोवाका साक्षीहरूको साहित्यलाई राम्रो दृष्टिले हेरिंदैनथ्यो तर अहिले राम्रो दृष्टिले हेरिन्छ। एक जना केटा त ब्यूँझनुहोस्‌!-को नियमित पाठक समेत बने।”

जस्टिनाले २० वर्ष पुरानो ब्यूँझनुहोस्‌!-को लेखलाई राम्ररी उपयोग गरिन्‌। तपाईंले पनि यस पत्रिकाका पुराना अंकहरूमा “बुद्धि[को]” खजाना पाउनुहुनेछ। (अय्यूब २८:१८) राज्यभवनका सभाहरू धाउँदा पुस्तकालयको तख्तामा ब्यूँझनुहोस्‌!-का सजिल्द खण्डहरू हेर्न सक्नुहुन्छ। पुरानै भए पनि महत्त्व नघटेका लेखहरू पढेर तपाईं लाभ उठाउन सक्नुहुन्छ। आफू वरपरका यहोवाका साक्षीहरूबाट तपाईंले ब्यूँझनुहोस्‌!-को ताजा अंक पनि पाउन सक्नुहुनेछ। (g05 8/8)

[पृष्ठ ३१-मा भएको चित्र]

हाइस्कूलमा पढ्‌ने बेला जस्टिना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने