प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g07 अक्टोबर पृ. २६
  • ईश्‍वरीय तालिमको राम्रो नतिजा

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ईश्‍वरीय तालिमको राम्रो नतिजा
  • ब्यूँझनुहोस्‌!—२००७
  • मिल्दोजुल्दो सामग्री
  • परमेश्‍वरको राज्यका सेवकहरूका लागि तालिम
    परमेश्‍वरको राज्यले शासन गर्दै छ!
  • एकदमै महत्त्वपूर्ण कामको लागि सुसज्जित पार्ने स्कूल
    हाम्रो राज्य सेवकाई—२००२
  • सन्‌ १९९८ का लागि ईश्‍वरतान्त्रिक सेवकाई पाठशाला
    हाम्रो राज्य सेवकाई—१९९७
  • सन्‌ २००२ को लागि ईश्‍वरतान्त्रिक सेवकाई स्कूल
    हाम्रो राज्य सेवकाई—२००१
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२००७
g07 अक्टोबर पृ. २६

ईश्‍वरीय तालिमको राम्रो नतिजा

छोराछोरीलाई सानैदेखि सिकाउने आमाबाबुले अक्सर आफ्नो मिहेनतको राम्रो फल पाउँछन्‌। दक्षिण अमेरिकी महादेशमा पर्ने पेरूका डोरिन्‌ले चार वर्षको हुँदा यहोवाका साक्षीहरूको राज्यभवनमा हुने ईश्‍वरतान्त्रिक सेवकाई स्कूलमा पहिलो पटक भाषण दिएका थिए। पछि विद्यालय जान थाल्दा त डोरिन्‌, आफ्ना कक्षाका साथीहरूलाई र शिक्षिकालाई ‘म किन क्रिसमस मनाउँदिन’ भनेर बाइबलबाटै बताउन सक्ने भइसकेका थिए।

हालै, पाँच वर्षको हुँदा लगभग ५०० विद्यार्थीको अगाडि ‘बुबाको दिन’-बारे डोरिन्‌लाई आफ्नो मन्तव्य व्यक्‍त गर्न लगाइयो। एफिसी ६:४ मा आधारित भएर “बुबाको जिम्मेवारी” भन्‍ने विषयमा डोरिन्‌ले दस मिनेटको भाषण दिए। भाषणको अन्तमा उनले भने: “वर्षको एक दिन ‘बुबाको दिन’ मनाउनुभन्दा छोराछोरीले हरेक दिन आमाबाबुको आदर गर्नुपर्छ र उहाँहरूले भनेको मान्‍नुपर्छ।”

जवान र वृद्ध सबैले जनसमक्ष बोल्ने कला सुधार्न सकोस्‌ भनेर सन्‌ १९४३ मा ईश्‍वरतान्त्रिक सेवकाई स्कूल सुरु गरिएको हो। अहिले यो स्कूल यहोवाका साक्षीहरूको साप्ताहिक सभाको भाग भएको छ। आमाबाबुले छोराछोरीलाई दिने शिक्षामा यो कार्यक्रमले थप योगदान पुऱ्‍याइरहेको छ।—हितोपदेश २२:६.

स्वीजरल्याण्डका सिमोनले नोभेम्बर २००५ मा छ वर्षको हुँदा ईश्‍वरतान्त्रिक सेवकाई स्कूलमा पहिलो पटक भाषण दिएका थिए। एक वर्षपछि यहोवाका साक्षीहरूको ठूलो सम्मेलनमा उनले अन्तरवार्ता दिए। उनले आध्यात्मिक कुराहरूप्रति कस्तो मनोवृत्ति राख्न सिके?

सिमोन सभामा जान पाउँदा फुरुङ्‌ग पर्छन्‌। थाकेको बेलामा समेत उनी कुनै सभा छुटाउँदैनन्‌। यसबाहेक, उनी परिवारसँगै प्रचारमा पनि जान्छन्‌। उनी सबै उमेरका मानिसहरूलाई भेटेर महिनामा ३० देखि ५० वटा प्रहरीधरहरा र ब्यूँझनुहोस्‌! पत्रिका दिन्छन्‌। त्यतिमात्र कहाँ हो र, अक्सर बुबासित बाइबलको बारेमा कुरा गर्छन्‌ र परिवारसँगै सभामा आउने प्रोत्साहन दिन्छन्‌।

यहोवाको “शिक्षा र चेताउनी” दिएर छोराछोरीको “पालन-पोषण” गर्ने आमाबाबुले छोराछोरी असल मार्गमा लागेको र धार्मिकताको फल फलाएको देख्न पाउनेछन्‌।—एफिसी ६:४; याकूब ३:१७, १८. (g 8/07)

[पृष्ठ २६-मा भएको चित्र]

स्कूलमा डोरिन्‌

[पृष्ठ २६-मा भएको चित्र]

राज्यभवनमा सिमोन

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने