प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • sp पृ. ११-१२
  • प्रेतहरू हत्यारा हुन्‌!

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • प्रेतहरू हत्यारा हुन्‌!
  • मानिस मरेपछि के कुनै अस्तित्व बाँकी रहन्छ? के हामीलाई केही गर्न सक्छ?
  • मिल्दोजुल्दो सामग्री
  • येशू दुष्ट स्वर्गदूतहरूभन्दा शक्‍तिशाली हुनुहुन्छ
    महान्‌ शिक्षकबाट सिकौं
  • दुष्ट्याइँका कार्यकर्त्ताहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९४
  • स्वर्गदूतहरूबारे बाइबलले के सिकाउँछ?
    बाइबलले हामीलाई के सिकाउँछ?
  • के प्रेतहरू साँच्चै छन्‌?
    ब्यूँझनुहोस्‌!—१९९८
थप हेर्नुहोस्
मानिस मरेपछि के कुनै अस्तित्व बाँकी रहन्छ? के हामीलाई केही गर्न सक्छ?
sp पृ. ११-१२

प्रेतहरू हत्यारा हुन्‌!

परमेश्‍वरको शत्रु सैतान र त्यसका प्रेतहरू हिंस्रक र खतरनाक छन्‌। सैतानले अय्युब नाम गरेका एक जना भक्‍त मानिसको सबै गाईवस्तु नाश गऱ्‍यो र तिनका नोकर-चाकरहरूको पनि ज्यान लियो। त्यसपछि त्यसले अय्युबका छोराछोरी बसिरहेको घरलाई ठूलो हुरी ल्याएर ढाल्यो र तिनीहरू सबैको ज्यान लियो। त्यसले अय्युबलाई पनि प्रहार गऱ्‍यो र तिनको “शिरदेखि पैतालासम्म पीडादायी खटिरा निस्कियो।”—अय्युब १:७-१९; २:७.

येसु यस पृथ्वीमा हुनुहुँदा प्रेतहरूले केही मानिसहरूलाई गुँगो र अन्धो बनायो। (मत्ति ९:३२, ३३; १२:२२) तिनीहरूले एक जना मानिसलाई यत्ति सतायो कि तिनले आफ्नो जीउमा ढुङ्‌गाले काटेर चोटैचोट बनाउँथ्यो। (मर्कुस ५:५) अर्को एक जना केटालाई पनि त्यसरी नै सताएर भुईँमा पछाऱ्‍यो र बेस्सरी अँठ्यायो।—लुका ९:४२.

सैतान र प्रेतहरूले अय्युबलाई पीडादायी खटिराले प्रहार गरेर बिरामी बनाए, अर्कोलाई चाहिँ भुईँमा पछारेर बेस्सरी अँठ्यायो

प्रेतहरूले केही मानिसहरूलाई बिरामी बनायो र अरूलाई भने अँठ्याएर भुईँमा पछाऱ्‍यो

अहिले पनि सैतान र त्यसका प्रेतहरूले मानिसहरूलाई सताउन छोडेका छैनन्‌। भनौँ भने स्वर्गबाट फ्याँकिएपछि तिनीहरूले मानिसहरूलाई पहिले भन्दा झन्‌ धेरै आक्रमण गर्न थालेका छन्‌। संसारभरि थुप्रै मानिसहरू तिनीहरूको आक्रमणको सिकार भएको घटना हामी एकपछि अर्को सुनिरहन्छौँ। तिनीहरू केही मानिसहरूलाई बिरामी बनाएर सताउँछन्‌, अरूलाई भने राती तर्साएर, डरलाग्दो सपना देखाएर निदाउनै दिँदैनन्‌। अन्य कतिलाई यौन दुर्व्यवहार गर्छन्‌, बौलाहा बनाउँछन्‌, हत्या र आत्महत्या गर्ने हदसम्म पुऱ्‍याउँछन्‌।

प्रेतहरूले मानिसहरूलाई हिंस्रक बनाउँछन्‌, राती तर्साउँछन्‌ र डरलाग्दो सपना देखाउँछन्‌

प्रेतहरूले अहिले केही मानिसहरूलाई हिंस्रक बनाउँछन्‌, राती तर्साउँछन्‌ र डरलाग्दो सपना देखाउँछन्‌

अफ्रिकाको एउटा देशमा बस्ने लिन्टिना नाम गरेकी स्त्री तिनको परिवारको सोह्र जना सदस्यलाई प्रेतहरूले मारेको र तिनलाई अठार-अठार वर्षसम्म शारीरिक र मानसिक यातना दिएको अनुभव सुनाउँछिन्‌। प्रेतहरूले “आफ्नो पासोमा परेका मानिसहरू नमरेसम्म सताउनु सताएर आनन्द लिन्छन्‌” भन्‍ने कुरा तिनले आफ्नै आँखाले देखिन्‌।

तर यहोवा परमेश्‍वर आफ्ना सेवकहरूलाई सैतानको आक्रमणबाट बचाउन सक्नुहुन्छ।—हितोपदेश १८:१०.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने