प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g07 जुलाई पृ. १५
  • भव्य चट्टान

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • भव्य चट्टान
  • ब्यूँझनुहोस्‌!—२००७
  • मिल्दोजुल्दो सामग्री
  • यहोवालाई आफ्नो चट्टान बनाउनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
  • मोशा पहरामा हिर्काउँछ
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
ब्यूँझनुहोस्‌!—२००७
g07 जुलाई पृ. १५

भव्य चट्टान

क्यानाडाका ब्यूँझनुहोस्‌! लेखक

मछुवा र नाविकहरूले यसैलाई हेरेर बाटो पत्ता लगाएको शताब्दीयौं भइसक्यो। कवि, लेखक र कलाकारहरूले यसलाई हाम्रो मानसपटलबाट मेटिन दिएका छैनन्‌। एउटा विश्‍वकोशले यस चट्टानलाई “रहस्यमय र रोमाञ्चकारी” भनी वर्णन गरेको छ। सेन्ट लरेन्स खाडीको गास्पा प्रायद्वीपको पूर्वी छेउमा अवस्थित यो चट्टान अर्थात्‌ पर्सा रक, आन्द्र महासागरको कन्चन नीलो पानीमा भव्य देखिन्छ। यो चट्टान लगभग ४३० मिटर लामो, ९० मिटर चौडा र ८८ मिटरभन्दा अल्गो छ।

कुनै समय, यहाँका साहसी मानिसहरू यस ठाडो चट्टान चढेर चराको गुँडबाट अण्डा जम्मा गरेर ल्याउँथे। तर यस चट्टानको साथै यहाँ बस्ने चराहरूको सुरक्षा तथा संरक्षणको लागि सन्‌ १९८५ मा क्युबेक सरकारले पर्सा रक र नजिकैको बोनाभेन्चर टापुलाई पक्षी आरक्षण घोषणा गऱ्‍यो। ग्यानेट नाउँको समुद्री चराको दोस्रो ठूलो समूहले अण्डा कोरल्ने सुरक्षित ठाउँ यही बोनाभेन्चर टापु हो।

कसै-कसैले के भनेका छन्‌ भने, धेरै पहिला पर्सा रक मुख्य भूमिसित जोडिएको थियो अनि यसमा चारवटा गुम्बज आकारका प्वाल थिए। अहिले, एउटा मात्र बाँकी छ। यो गुम्बजको चौडाइ ३० मिटरभन्दा बढी छ र यो समुद्रतिरको भागमा पर्छ। निम्न ज्वारभाटाको बेला बालुवाको थुप्रो देखिन्छ र मुख्य भूमिसम्म बाटोजस्तै बन्छ। ज्वारभाटाको बेला चार-चार घण्टाको फरक पारी अत्यन्तै साहसी व्यक्‍तिहरू भने चट्टानको फेदसम्म पुगेर छ्‌वाप्लाङ-छ्‌वाप्लाङ गर्दै १५ मिनेटमा गुम्बजसम्म पुग्न सक्छन्‌।

तर यी साहसीहरू पनि होसियार हुनुपर्छ। गुम्बजको समुद्रतिर फर्केको भागसम्म पुग्न जसोतसो चट्टानको टुक्राटाक्रीमा टेक्दै हिंडेका एक जना पर्यटक यसो भन्छन्‌: “चट्टानका टुक्राटाक्री पानीमा खस्दा केही सेकेण्डको फरकमा सा-सानो बम पड्‌केजस्तो डरलाग्दो आवाज सुनिन्छ। चट्टान खसेर चट्टानमै ठोक्किंदा गोली हानेको जस्तै आवाज आउँछ।”

पर्सा रकको सौन्दर्यले साँच्चै मन्त्रमुग्ध पार्छ भनेर थुप्रै पर्यटकहरूले भनेका छन्‌। तर हामी बस्ने यस अद्‌भुत पृथ्वीमा भएका थुप्रै सुन्दर दृश्‍यहरूमध्ये यो एउटा नमुना मात्रै हो। कति विविध र अनगिन्ती सृष्टि छन्‌! त्यस्तो दृश्‍य देख्दा सायद तपाईं पनि “चूपचाप खडा भएर परमेश्‍वरका उदेकका कामहरूलाई विचार” गर्न प्रेरित हुनुभएको होला।—अय्यूब ३७:१४. (g 4/07)

[पृष्ठ १५-मा भएको चित्रको स्रोत]

© Mike Grandmaison Photography

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने