प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g17 सङ्‌ख्या ५ पृ. १४-१५
  • काजकस्तान भ्रमण

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • काजकस्तान भ्रमण
  • ब्यूँझनुहोस्‌!—२०१७
ब्यूँझनुहोस्‌!—२०१७
g17 सङ्‌ख्या ५ पृ. १४-१५
अस्ताना, काजकस्तान

अस्ताना शहर

देशविदेश तथा जनजीवन

काजकस्तान भ्रमण

काजकस्तानको नक्सा

काजाकहरू पहिले-पहिले घुमन्ते जीवन बिताउने गर्थे। अहिले पनि कोही-कोही गोठालाहरू मौसमअनुसार आफ्नो वस्तुभाउलाई एक ठाउँदेखि अर्को ठाउँसम्म लैजान्छन्‌। गर्मी याममा चिसो पहाडी भेगमा उक्लने गर्छन्‌ भने जाडो मौसममा बेंसीतिर झर्ने गर्छन्‌।

केही काजाकहरू विकसित सहरहरूमा बस्छन्‌। तैपनि तिनीहरूको रहनसहन, खानपान र हस्तकलामा पुर्खाहरूको परम्परागत जीवनशैली झल्किन्छ। कविता, गीत र स्थानीय बाजाहरूको सङ्‌गीतको लागि काजकस्तान चिरपरिचित छ।

काजाकहरू घुमन्ते जीवन बिताउँदा सजिलै सार्न सकिने घरमा बस्ने गर्थे। यसलाई युर्ट भनिन्छ। युर्टले मानिस प्रकृतिसँग मिलेर बसेको चिनारी दिन्छ। अझै पनि गोठालाहरू युर्टमा बस्न मन पराउँछन्‌। सहरका मानिसहरू भने विशेष कार्यक्रमको बेला युर्टको प्रयोग गर्छन्‌। पर्यटकहरूको आरामदायी आवासको लागि पनि युर्ट प्रयोग गरिन्छ। युर्ट भित्र महिलाहरूको हस्तकला, सिलाइ-बुनाइको कला र सुन्दर गलैंचाहरू देख्न सकिन्छ।

युर्टभित्र बसेको एक परिवार

युर्ट भित्र

गाउँमा बस्ने काजाकहरू घोडालाई धेरै महत्त्वपूर्ण ठान्छन्‌। काजाक भाषामा विभिन्‍न किसिमका घोडाहरूलाई बुझाउन कम्तीमा २१ वटा शब्द छन्‌। अनि यी हरेक शब्दको अर्थ पनि आ-आफ्नै छ। घोडालाई लगाइदिने बाहिरी कोट र त्यसको रङ्‌गलाई बुझाउन पनि ३० वटाभन्दा बढी शब्द वा भन्‍ने तरिका छन्‌। एउटा हट्टाकट्टा घोडा महङ्‌गो पर्छ। त्यसैले कसैलाई यो उपहार दिंदा यसको निकै कदर गरिन्छ। गाउँघरमा सानैदेखि केटाहरू घोडा चलाउन सिक्छन्‌।

परम्परागत काजाक खानामा सधैं मासु हुने गर्छ तर त्यत्ति मसालेदार हुँदैन। काजाकहरू पिउने कुराहरूमा कुमिस र सुवात खुबै मन पराउँछन्‌। स्वास्थ्यको लागि पनि फाइदाजनक मानिने कुमिस घोडाको दूधबाट बनाइन्छ भने सुवात उँटको दूधबाट बनाइन्छ। सुवात कुमिसभन्दा अलिकति अमिलो हुन्छ।

अल्माटीमा भएको यहोवाका साक्षीहरूको शाखा कार्यालयमा घुम्न चाहने सबैलाई स्वागत छ।

हिउँ चितुवा

हिउँ चितुवा गर्मीमा काजकस्तानको हिमाली भेगमा पाइन्छ

के तपाईंलाई थाह थियो?

काजकस्तानमा कम्तीमा ३६ प्रकारको जङ्‌गली टुलिप फूलहरू पाइन्छ। परम्परागत काजाकको कलाकृतिहरूमा टुलिप फूलको चित्र प्रशस्तै भेटिन्छ।

काजकस्तानको बल्कास तालको पूर्वी भागको पानी एकदम नुनिलो छ भने त्यही तालको पश्‍चिमी भागको पानी त्यत्ति नुनिलो छैन।

चील र अरू चराहरूलाई प्रशिक्षण दिएर सिकारमा जाने चलन यहाँ प्रचलित छ। काजाकहरू सुनौलो चील असाध्यै मन पराउँछन्‌। तिनीहरूलाई प्रशिक्षण दिन काजाकहरू खप्पिस हुन्छन्‌।

आँखामा पट्टि लगाएको चील एउटा मान्छेको हातमा बस्दै

चीलको आँखामा पट्टि लगाएपछि तिनीहरू मानिसहरूसँग त्यत्ति डराउँदैनन्‌

  • मुख्य भाषाहरू: काजाक, रूसी

  • जनसङ्‌ख्या: १,७५,६३,०००

  • राजधानी: अस्ताना

  • मौसम: गर्मीमा तातो र सुक्खा, जाडोमा चिसो र हिउँ पर्ने

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने