प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g14 जुलाई पृ. ८
  • २ मदत पाउन सक्नुहुन्छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • २ मदत पाउन सक्नुहुन्छ
  • ब्यूँझनुहोस्‌!—२०१४
  • मिल्दोजुल्दो सामग्री
  • डिप्रेसन
    ब्यूँझनुहोस्‌!—२०१४
  • म किन असाध्यै निराश हुन्छु?
    युवा जनहरूका प्रश्‍न तथा त्यसका उपयोगी जवाफ
  • किशोरकिशोरीलाई हुने डिप्रेसन—यो किन हुन्छ? केले मदत गर्न सक्छ?
    ब्यूँझनुहोस्‌!—२०१७
  • तपाईं मदत पाउन सक्नुहुन्छ
    ब्यूँझनुहोस्‌!—२००१
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२०१४
g14 जुलाई पृ. ८

आवरण लेख | हार नमान्‍नुहोस्‌!

२ मदत पाउन सक्नुहुन्छ

“त्यतिन्जेल तिमीहरूले आफ्नो सारा फिक्री उहाँमाथि बिसाओ, किनकि उहाँले तिमीहरूको ख्याल राख्नुहुन्छ।”—१ पत्रुस ५:७.

तपाईंको परिस्थितिमा सुधार आउने कुनै छाँटकाँट नै देखिंदैन भने तपाईंलाई सायद मर्नु नै बेस हो जस्तो लाग्ला। तर तपाईंले मदत पाउन सक्नुहुन्छ। कस्तो मदत?

प्रार्थना। प्रार्थना भनेको केवल आफ्नो मनलाई सन्चो बनाउने माध्यम होइन न त समस्याले व्याकुल हुँदा मात्र गरिने बिन्ती हो। प्रार्थना भनेको त हाम्रो ख्याल राख्ने परमेश्‍वर यहोवासित गरिने वास्तविक कुराकानी हो। तपाईंले आफ्नो मनको व्यथा यहोवा परमेश्‍वरलाई पोखेको उहाँ चाहनुहुन्छ। बाइबलले यसो गर्न आग्रह गर्छ: “तेरो भारी परमप्रभुमा राख्‌, र उहाँले तँलाई सम्हाल्नुहुनेछ।”—भजन ५५:२२.

आजै परमेश्‍वरसित प्रार्थनामा आफ्नो मनको कुरा पोखे कसो होला? प्रार्थनामा यहोवा परमेश्‍वरको नाम प्रयोग गर्नुहोस्‌ र मनैदेखि उहाँसित कुराकानी गर्नुहोस्‌। (भजन ६२:८) तपाईंले उहाँलाई साथी बनाएको उहाँ चाहनुहुन्छ। (यशैया ५५:६; याकूब २:२३) तपाईं जुनसुकै बेला जहाँ भए पनि प्रार्थना गर्न सक्नुहुन्छ।

अमेरिकी आत्महत्या रोकथाम संस्थाका अनुसार, “आत्महत्या गरेर मर्नेहरू मध्ये ९० प्रतिशत भन्दा धेरै मानिसलाई मानसिक रोग लागेको थियो भनेर अध्ययनहरूले देखाएका छन्‌। तर धेरैजसो अवस्थामा या त रोग खुट्याउन सकिएको थिएन या सही उपचार गरिएको थिएन।”

तपाईंको ख्याल राख्ने व्यक्‍तिहरू। तपाईंको जीवन अरूको लागि पनि महत्त्वपूर्ण छ। तपाईंको परिवारका सदस्य र साथीहरूलाई पक्कै पनि तपाईंको चिन्ता लाग्छ। तपाईंले पहिला कहिल्यै नभेटेका व्यक्‍तिहरू पनि तपाईंको ख्याल राख्छन्‌। जस्तै, यहोवाका साक्षीहरू। प्रचार गर्दै जाँदा तिनीहरूले चिन्ताले ग्रसित थुप्रै मानिस भेटेका छन्‌। तीमध्ये केहीले त कतैबाट मदत नपाएकोले आत्महत्या गर्ने सोचाइ समेत राखेका थिए। यहोवाका साक्षीहरूले घर-घरको प्रचारमा जाँदा निराश व्यक्‍तिहरूलाई मदत गर्ने राम्रो मौका पाएका छन्‌। येशूले जस्तै यहोवाका साक्षीहरू अरू मानिसहरूको ख्याल राख्छन्‌। तपाईंको पनि ख्याल राख्छन्‌।—यूहन्‍ना १३:३५.

विशेषज्ञ। आत्महत्याको सोचाइ आउनु प्राय: डिप्रेसनको लक्षण हो। शरीरमा कुनै रोग लाग्दा तपाईं लाज मान्‍नु हुन्‍न; त्यसैगरि डिप्रेसन जस्ता भावनात्मक रोग लाग्दा पनि अप्ठ्यारो मान्‍नुपर्ने कुनै कारण छैन। डिप्रेसनलाई “दिमागमा लाग्ने रुघाखोकी” समेत भनिन्छ। यो जसलाई पनि लाग्न सक्छ अनि यसको उपचार छ।a

यो कुरा मनमा राख्नुहोस्‌: डिप्रेसन एउटा गहिरो खाडल जस्तै हो। तपाईं आफ्नै भरमा त्यस खाडलबाट निस्कन सक्नुहुन्‍न। तर कसैको मदत लिनुभयो भने तपाईं सफल हुनुहुनेछ।

आज यसो गर्नुहोस्‌: डिप्रेसन जस्ता भावनात्मक रोगहरूको उपचार गर्ने राम्रो डाक्टर खोज्नुहोस्‌।

a आत्महत्या गर्ने सोचाइ तीव्र छ भने कस्ता मदतहरू उपलब्ध छन्‌, पत्ता लगाउनुहोस्‌। जस्तै आत्महत्या रोकथाम हेल्पलाइन वा अस्पतालको आकस्मिक कक्षमा तपाईंले तालिमप्राप्त व्यक्‍तिहरूबाट मदत पाउन सक्नुहुन्छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने