प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g15 जनवरी पृ. ७
  • विश्‍वदर्शन

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • विश्‍वदर्शन
  • ब्यूँझनुहोस्‌!—२०१५
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • अमेरिका
  • भारत
  • स्वीट्‌जरल्याण्ड
  • अफ्रिका
  • विश्‍वदर्शन
    ब्यूँझनुहोस्‌!—२०१३
  • के सन्‌ २०१२ मा पृथ्वी नाश होला?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
ब्यूँझनुहोस्‌!—२०१५
g15 जनवरी पृ. ७

विश्‍वदर्शन

अमेरिका

गाडीमा जीपिएस मार्फत पछ्याउन सकिने साधन जडान गरिएको

प्रहरी अधिकारीले अपराधीको गाडी पिछा गर्दा हुने खतरा कम गर्न प्रविधिको प्रयोग गरिरहेका छन्‌। यसको लागि प्रहरीले आफ्नो गाडीको अघिल्लो भागमा हावाको चापले प्रहार गर्ने यन्त्र जडान गरेका छन्‌। यस यन्त्रले पिछा गर्नुपर्ने गाडीमा जीपिएस मार्फत पछ्याउन सकिने साधन प्रहार गर्छ। अनि प्रहरीले सुरक्षित गतिमा अपराधीको गाडीलाई पछ्याउन सक्छन्‌।

भारत

भारतीय महिला

दाइजोको कारणले हरेक घण्टा एक जना महिलाको हत्या हुने अनुमान गरिएको छ। दाइजो प्रथा गैरकानुनी भए तापनि यसकै कारण सन्‌ २०१२ मा ८,२०० भन्दा धेरै महिलाको हत्या भएको छ। दुलहा वा तिनको परिवारले मागे जति दाइजो नपाएकाले यस्ता घटनाहरू घटेका हुन्‌।

स्वीट्‌जरल्याण्ड

एउटा बतासे गौंथली

तीन वटा बतासे गौंथलीको शरीरमा तिनीहरूको गतिविधिको निगरानी गर्न सेन्सर जडान गरिएको थियो। यसबाट ती चराहरू अफ्रिकामा बसाइँ सर्दा निरन्तर २०० दिनभन्दा धेरै उडेको पत्ता लागेको छ। यस प्रकारको क्रियाकलाप पहिला समुद्री प्राणीहरूमा मात्र देखिएको थियो।

अफ्रिका

अपहरण र फिरौतीको तथ्याङ्‌क देखाइएको ग्राफ

सन्‌ २००५ अप्रिल देखि सन्‌ २०१२ डिसेम्बर सम्ममा समुद्री डाँकुहरूले अफ्रिकाको उत्तर पूर्वीय समुद्री तटबाट १७९ वटा जहाजहरू अपहरण गरे। विश्‍व बैंकअनुसार ती डाँकुहरूले यस्ता क्रियाकलापद्वारा फिरौती स्वरूप ४१ करोड ३० लाख अमेरिकी डलर असुलेका छन्‌। (g14-E 10)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने